अधिवेशन आयोजक कमिटिको कुन कुन कुन जिम्मेवारिमा थियौं ती जिम्मा पूरा गर्यौ ?


     धनबहादुर नेपाली    
     असाेज २० गते २०८० मा प्रकाशित




कमरेड अभिवादन ।
गण्डकी प्रथम अधिवेशन असोज १५-१८ सम्पन्न भएको छ ।
हाम्रो जिम्मेवारी अब शुरु भएन र ….!
– हामी अधिवेशन आयोजक कमिटिको कुन कुन कुन जिम्मेवारिमा थियौं ती जिम्मा पूरा गर्यौ ?
– उदघाटन स्थल बन्द सत्र सपथ ग्रहण हल भित्र बाहिरको फोहोर सफा गर्यौ ?
– बिद्धुत खम्वाका सुर्य पार्टि झण्डा झिक्यौ ? – नेता कमरेडहरुलाइ राम्रो सङ राख्ने बिदाइ गर्ने महत्वपुर्ण भुमिका निभाउनु भयो भनेर धन्यवाद दिन भ्यायौं?
– खादाको खोल यत्र तत्र छरिएका छन कि ?
– जितेका जितेका कमरेड बिच फोटो खिच्दा तपाइलाइ पार्टी सद्स्यता दिने अग्रज अभिभावक लाई सम्झन भ्याउनु भो कि नदेखेर वा आवश्यक्ता देख्नु भएन ?
– अधिवेशनको खाना खाजा भुक्तानी तर्फ छिटो पाइला चाल्नु भो ?
– पार्टी वा नेता जिम्मा भै यातायात ब्यवस्थाको तिरन तारन पूरा भो ?
– झण्डाहरु संकलन गरेर जतन साथ राखियो ?
– ससना काम स्वयम्सेवकले गर्ने हो भनेर हात बाधेका त छैनौ ?
– हामी प्रतिनिधि ले नेता चुन्यौ अब अरु सबै पदाधिकारिले गर्ने हो भनेर रमिते बन्न त खोजेनौ ?
– बिरोधी लाई हराएको, बिरोधिले जितेको जस्तो आम चुनावको झल्को दिने गरि पोस्ट वा कृयाकलाप त गरेका छैनौं ?
– नेता कमरेडले बोलेका सारगर्भित भाषणका दमदार वाक्यहरु कोट गरेर सुसुचित गर्यौ ?
– झुक्किएर पनि जितेको दम्भ, हारेको भन्ने भ्रम मा रहेका कमरेडलाई सम्झाउने बुझाउने छलफल चलाएका छौं ?
– केहिलाइ के लाग्यो केहिलाइ के लाग्यो ? लागेको कुरा कति सहि लाग्यो त्यो पार्टिकरण हुदा कति तागत पलायो सत्य छामेका छौ ?
– पोस्टको शुभकामना चिनारी हो खुशी हो कामना हो तर सुझावको एक लाइन पनि जोडौं न ।
जस्तो,
बधाइ , शुभकामना अनि ।
मजदुर आधारभुत तहको बिच पार्टी काम जोडौं ।
विभेद बिरुद्ध निरन्तर लाग्नु होला
स्वार्थ समूह निस्तेज पारौं ।
अहिलेको सरकारले गरेका जनविरोधी कामको भन्डाफोर गर्नुहोला ।
व्यापक पार्टी सदस्यता बितरणमा ध्यान दिनु होला ।
जनप्रतिनिधिलाई योजना बनाउन सहयोग गर्नु होला ।
कमिटिलाइ तत्काल कार्ययोजना बनाएर अघि बढाउनु होला
पार्टी कार्यकर्तालाई मार्क्सवादी शिक्षा प्रदान गर्न प्राथमिकता दिनु होला ।
यस्तै केही कुनै एक सुझाव दिनु भयो ?
– दिनमा १० वटा फोटो नेतासगॅंको खिच्ने तर तर १० दिनमा एउटा पनि रचनात्मक काम मा जोडिएर सम्पादन गरेको फोटो नराख्ने तेस्तो गल्ती गर्न सुहाउॅंछ ?
– कमिटिले कसरी काम गर्ने रु सुझाव लिन थाल्यौ त ?
– अधिवेशनको सम्पुर्ण खर्च आम्दानी वा भुक्तानी एक हप्ता भित्र राफसाफ गर्न आट गर्यौं ?
– काम हुनु अगाडि गफ हो , तर त्यो गफ सकारात्मक पार्टी काममा राम्रो प्रस्ताव हो या टाइम पास फेरि उपलब्धिहिन गफ मात्र हो ?
– चिन्ता होइन सामुहिक चिन्तन मनन गरौ भन्ने मनोबिज्ञान प्रसार गरौं ।
कम्तिमा यति त सोचौं ।

( नेपाली, नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीका खुल्ला सदस्यमा नव निर्बाचित सदस्य हुनुहुन्छ । )


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।