नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिदैंछ। स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो। काठमाडौँमा २ दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार संचालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिने कार्यक्रम छ। पार्टीका शीर्ष नेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवं संघीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार संचालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ। अघिल्लो…
पुरा पढौ