देश

पत्रकारको राष्ट्रिय परिचयपत्र बनाइने

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको आयोजनामा उक्त दिन जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र बनाइदिएर सहजीकरण गर्न लागिएको हो । सो दिन बिहान ८ देखि १२ बजेसम्म जिल्लामा आबद्ध रहेका पत्रकारको परिचयपत्र बनाइने भएकाले अनिवार्य उपस्थितिका लागि शाखाका सचिव रामहरि कार्कीले अनुरोध गरेका छन । सो सेवा सदस्यहरुले पाएसँगै सम्बन्धित कार्यालयमा हुने दैनिक चाप र घण्टौँ बस्नुपर्ने लाइनको समस्याबाट पत्रकारहरु मुक्त हुने उनको बुझाइ छ । सो… पुरा पढौ

प्रतितोला रु ३००ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार… पुरा पढौ

साउन मसान्तसम्म कक्षा–११ मा विद्यार्थी भर्ना गर्न बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ । बोर्डले एक सूचना जारी गर्दै एसईईको नतिजा साउन–११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक÷फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा असन्तुष्टि जनाएको हो । बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ। पुरा पढौ

जनतालाई चुस्त सेवा दिन मन्त्री र सचिवलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबलटेबलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठकमा उनले जनताले सरकारबाट पाउने सुविधा सहज र चुस्त रुपमा उपलब्ध गराउन निर्देशन दिएका हुन । “तपाईँहरूले सरकारी कार्यालयका टेबल टेबलका शासन आजैदेखि बन्द गराउनुहोस्”, प्रधानमन्त्री देउवाले निर्देशन दिँदै भने, “जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस् ।” उनले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा… पुरा पढौ

सक्रिय सङ्क्रमित पाँच हजार नाघे, आज ८१४ सङ्क्रमित थपिए

काठमाण्डौं । पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ । आज पाँच हजार ४१५ नमूनाको परीक्षण गर्दा ८१४ सङ्क्रमित फेला परेका छन् । दुई हजार ७६२ नमूनाको आरटी पिसिआर परीक्षण गर्दा ५०९ र दुई हजार ६५३ नमूनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये होम आइसोलेनमा चार हजार ९८५, संस्थागत आइसोलेनसमा १५९, आइसियुमा ३८… पुरा पढौ

साफ यू–२० : नेपाल र बङ्गलादेशबीचको खेल बराबरी, फाइन पुग्ने नेपालको सम्भावना कायम

काठमाण्डौं ।साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १÷१ गोलको बराबरीमा रोकेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको लिगचरणको अन्तिम खेलमा नेपाललले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेसँगै नेपालको फाइनल खेल्ने सम्भावना कामयमै रहेको छ । नेपालले ४ खेलमा ७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । बङ्गलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहेको बङ्गलादेशले ४ खेलमा १० अङ्क जोडेको छ । बङ्गलादेश शीर्ष स्थानमा रहेको छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको… पुरा पढौ

थप ८९५ मा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । सो अवधिमा पाँच हजार नौ सय नौ जनाको नमूना परीक्षण गरिएको थियो । तीन हजार छ सय ८५ जनाले पिसिआर र दुई हजार दुई सय २४ सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ… पुरा पढौ

नेप्से परिसूचकमा बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १।१५ अङ्कले उकालो लागेर दुई हजार १९६।२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।९४ अङ्कले उकालो लागेर ४२१।१४ मा पुगेको छ । नेप्सेमा झिनो अङ्कको बृद्धि भए पनि कारोबार रकम भने उकालो लागेको छ । कूल २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता शेयर रु… पुरा पढौ

प्रसिद्ध साल्पा सिलिचुङ ओझेलमा

भोजपुर । धार्मिक तथा पर्यटकीय महत्वको भोजपुरको सबैभन्दा अग्लो साल्पा सिलिचुङ चुचुरोसँगै साल्पा पोखरी प्रचारप्रसारको कमीले ओझेलमा परेको छ । समुन्द्री सतहबाट चार हजार १५३ मिटर उचाइमा रहेको सिचिलुङ डाँडाबाट सगरमाथासँगै अन्य हिमालहरु प्रष्ट देख्न सकिन्छ । चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरु आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजाका लागि पुग्ने गरेका छन् । यहाँ वर्षमा चार पटक मेलासमेत लाग्ने गरेको छ । बैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको स्थानीयवासीको को भनाइ छ । यहाँ… पुरा पढौ

स्मृतिमा क.तुलसीलाल अमात्य

तुलसीलाल अमात्य नेपालका प्रसिद्ध कम्युनिष्ट नेता हुन् । उनको जन्म सन् १९१६ मे महिनामा ललितपुरको क्वाँबहाल टोलमा भएको हो। उनको देहावसान आजैका दिन २२ बर्ष अगाडि भएको हो।उनी सन् १९३३ देखि राजनीतिमा सक्रिय भए। उनी नेपाली क्रान्तिको अविश्रान्त नेता थिए। भारत स्वतन्त्र भएको खुसीमा सन् १९४७ अगस्ट १५ तारिखमा पाटनमा भएको जुलुसको नेतृत्व गर्दा अमात्य पहिलो पटक ६ महिना जेल परेका थिए ।२०१५ सालको आम निर्वाचनमा ललितपुरबाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भई नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता निर्वाचित भए ।… पुरा पढौ