देश

बजेट सकारात्मक तर कार्यान्वयनमा चुनौती : चेम्बर

काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक भए पनि कार्यान्वयनको पाटो चुनौतीपूर्ण भएको जनाएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा प्रस्तुत गरेको आव २०७९/८० को बजेटको सन्दर्भमा चेम्बरले आज विज्ञप्ति जारी गर्दैै बजेट सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती भएको जनाएको हो । सरकारले ल्याएको रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेटको आकार ठूलो भएको चेम्बरले जनाएको छ । चालू आवमा रु १६ खर्ब ३३ अर्बको बजेट ल्याए पनि खर्च गर्न नसकेर संशोधनमार्फत रु १४… पुरा पढौ

विमान दुर्घटना : छानबिन गर्न जाँचबुझ आयोग गठन

काठडमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आइतबार कास्कीको पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको कलसाइन नाइन एन एइटी ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्त

काठमाण्डौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भई विमानमा सवार सबैको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज ट्विटरमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्यहरु र यात्रुहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान मुस्ताङको थसाङ गाउँपालिका–२ सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १९ यात्रु र चालक दलका तीन सदस्य… पुरा पढौ

दुर्घटनाग्रस्त तारा एयरमा अपडेट: १४ जनाको शव फेला, पहिचान हुन बाँकी

पोखरा । दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ । पुरा पढौ

मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौ । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरिसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम… पुरा पढौ

अब प्यान नम्बर पनि अनिवार्य

सरकारले व्यक्तिगत स्थायी लेखा नम्बरलाई अनिवार्य बनाएको छ। करको दायरा विस्तार गर्न भन्दै सरकारले अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने व्यवस्था आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख छ। नाबालिकहरुको हकमा जन्मदर्ताका आधारमा पनि पान लिन पाउनेछन्। त्यस्तै, विदेशी कामदार र सवारी साधन किन्नेहरुका लागि पनि पान अनिवार्य गरिएको छ। पुरा पढौ

कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ परीक्षा आज (सोमबार) देखि सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि एक साथ सुरु हुने परीक्षा बोर्डले जनाएको छ। यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डले यसअघि नै सूचना जारी गरी परिक्षा समय परिवर्तन गरेको जनाएको थियो। विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको हो। बोर्डका अनुसार यस वर्ष करिब ४ लाख १५ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्। परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ… पुरा पढौ

अव ६८ वर्षदेखि वृद्धभत्ता पाइने

काठमाण्डौं । सरकारले आर्थिक वर्ष २०७९८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आगामी आवको बजेटमा यसअघि ७० वर्षदेखि वृद्धभत्ता पाउने व्यवस्थालाई संशोधन गर्दै ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको उल्लेख छ । सामाजिक सुरक्षाअन्तर्गत वृद्धवृद्धाहरूले मासिक रु चार हजार पाउँदै आएका छन् । अर्थमन्त्री शर्माले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सरकारले सम्मान गर्ने बताए । रासस पुरा पढौ

स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट

काठमाण्डौं । सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ ।गत आवमै मेलम्चीको पानी राजधानीमा आइपुगे पनि अझै भरपर्दो पथान्तरणको व्यवस्था नहुँदा स्थायीरूपमा काठमाडौँमा पानी आपूर्ति हुनसकेको छैन । हेडवक्र्सको काम नसकिँदा वर्षायामसँगै… पुरा पढौ

जोन्टा क्लव अफ पोखराको अध्यक्षमा मोनिका, उपाध्यक्षमा रोजिना

पोखरा, जेठ १५ जोन्टा क्लव अफ पोखराको अध्यक्षमा मोनिका थापा चयन भएकी छन् । क्लवको दोश्रो साधारण सभा तथा पहिलो अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । क्लवको निवर्तमान अध्यक्षमा लिना श्रेष्ठ गोशली, उपाध्यक्षमा रोजिना रञ्जित बिजुक्छे, सचिवमा निलिशा केसी र सल्लाहकारमा अञ्जना तझ्या चयन भएका छन् । क्लवको एडभोकेसी डाइरेक्टरमा श्रीविद्या कायस्थ, सर्भिस डाईरेक्टरमा अश्विन कार्की, शिक्षा निर्देशकमा स्वेता पिया मल्ल, लिडरसीप एण्ड स्किल डाइरेक्टरमा सृजना कार्की भट्टराई, जोन्टा एण्ड गोल्डेन जोन्टा डाइरेक्टरमा प्रेरणा सेढाईं भट्टराई, अवार्ड एण्ड स्कलरसीप… पुरा पढौ