विचार

गण्डकी एकेडेमी (गेन्स) मा विद्यार्थीको ‘क्लास आउट’ कार्यक्रम आयोजना

पोखरा । पोखराको नदीपुरस्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज (गेन्स) कलेजले स्नातक तहका विद्यार्थीका लागि विस्डम बियोन्ड क्लासरुम ‘क्लास आउट’ कार्यक्रम गरेको छ । ‘न लेक्चर, न पाठ्यपुस्तक—तर कक्षाभन्दा बाहिरको जीवनबाट प्राप्त ज्ञान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई व्यावहारिक ज्ञान, अनुभव र जीवन दृष्टिकोणबारे जानकारी दिइएको थियो । कक्षाभन्दा बाहिरको सिकाइलाई केन्द्रमा राखेर गरिएको यस कार्यक्रमले विद्यार्थीलाई जीवनका विविध आयाम बुझ्न सघाएको आयोजकले जनाएको छ ।कार्यक्रममा कलेजका प्रधानाध्यापक विजय आनन्द शर्मा तिमिल्सिनाले शिक्षा डिग्रीमा मात्र सीमित… पुरा पढौ

नवीन चुनौतीबीचको निर्वाचन र पत्रकारिता

आवधिक निर्वाचनले नै लोकतन्त्रलाई प्राण थप्न सक्दछ । निर्वाचन केवल अङ्कगणितको खेल हैन, यो त नागरिकले आफ्नो सार्वभौमसत्ताको प्रयोग गर्ने र आफ्ना प्रतिनिधि चुन्ने एउटा अवसर हो । चुनावलाई अङ्कगणितकोे खेलमा सीमित राख्ने र सत्तामा जाने सिँढी मात्र सम्झने हो भने त्यो जीवन्त लोकतन्त्र हुन सक्दैन, त्यसलाई प्राविधिक लोकतन्त्रको नाम मात्र दिन सकिन्छ । यद्यपि निर्वाचनको प्रक्रिया हेर्ने हो भने मत हाल्ने, धेरै सङ्ख्याले जित्नेलाई सत्तामा पु¥याउने मात्र ठान्न सकिएला । तर, यसलाई जीवन्त बनाउन र प्राविधिक लोकतन्त्र हुन नदिनका… पुरा पढौ

संस्कृति र राजनीतिको अन्तरसम्बन्ध

संस्कृति र राजनीति समाजका दुई आधारभूत स्तम्भ हुन् । संस्कृतिबिना समाजको पहिचान अधुरो हुन्छ भने राजनीतिबिना समाजको व्यवस्थापन सम्भव हुँदैन । यी दुवैबीच गहिरो सम्बन्ध रहेको हुन्छ । संस्कृति समाजको सोच, व्यवहार, मूल्य–मान्यता र जीवनशैलीको प्रतिविम्ब हो, भने राजनीति ती मूल्य–मान्यतालाई सत्ता, नीति र शासन प्रणालीमार्फत कार्यान्वयन गर्ने माध्यम हो । त्यसैले संस्कृति र राजनीतिबीचको अन्तरसम्बन्धलाई बुझ्नु समाजको समग्र विकास बुझ्नु जस्तै हो । राजनीति र संस्कृति अलग–अलग क्षेत्र भने पक्कै होइनन् । संस्कृति नै राष्ट्रको आत्मा हो र राजनीति… पुरा पढौ

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

“भर् जन्म घाँस तिर मन् दिई धन कमायो ।नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । म भानुभक्त धनी भैकन किन यस्तो ।।” नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र चर्चामा छ । तनहुँको चुँदी रम्घामा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका भानुभक्तले नेपाली साहित्यको प्रारम्भिक चरणमा कविता र काव्यका माध्यमबाट नेपाली साहित्याकाशमा ठूलो गुन लगाएका छन् ।… पुरा पढौ

स्मृतिमा स्वर्गीय मेघराज शर्मा गुरु

बाटुलेचौरको अधिकारी परिवारका नन्दिकेशरका दुई भाई छोरा मध्ये जेठा हुनुहुन्थ्यो मुखिया नन्दराज अधिकारी। उहाँका तीन भाई मध्ये कान्छा हुनुहुन्थ्यो मेघराज शर्मा। पोखरा १६, मैदानमा जन्मनु भएका शर्मा, घरेलु शिल्पकला कार्यालयमा खरीदार पदमा कार्यरत हुनुहुन्थ्यो। कार्यरत भएकै अवस्थामा उहाँको सरूवा बाग्लुङमा भयो । बाग्लुङमै उहाँले बिबाह गर्नु भयो र उहाँबाट ३ छोरा र १ छोरीको जन्म भयो। बाग्लुङ माईत भएका कारण प्राय मान्छे उहाँलाई बाग्लुङे भनेर पुकार्थे भने मेघराज गुरूले मान्छे भनेर बोलाउनु हुन्थ्यो। जागिर छाडेर आए पछि उहाँले कृषि विकास… पुरा पढौ

के गणित विषय हाउगुजी हो ?

