देश

एसपिपीमा सहभागी नहुने विषयमा नेपालले अमेरिकालाई पत्राचार गरिसक्यो : परराष्ट्रमन्त्री खड्का

काठमाण्डौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले अमेरिकी सरकारबाट प्रस्तावित ‘स्टेट पार्टनसीप प्रोग्राम’मा सहभागी नहुने नेपाल सरकार निर्णय अमेरिकालाई पत्राचार भइसकेको जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठकमा उनले एसपिपी अगाडि नबढाउने र सो जानकारी अमेरिकी सरकारलाई गराउने मन्त्रिपरिषद्को निर्णयलाई परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरिसकेको छ भने । “नेपालले एसपिपीलाई अगाडि नबढाउने निर्णय गरेको लिखित दस्तावेज कूटनीतिक माध्यमबाट यही साउन ९ गते अमेरिकी सरकारसमक्ष पठाइएको छ”, उनले भने । सो सम्बन्धमा आन्तरिक परामर्श आवश्यक भएकाले पत्राचारका लागि केही समय लागेको उनले प्रष्ट्याए ।… पुरा पढौ

द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक

पोखरा । नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ । महेन्द्र राज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । गीतमा कृष्ण बिके (भाञ्जा)को एरेञ्ज तथा पवन रानाभाटको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा महेश त्रिपाठी, अलका सुवेदी, अर्जुन आचार्यलगायतका कलाकारको अभिनय छ । मानव सुवेदी निर्देशित भिडियोमा सौगात धितालको छायाङ्कन तथा रेनिश फागोको सम्पादन र रंग संयोजन छ । पुरा पढौ

बाघको बासस्थान व्यवस्थापन गर्न आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गरे । बाघ पाइने विश्वका सीमित देशमध्ये नेपाल पनि एक भएको उल्लेख गर्दे प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट पर्यटकीय क्रियाकलाप गरी आर्थिक उपार्जन बढ्ने बताए । “बाघको संरक्षण वृद्धि सुखद, नेपालले… पुरा पढौ

एसईईमा उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी संख्या न्यून

राष्ट्रिय परीक्षा बोर्डले बुधवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ मा उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको संख्या न्यून रहेको छ । बोर्डका अनुसार उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ६३३ जना छन् । उक्त संख्या कुल परीक्षार्थीको १ दशमलव ९४ प्रतिशत मात्र रहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । सदस्यसचिव अर्यालका अनुसार गतवर्ष एसईईको परीक्षामा कुल ४ लाख ९५ हजार ७५१ परीक्षार्थी सहभागी थिए । सार्वजनिक नतीजा अनुसार ४१ हजार ६२७ विद्यार्थीले ३… पुरा पढौ

आज अन्तर्राष्ट्रिय बाघ दिवस

आज जुलाई २९ तारिक अर्थात अनतर्राष्ट्रिय बाघ दिवस । हरेक वर्षको जुलाई २९ तारिकका दिन बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले बाघ दिवस मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको थियो । तत्कालीन बेलामा मञ्चले पहिलो विश्व बाघ सम्मेलन गरेको थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लाडिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष जुलाई २९ तारिकका दिन अन्तर्राष्ट्रिय बाघ दिवस… पुरा पढौ

बाबुराम भट्टराईले गरे नयाँ पार्टी दर्ता

काठमाण्डौं । निर्वाचन आयोगमा डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गराएका छन् । केही दिन पहिले जनता समाजवादी पाटी (जसपा)बाट निष्कासित नेता डा. भट्टराईले बिहीबार नयाँ पार्टी दर्ता गराएका हुन् । भट्टराईले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरेको जसपाका पूर्व केन्द्रीय सदस्य तथा उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । उनको नयाँ पार्टीको चुनाव चिह्न आँखा रहेको छ । पुरा पढौ

पोखरा महानगरपालिकाले दियो अपाङ्गता भएका व्यक्तिहरुका लागि गाडी

पोखरा, १२ साउन । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई सो गाडी हस्तान्तरण गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानिय सरकार हरेक नागरिकहरुको साथमा रहेको उल्लेख गर्दै प्रमुख… पुरा पढौ

परीक्षणको १४ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौं । पछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । आज पाँच हजार २५ नमूनाको परीक्षण गर्दा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन १४ प्रतिशत बढी हो । आज दुई हजार ५४१ नमूनाको पिसीआर विधिबाट परीक्षण गर्दा ५२४ र दुई हजार ४८४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज २१५ सङ्क्रमणमुक्त भएका छन्… पुरा पढौ

गठबन्धनको विकल्प खोजिदैनः अध्यक्ष दाहाल

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताएका हो । उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताएका थिए । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण नेकपा ९एमाले०सँग गठबन्धन हुने ‘च्याप्टर क्जोज’ भएको अध्यक्ष दाहालको भनाइ छ । उनले भने, “हामी अहिले… पुरा पढौ

गल्ती दोहो¥याउने छुट कसैलाई छैन : एमाले अध्यक्ष ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहो¥याउनु बेठीक हुने बताए । उनले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहो¥याएर गल्ती गर्ने छुट अब नभएको बताए । उनले ठट्टा गर्दै भने, “२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?”… पुरा पढौ