देश

गण्डकी प्रदेशले बुधबार सार्वजनिक बिदा दिने

कास्की । गण्डकी प्रदेश सरकारले भोलि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भानु जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको हो । गण्डकी प्रदेश, आन्तरिक मामिला मन्त्रालयले निकालेको सूचना अनुसार भानु जयन्तीको अवसरमा असार २९ गते बिदा दिने उल्लेख गरिएको छ । यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा २०७९ सालको असोज २३ गते, गण्डकी प्रदेश सरकारको स्थापना दिवस फागुन ४ गते र चैते दशै चैत्र १५ गते सार्वजनिक बिदा दिने गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदले गएको चैत्र १८ गते निर्णय गरेको सूचनामा… पुरा पढौ

राष्ट्रियसभाः सदनमा उपसभामुख र उपाध्यक्ष नभएकामा ध्यानाकर्षण

काठमाडौँ । सांसद वामदेव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले नेपालको संविधानमा भएको व्यस्थालाई कार्यान्वयन नगर्नु लज्जाको विषय भएको बताए । उनले नेपालको संविधानमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि संसद्ले नै संविधानको कार्यान्वयन गरेर काम नगरेकोप्रति महिला सांसदहरु बोल्नुपर्ने जरुरी भएको बताए ।रासस पुरा पढौ

राससले भिडियो सेवा सञ्चालन गर्ने

काठमाडौँ । राष्ट्रिय समाचार समिति राससले आफ्ना समाचार सेवाहरुको विविधिकरणका क्रममा श्रव्यदृष्य भिडियो सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने भएको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको उपस्थितिमा आज रासस केन्द्रीय कार्यालय, काठमाडौँमा रासस र फिल्म क्रिउ नेपाल प्रालि, नक्सालका बीच श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको हो । श्रव्यदृष्य सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राई र फिल्म क्रिउ नेपालका बजार प्रबन्धक मनिष प्रसाईंले हस्ताक्षर गरे । नेपालमा सञ्चालनमा रहेका टेलिभिजन च्यानलहरुसहित अनलाइन सञ्चारमाध्यमको समेत अनुरोध बमोजिम सञ्चालन हुन लागेको… पुरा पढौ

पर्यटकीयस्थल लभ्लीहिलमा पूर्वाधार धमाधम निर्माण हुँदै

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरा स्थित पर्यटकीयस्थल लभ्लीहिलमा पर्यटक लक्षित भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । जिल्लाको सदरमुकाम बेनीबजारदेखि आधा घण्टाको दुरीमा रहेको प्रसिद्ध पर्यटकीयस्थलमा वन डिभिजन कार्यालय म्याग्दीद्वारा चालु आवमा पदमार्ग र चौपारी निर्माण गरिएको छ । यसअघि बेनीदेखि लभ्लीहिल पुग्ने पदमार्ग र उद्यान बनाइएको थियो । गण्डकी प्रदेश सरकारको कार्यक्रम सामुदायिक वनमा पर्र्यटन कार्यक्रममार्फत प्राप्त भएको रु तीन लाख ३६ हजार बजेटबाट ४५ मिटर पदमार्ग र चौपारी निर्माण गरिएको वन डिभिजन कार्यालयका प्रमुख मनोज रानाभाटले… पुरा पढौ

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या ल्याएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानून ल्याइएको बताए । तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक प्रस्ताव गरिएको जनाउँदै… पुरा पढौ

क्रसर उद्योग स्थापना गरेर नदी दोहन

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता भएको छैन् । रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताए ।सो क्रसरको विषयमा अनुगमन र छानबिन गर्न गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिए । स्थानीयवासीका अनुसार सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि र सरोकारवाला स्थानीय तह निर्वाचनमा केन्द्रित भएको… पुरा पढौ

राष्ट्रियसभा बैठकः ‘तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ’

सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि नागरिकले अनाहकमा मृत्यु वरण गर्न परिरहेको छ । गतवर्ष महाकाली नदी तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकालीमा खसेर बेपत्ता हुनुभएको घटना एक वर्ष पुग्न लागेको छ । तर, नदी पार गर्ने क्रममा तुइनबाट खस्ने क्रम अझै रोकिएको छैन । तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म… पुरा पढौ

करणीको आरोपमा चालक पक्राउ

काठमाडौँ । टिपरभित्रै एक महिलालाई जबरर्जस्ती करणी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरी नगरपालिका–७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेको टिपरभित्र १७ वर्षीय एक महिलालाई जबरर्जस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिका–८ निवासी ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई सोमबार पक्राउ गरेको हो । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ नेपालीले यही असार २४ गते राति रोकी राखेको रा १ ख २७३४ नम्बरको टिपरभित्र जबरर्जस्ती करणी गरेको खुल्न आएको… पुरा पढौ

सरकारको एक वर्षः संविधान, संसद् र लोकतन्त्र जोगाउन सफलता हासिल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा जनजविवका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल भएको छ । दुई–दुई पटक संसद् विघटन गरी संविधानको व्यवस्थामाथि नै खलल पुग्ने गरी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गतिविधि गरेको भन्दै विभिन्न राजनीतिक दलहरू नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न तयार भएका थिए । सोही परिवेशमा गत असार २९ गते गठन भएको वर्तमान सरकारले एक वर्षमा केही महत्वपूर्ण काम… पुरा पढौ

जेठ महिनामा ३.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

जेठ महिनामा नेपालमा विप्रेषण आप्रवाह ‘रेमिट्यान्स’ ३.८ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो बर्षको सोही अवधिमा १२.६ प्रतिशतले बढेको रेमिट्यान्समा यस बर्ष भने संकुचन आइरहेको छ। जेठ मसान्तसम्म नेपालमा कुल ९०४ अर्ब १८ करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यंक छ। त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३… पुरा पढौ