देश

सीमा क्षेत्रमा स्वदेश फर्किनेको भीड

बैतडी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमा नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । यस प्रदेशका पहाडी क्षेत्रको मुख्य नाकाका रुपमा रहेको झुलाघाटबाट स्वदेश फर्किनेको सङ्ख्यामा वृद्धि भएको हो । हाल दैनिक यो नाका भएर सयौं स्वदेश भित्रिरहेका सीमा प्रहरी चौकी झुलाघाटका वरिष्ठ हवल्दार डम्बरसिंह कार्कीले जानकारी दिए । अन्य समयमा खासै चहलपहल नहुने यस नाकामा गौरा नजिकिएसँगै भीड बढेको छ । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका नेपाली अहिले गौरा पर्व मनाउन घर फर्किरहेका हुन् । स्वदेश… पुरा पढौ

निलम्बित प्रधानन्यायाधीशसँग बयान सुरु

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा आइपुग्नुभएको छ । उहाँसँग समितिले वयान लिन सुरु गरेको छ । उक्त समितिको यही भदौ ८ गतेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार राणा आज समितिमा आउनुभएको हो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार… पुरा पढौ

ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र

सुदूरपश्चिम । ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुनथालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा पुगेर भजनकीर्तनमा रमाइरहेका छन । सेवाकेन्द्रमा आयोजना हुने भजनकीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उनीसहितका वृद्धवृद्धा पुगे । त्रीयासी वर्षीय भूमिनन्दन जोशी पनि दिउँसोको समयमा दिवासेवा केन्द्रमा पुगे । दिवासेवा केन्द्रमा दैनिक कम्तीमा आठ÷दश जना र बढीमा २५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेको बताइएको छ । हारमुनियम, तबला, खैँजडी, मिजरा, मादलको धुनमा भजनकीर्तन गाउँदा सहभागी ज्येष्ठ नागरिकमा उत्साह र उमङ्ग थपिने… पुरा पढौ

‘सामाजिक सञ्जालमै तीज रमाइलो’

समय र परिस्थितिसँगै हाम्रा चाडबाड, संस्कृति मनाउने तरिकामा केही परिवर्तन हुँदै गएका छन् । घरका आँगन, गाउँका चौतारी, मठमन्दिर, बजारका चोक, खुल्ला चउरमा मौलिक भाकामा घन्कने तीजका भाका अहिले यी ठाउँमा देख्न पाइएन । यस पटकको तीजे रमाइलो फेसबुक र टिकटकमा व्यापक छाएको छ । संस्कृतिको संरक्षणभन्दा पनि मनोरञ्जनतिर मात्रै तीजे रमाइलोको उल्लास छ । विभिन्न पर्यटकीय ठाउँ, मठमन्दिर, पार्क जस्ता क्षेत्रमा पुगेर टिकटक बनाउने, फेसुबकमा फोटो, भिडियो पोष्ट गरेर तीजे रमाइलो मनाइरहेका छन् । स्थानीय रमा गौतमले समयअनुसार आएका… पुरा पढौ

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आयोगमा ७६ दलको निवेदन

आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन विभिन्न ७६ दलका ६८ वटा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ। आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिएका हुन्। ‘आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेका छन्’ सहायक प्रवक्ता अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा विभिन्न ६३ वटा दलबाट… पुरा पढौ

विश्व बैंकबाट १२ अर्ब ७५ करोड बराबरको सहुलियतपूर्ण ऋण आउँदै

विश्व बैंकबाट नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपियाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध आउने भएको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो। सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरे। बजेटरी सहायताका रुपमा उपलब्ध हुने सो सहयोगले नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन… पुरा पढौ

नेपालको टी–२० वरीयता खस्कियो

नेपालको टी–२० क्रिकेट वरीयता एक स्थान खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५औं स्थानमा पुगेको छ। यसअघि नेपाल १४ औं स्थानमा थियो। वरीयता खस्किएसँगै नेपालको सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टी–२० विश्वकपमा सोझै छनोट हुने सम्भवना समेत कमजोर बनेको छ। आइसीसीले वरीयताको शीर्ष १२ मा रहने टोलीलाई सोझै विश्वकपमा सहभागिता गराउँछ। नेपाली टोली वरीयता सुधार गर्ने लक्ष्यका साथ अहिले केन्या भ्रमणमा छ। केन्यासँग नेपालले पाँच खेलको टी–२० सिरिज खेलिरहेको छ।… पुरा पढौ

आज हरितालिका तीज

आज भाद्र शुक्ल तृतियाका दिन अर्थात, हरितालिका तीज। निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गर्ने हिन्दू महिलाहरु विशेष पर्व हरितालिका तीजको दिन । तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दिर्घायू हुने तथा अविवाहित युवतीहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास छ। तीजको दिन निराहार व्रत बस्नुपर्ने भएकाले ब्रतालु महिलाहरुले अघिल्लो दिनको मध्यरातमै मिठा परिकार बनाएर दर खाने गर्दछन्। अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक… पुरा पढौ

आज तीजको दर खाने दिन

आज भाद्र शुक्ल द्धितियाको दिन, अर्थात तीजको दर खाने दिन। अर्थात, हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने दिन। दरखाने दिनसँगै तीज पर्व पनि आजदेखि सुरु हुँदैछ। विशेषगरी, नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाएर तीज पर्वको सुरु गरिदैँछ। माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। तीजको व्रत बस्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठो परिकार बनाएर दरका रुपमा खाने चलन छ। विशेषगरी, माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन्।… पुरा पढौ

प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकीमा सूर्यज्योति

पोखरा । प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकीको अध्यक्षमा डा. सूर्यज्योति श्रेष्ठ चयन भएका छन् । संघको हालै सम्पन्न महाधिवेशनमा चिर्वाचित समितिले प्रादेशिकस्तरमा समेत शाखा विस्तार गरेको हो । संघको उपाध्यक्षमा डा. ईश्वर पौडेल, महासचिवमा डा. प्रेम पंगेनी, सचिवमा डा. आनन्द भट्टराई र कोषाध्यक्षमा डा. दीपेश कार्की चयन भएका छन् । संघका केन्द्रीय अध्यक्ष अनिलविक्रम शाहीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माको उपस्थितिमा आइतबार पदाधिकारी र सदस्य एवं जिल्ला संयोजकहरुको नाम घोषणा गरे । समितिको… पुरा पढौ