देश

राष्ट्रियसभामा नागरिकता विधेयक पुनर्विचारसम्बन्धी पत्र

काठमाडौँ । राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका हुन । यसैगरी बैठकमा सचिव फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता पहिलो संशोधनन विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक आजै केहीबेरमा पुनः बस्नेछ ।रासस पुरा पढौ

गठबन्धन आजको आवश्यकता हो– नेता डा कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे । नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए । उनले नेकांले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भएका… पुरा पढौ

एमालेमा निर्वाचन परिचालन सचिवालय गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित सो चार सय ५१ सदस्यीय कमिटीका संयोजक एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकले सचिवालय गठन गरेको हो । सो कमिटीको सचिवको जिम्मेवारी पार्टीका उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ । एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले देशव्यापी निर्वाचन कमिटी गठन गरेर… पुरा पढौ

राजधानीका पाँच सहकारी गाभिँदै

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो । गाभिएपछि संस्थाको कारोबार झण्डै रु नौ अर्ब पुग्ने भएको छ भने बचत रु चार अर्ब ६३ करोड ७० लाख आठ हजार ५९७ हुनेछ । रु चार अर्ब ९९ करोड ४५ लाख ३९ हजार… पुरा पढौ

उठ्दैछ मानव सेवा आश्रम

गलकोट । पाँच जनाको पहलमा सुरु भएको मानव सेवा आश्रम बागलुङ शाखाले अहिले व्यापकरूप लिँदै छ । आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ । मुठ्ठीदानबाट सञ्चालित आश्रममा अहिले विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले नियमित रुपमा सहयोग गरिरहेका र बागलुङ नगरपालिकाको पहलमा प्राप्त सात रोपनी जग्गामा आश्रमको भवन निर्माण भइरहेको छ । आश्रमले बागलुङ नगरपालिका–३ स्थित अस्थायीरुपमा निर्मित भवनबाट सेवा दिइरहेको छ । आश्रममा अहिले ५० सहयोगापेक्षी बेसहारा मानिसलाई राखिएको आश्रमका संयोजनक विपना तामाङले बताए । उनले बागलुङबासीको… पुरा पढौ

मोटरसाइकल दुर्घटना हुँदा कटुवालको मृत्यु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक शङ्खरापुर नगरपालिका–५ पालुवारी घर भएका ३५ वर्षीय बालकुमार कटुवालको गएराति मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते भएका कटुवालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एकजना र मोटरसाइकल… पुरा पढौ

नीति प्रेसको खुल्ला तीज गीत प्रतियोगितामा उद्यमशील महिला समूह हेमजा प्रथम

पोखरा, भदौ १२ निति प्रेस मिडिया प्रालिले आयोजना गरेको खुल्ला गीत प्रतियोगितामा पोखरा–२५ हेमजाले प्रथम स्थान हाँसिल गरेको छ । नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा नीति प्रेसले आयोजना गरेको वाई.यु.के.सुपरमार्केट प्रथम खुल्ला तीज गीत प्रतियोगिता–२०७९ मा उद्यमशील महिला समूह प्रथम भएको हो । प्रथम भएको सो समूहले नगद ३० हजारसहित प्रमाणपत्र प्राप्त ग¥यो । ‘कला, संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ पोखरा–१८ फेवाताल किनारस्थित वाई.यु.के.सुपरमार्केटको प्राङ्गणमा शनिबार आयोजित प्रतियोगितामा पोखरा–२ को सक्षम अभियान नेपालले द्वितीय… पुरा पढौ

आजदेखि मतदाता नामावली अद्यावधिक

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत आज (आइतबार) सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भोलिदेखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउनका लागि भोलिदेखि… पुरा पढौ

मतपत्र छाप्ने कागज किन्न समस्या

आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ । मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब रहेको बताए । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो । तर, न्यूनतम मूल्यसँग मेल खानेगरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ । आयोगले… पुरा पढौ

बाटुलेचौर तीज मेलामा भलिबल खेलाडी लम्साललाई सम्मान गरिने

पोखरा ११ भदौभलिबलका राष्ट्रिय खेलाडी लेखनाथ लम्साल पोखरामा सम्मानित हुने भएका छन्।पोखराको बाटुलेचौरमा रहेको हिमालय क्लबले आयोजना गर्ने ऐतिहासिक बाटुलेचौर तिज मेलाको अवसरमा लम्साल सहित विभिन्न सर्जक तथा सहयोगीलाई सम्मान गरिने क्लबका सचिव शिवराज देवकोटाले जानकारी दिए।यही भाद्र १४ गते मेलाको उद्घाटनका दिन लम्साल सहित लोक दोहोरी गायिका टिका सानु, अन्नपूर्ण आत्मनिर्भर वालआस्रमलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले सम्मान गर्ने छन्।तिजको परम्परागत हम्काईलो भाका समेत प्रस्तुत गरिने मेलामा छेलो, रस्साकस्सी, म्युजिकल चियर प्रतियोगिता सहित समुहगत… पुरा पढौ