जलवायु परिवर्तनको असर अब केवल हिमनदी पग्लिने वा समुद्री सतह बढ्ने समस्यामा सीमित छैन। यसको प्रत्यक्ष प्रभाव रोजगारी, श्रम, स्वास्थ्य र अर्थतन्त्रमा देखिन थालेको छ, विशेष गरी श्रमिक वर्गमा। गर्मीको लहर, असामान्य वर्षा, चट्याङ, बाढी र सुख्खाजस्ता चरम मौसम घटनाहरूले श्रम बजारमा चुनौती थपिरहेका छन्। नेपालजस्तो विकासोन्मुख मुलुकमा ठूलो संख्यामा श्रमिकहरू खुला आकाशमुनि वा जोखिमपूर्ण वातावरणमा काम गर्न बाध्य छन्। मौसममा आएको तीव्र परिवर्तनले उनीहरूको उत्पादन क्षमतामा मात्र नभई, जीवनमा नै प्रभाव पार्न थालेको छ। हिमाली क्षेत्र तात्दै, जोखिम बढ्दै…
पुरा पढौ