देश

प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिएका थिए । गणना हुँदा गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो ।रासस पुरा पढौ

निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आयोगको अपिल

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पु¥याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । आयोगद्वारा यहाँ आज आयोजित आमसञ्चार माध्यममका सम्पादक तथा प्रमुखसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन सफल तुल्याउन महत्वपूर्ण भूमिका रहेको मुलुकका जिम्मेवारी आमसञ्चार माध्यमबाट… पुरा पढौ

अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत छैटौँ तह दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग रु ३० हजार घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा अधिकृत क्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस माग गरी रु १४ हजार बैंक खातामा ट्रान्सफर गर्न लगाएको र रु ३० हजार उनको साथबाट बरामद भएको पुष्टि हुन आएको आयोगले जनाएको छ… पुरा पढौ

म्याग्दी र मुस्ताङमा चिस्यान गृह निर्माण

म्याग्दी । सुन्तला र स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गर्ने उद्देश्यले म्याग्दी र मुस्ताङमा सात चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत पछिल्लो तीन वर्षमा मुस्ताङमा ६ र म्याग्दीमा एउटा चिस्यानगृह निर्माण गरिएको हो । स्याउ र सुन्तलाको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र जोन कार्यक्रमको सहयोगमा चिस्यान गृह निर्माण गरिएको परियोजनाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा सुधीर थापाले बताए । आर्थिक वर्ष २०७६÷७७ मा पाँच टन क्षमताको एउटा, आव २०७७÷७८ मा ४२ टन क्षमताका तीन र… पुरा पढौ

किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै

फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि यही साउनदेखि हरेक विद्यालय वा समुदायमा पुगेर ‘आइरन’ र ‘फोलिक एसिड’ मिसिएको क्याप्सुल खुवाउन थालिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रुद्र शर्मा सापकोटाले बताए । नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका किशोरीको सङ्ख्या यति नै छ भन्ने तथ्याङ्क नभएको भए पनि यो अभियानको पहिलो चरण… पुरा पढौ

मन्त्री शाहीद्वारा शपथ

वीरेन्द्रनगर । कर्णाली सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिएका छन । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उनलाई शपथ गराए । शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र ख बाट निर्वाचित सांसद छन । शाहीलाई गत बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गरेका थिए । यसअघि विसं २०७८ माघ २३ गते उद्योगमन्त्री बनेका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा कार्चेनको पदावधि सकिएपछि लामाको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो । उनलाई शुक्रबार नै शपथ… पुरा पढौ

प्रतिनिधिसभाः बीमासम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताएका छन । उनले समाजवादोन्मुख लक्ष्यप्रति प्रतिबद्ध भई उपलब्ध स्रोध र साधनको प्रयोग गरी तीव्र आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले बीमासम्बन्धी विगतका ऐन, कानुनको पुनरावलोकन… पुरा पढौ

राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता पोखरामा भदौ १२ गतेदेखि हुने

पोखरा, साउन २९ पोखरामा भदौ दोश्रो सातादेखि राष्ट्रिय खुल्ला विलियार्ड स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल विलियार्ड स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको संयुक्त आयोजनामा पोखरामा आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ हुन लागेको हो । प्रतियोगिता पोखरा–८ स्थित डेभिज् स्नुकर क्लवमा सञ्चालन हुने आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । विलियार्ड स्नुकर खेलको विकास, बिस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा देशभरका खेलाडीले सहभागिता जनाउन पाउने… पुरा पढौ

सरकारद्वारा १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार

काठमाडौँ । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करिब रु १२ अर्ब ७० करोड ९अमेरिकी डलर १०० मिलियन० सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यही साउन २६ गते गरेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट पूर्वी तराइको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब रु दुई अर्ब १३ करोड ६४ लाख जापानी येन दुई हजार २५६ मिलियन अनुदान सहायता स्वीकार… पुरा पढौ

प्रतिनिधिसभा : काठमाडौँको फोहोर व्यवस्थापनबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन । बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरे । नेकपा एमालेका सांसद योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताए । उनले सांस्कृतिक सहर काठमाडौँको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि… पुरा पढौ