पृष्ठभूमि :पोखरा पर्यटकीय शहर मात्र होइन, सांस्कृतिक शहर पनि हो । पोखरा फेवाताल, माछापुच्छ्रे, सेती नदीको शहर मात्र पनि होइन, भैरवजात्रा, बाघजात्रा, गाईजात्रा, माघेजात्रा जस्ता जात्रा पर्वको शहर पनि हो । पोखराले आफ्नै सांस्कृतिक विशेषता बोकेको छ । यस्तै विशेषता बोकेको बाघजात्रा पोखराको आफ्नै, बेग्लै विशेषता पनि हो । तर यो जात्रा अहिले बेवारिसे बनेको छ । यसलाई आफ्नो ठान्नेहरूको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको छ । यस्तो लाग्छ– कतै यो जात्रा एकादेशको कथा बन्ने त होइन ?पोखरामा बाघजात्रा कहिले देखि…
पुरा पढौ