देश

७९ मतदान केन्द्रमा स्थानिय तहको निर्वाचन स्थगन : आयोग

काठमाण्डौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको सङ्ख्या थप भएको हो । हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो । आयोगका अनुसार विवाद र भड्पका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको… पुरा पढौ

अध्यक्ष नेपालद्वारा आयोगलाई धन्यवाद

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आमजनताको उत्साहजनक सहभागिता र शान्तिपूर्ण तरिकाले सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । उनले हिजो एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीसम्बद्ध सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिएका हुन् । देशभर ७५३ स्थानीय तहका साथै छ हजार ७४३ वडामा शुक्रबार भएको निर्वाचनमा एक करोड ७७ लाख मतदातामध्ये करिव ६४ प्रतिशतले मतदान गरेका थिए । विभिन्न १६ जिल्लाका २८ पालिकाको ४३ मतदानस्थल र ७७ मतदान केन्द्रमा… पुरा पढौ

शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान : आयोग

काठमाण्डौं । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न भएको बताए । उनले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मतदान गर्न दिइने भएकाले कूल… पुरा पढौ

आजै साँझबाट मतगणना सुरु हुने

काठमाण्डौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार आज दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी… पुरा पढौ

कतैपनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग

काठमाण्डौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने नभएकोे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। अहिले अपराह्न २ बजेसम्म ९५ प्रतिशत मतदान भएको उहाँले जानकारी दिए। उनका अनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण… पुरा पढौ

२ बजेसम्म ४१ प्रतिशत मतदान

काठमाण्डौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको उनको भनाइ थियो । पुरा पढौ

भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

काठमाण्डौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । बुद्ध जयन्तीका दिन उनले लुम्बिनीको भ्रमण गर्नेछन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि हुन लागेको यो पाँचौँ भ्रमण हो । बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध… पुरा पढौ

मतदान केन्द्रभित्र फोटो खिच्न पाइँदैन

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ। मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री लिएर जान पाउने छैन। पुरा पढौ

नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा राहदानीका आधारमा पनि मत दिन सकिने

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ। आयोगले बुधबार गरेको निर्णयानुसार मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाण हुनु आवश्यक हुने गरी मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ। पुरा पढौ

मदिरा सेवन गरेकालाई मतदान गर्न निषेध

मादक पदार्थ खाएका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नदिइने भएको छ। निर्वाचन आयोगले मतदाताले मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन मतदान अधिकृतलाई भनेको हो। यस्तै, मतदाता वा कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर तथा एसिडजस्ता प्रज्ज्वलनशील पदार्थ लग्न पाइने छैन। कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जानिने वस्तुपनि लग्न पाइने छैन। आयोगले मतदान केन्द्रमा निषेधित… पुरा पढौ