के गणित विषय हाउगुजी हो ? यो प्रश्न हरेक विद्यार्थीको मानसपटलमा उब्जिरहन्छ। परिवारका सदस्यहरु हरेक विद्यालय‌का शिक्षकहरुबिच यो अस्वभाविक रुपमा छलफलको विषय बनिरहेको हुन्छ । देशका सरकारी र निजि विद्यालयमा यसलाई सहजीकरण गर्न अतिरिक्त कक्षा सञ्चालन हुँदै आए पनि विद्यार्थीमा यस विषयप्रति कुनै सुधारान्मुख देखिएको पाइ‌दैन । राष्ट्रिय परिक्षा वोर्डद्वारा संचालीत माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा ४ लाख ३८ हजार ८९६ विद्यार्थीहरु सहभागी भएका थिए। तर १ लाख २८ हजार २१५ जना विद्यार्थी अनुतीर्ण भएका थिए। यो कस्तो लज्जास्पद… पुरा पढौ

आर्बाका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

पोखरा महानगपालिका–१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । करिब एक सय वर्षभन्दा पुरानो इतिहास रहेको यस क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्न थालिएको हो ।उत्तरपूर्वका दन्तेलहर जस्तै टलक्क टल्कने हिमाल, दक्षिणपश्चिममा पोखरासहित लेखनाथका टाढाटाढासम्मका भूभाग आर्बाको महाप्रभुधामबाट देख्न सकिन्छ । समुन्द्री सतहबाट एक हजार ३३५ मिटर उचाइमा अवस्थित यसस्थान प्राकृतिक रूपमा आकर्षक हुनुका साथै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ । महाप्रभुधाम संरक्षण समितिका… पुरा पढौ

गृहमन्त्री ओमप्रकाश अर्याललाई राजिनामा दिन सुधन गुरुङको सुझाव

जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई गम्भीर चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामा नदिए दुई दिनभित्र भविष्य निर्धारण हुने बताएका हुन् ।उनले काम गर्न नसके पद छाड्ने बाचा यसअघि नै गरेको भए पनि अहिलेसम्म काम गर्न पनि नसकेको र कुर्सीमा टाँसिएर बसेको हुनाले चुनावमात्रै भनेर बस्ने अवस्था नभएको बताएका छन् । उनले यही अवस्थामा चुनाव हुन पनि नदिइने बताएका छन् । “०८४ को चुनाव ०८२ मा सार्नलाई गरिएका आन्दोलन होइन यो,” उनले लेखेका छन्,… पुरा पढौ

छ सय वर्षदेखिको इतिहासको साक्षी कास्कीको झुप्राङकोट

वासुदेव पौडेल ऐतिहासिक एवं धार्मिक महत्वको कास्कीको झुप्राङकोट मन्दिर जहाँ रहेको शिलालाई प्राचीनकालदेखि देवीका रुपमा पूजाआजा गरिँदै आइएको छ । मन्दिर परिसर क्षेत्रबाट उत्तरपूर्वतर्फ चाँदी जस्तै टलक्क टल्कने माछापुच्छ्रे हिमालसहितको मनोरम हिमशृङ्खला त दक्षिण पश्चिमतर्फ पर्यटन राजधानी पोखराको मुख्यबजार क्षेत्रसहितका दृश्य एकैठाउँबाट नियाल्न सकिने हुँदा यहाँ आउने जो कोही लोभिने गरेका छन् । नेपालका बाइसेचौबिसे राजाहरूको पालादेखिको इतिहास झुप्राङकोटसँग जोडिनुले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ । इतिहासविद् ठाकुरप्रसाद त्रिपाठीका अनुसार १५औँ शताब्दीमा तत्कालीन कास्कीकोटका राजा कुलमण्डन शाहका… पुरा पढौ

पर्यटकीय संरचना बनाउन सकिने गारतरो क्षेत्र

सेती ड्यामसँगैको गारतरो र कसेरी,हामीले समय बिताउने,बयँर टिपेर खाने ठाउँ। मंसिर मासमा प्रशस्त बयँर पाक्दथे र हामी टिपेर खान्थ्यौं,गोजि भरेर ल्याउँथ्यौं। काँडाले हात छिया छिया पार्थ्यो। अमिलोले दाँत कुँडिन्थ्यो र मकै चपाउन गाह्रो हुन्थ्यो। ठूलो ढुङ्गामाथि बसेर सुस्ताउँथ्यौं,लुकिडुम खेल्थ्यौं।बस्ती थिएन वरीपरी, चारैतिर खुला थियो ।कहिलेकाही आमाहरूले भन्नुहुन्थ्यो होसियार हुनु नी,बयँरकौ घारीमा भालु लुकेको हुन्छ अर्थात बयँरको पारखी भालु पनि रहेछ । ठूलो ढुङ्गा,सायद भिमकाली पाटनको भिमढुङ्गा पछिको पोखराकै दोश्रो ठूलो ढुङ्गा यहि हुनुपर्छ। यसलाई पनि फोड्ने प्रयास भएको रहेछ ।… पुरा पढौ