देश

प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो

काठमाडौँ । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ ९ बमोजिम नेकपा माओवादी केन्द्र का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले अदालतको पत्रले तत्काल शपथ कार्यक्रम रोकिएको जानकारी दिए ।गैरसांसद छिरिङ डम्डुल लामा कार्चेनको कार्यकाल स्वतः सकिएपछि रिक्त मन्त्रालयको जिम्मेवारीमा माओवादी केन्द्रले डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई सिफारिस गरेको थियो । कार्चेन नियुक्तिविरुद्ध २०७८… पुरा पढौ

कांग्रेस प्रवक्ता डा महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन। यही साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नं १ का कतिपय स्थानमा क्षति पु¥याएको छ । नुवाकोटको दुप्चेश्वर–३ राउतबेंसी, तादी– ४ सातबिसे र पञ्चकन्या– ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या– २ आप्र र तादी– ५ बाहुनबेंसी जोड्ने पक्की पुल, पञ्चकन्या– १ को सिमारा फाँट र लिखु– ३ सूर्यमति र १ ढिकुरे… पुरा पढौ

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन

काठमाडौँ । सरकारले मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन । कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन । कार्यदलको सदस्य सचिवमा ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ… पुरा पढौ

सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल

काठमाडौँ । नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच आज छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए । कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी तथा रुकमिणी चौधरी सहभागी थिए । छलफलमा उक्त सभाले… पुरा पढौ

युवा उद्यमशीलताको विकास गर्नुपर्छ– प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिएका छन । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए । विभिन्न पुस्तामा रहेका सीप तथा क्षमता युवालाई हस्तान्तरण गरी नयाँपुस्तालाई सवलीकरणको खाँचो औँल्याउँदै उनले मुलुकका सबै जाति समुदायलाई एकापसमा एकताबद्ध बनाएर शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण गर्न युवा दिवसले प्ररेणा प्रदान गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय… पुरा पढौ

राजधानीमा गाईजात्राको रौनक

काठमाडौँ । राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ भएको छ । विगत दुई वर्षकोभन्दा यसपटक राजधानी सहरमा गाईजात्रा रौनक बढेको देखिन्छ । विगत दुई वर्ष कोरोना महामारीको त्रासका कारण गाईजात्रा भव्य हुन सकेको थिएन । विसं २०७७ र २०७८ मा गाईजात्राको विधिमात्र पूरा गरिएको थियो । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन… पुरा पढौ

सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको शिष्टाचार भेट

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेका छन । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा आज बिहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध… पुरा पढौ

अन्तरपालिका बैठक

बैतडी । सिकाइ आदानप्रदानका लागि बैतडीमा पहिलोपटक अन्तरपालिका समन्वय बैठकको सुरुआत गरिएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले अन्तरपालिका समन्वय बैठकको सुरु गरेका हुन । पालिकाको एकआपसमा अनुभव साटासाट र सिकाइ आदानप्रदान गराउने उद्देश्यले अन्तरपालिका समन्वयात्मक बैठकको सुरुआत गरिएको प्रजिअ पन्थीले जानकारी दिए । जिल्ला प्रशासनको संयोजनमा १० वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बैठकको सुरुआत गरिएको हो । घुम्ती अन्तरपालिका बैठक सञ्चालन हुने र पहिलो बैठक दशरथचन्द नगरपालिकामा सम्पन्न भएको छ । सुशासन, विकास र सेवा… पुरा पढौ

गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव छ : प्रम देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् । नेपाल प्राध्यापक सङ्घको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको उच्च शिक्षालाई समस्यामुक्त बनाई योग्य एवं दक्ष जनशक्ति तयार गर्न प्राध्यापक थप जिम्मेवारीका साथ क्रियाशील हुनु आवश्यक रहेकामा जोड दिए । प्रधानमन्त्री देउवाले भने, “विद्यार्थीले पनि आधुनिक युगको शिक्षालाई आत्मसात् गर्दै अघि बढ्नु आवश्यक छ । उच्च शिक्षामा सुधार सँगसँगै हाम्रा परम्परागत ज्ञान, सीप, धर्म, संस्कृति, दर्शन, सङ्गीत र साहित्यको संरक्षण र… पुरा पढौ

प्रहरी निर्वाचनतर्फ केन्द्रित : एक लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव

काठमाण्डौं । सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन् । राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेका छन् भने निर्वाचन आयोगले तीव्रत्तररूपमा तयारी गरिरहेको छ । आयोगले दल दर्ताका लागि साउन ३१ सम्मको समयसीमा दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमसमेत स्वीकृत भइसकेको छ । भयरहित निर्वाचन गराउनका लागि शान्तिसुरक्षा… पुरा पढौ