देश

प्रेम, विवाह र वैदेशिक अध्ययनमा केन्द्रित ‘मोचन’

काठमाडौँ । अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि पूरा गरेका विषयमा केन्द्रित एक उपन्यास अहिले बजारमा छ । हाल अमेरिका–नेपाल आउजाउ गरिरहने डा तुलसी आचार्यको ‘मोचन’ उपन्यास फिनिक्स बुक, २०७८ को सारांश यति मात्र भए पनि यसले अमेरिकी जीवनबारे पनि केही बताएर पाठकलाई अर्कै महादेशमा लैजान्छ । लेखकले पछिल्ला घटनालाई अगाडि ल्याउने फ्ल्यासब्याक शैलीमा उपन्यासमा प्रथम पुरुषउत्तम पुरुषका रूपमा रहेर आफ्नो प्रेम, द्वन्द्व, वियोग, संयोग र… पुरा पढौ

मूल्यवृद्धि दोब्बर ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था विग्रदै गएको आरोप लगाएका छन। मङ्गलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको छ भने । महासचिव पोखरेलले करका दायरा हेरफेर गर्ने कार्य अनुचित भएकोसमेत सो अवसरमा बताए ।रासस पुरा पढौ

संस्कृतिसम्बन्धी हक अधिकारको पूर्णरुपमा कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा समेटिएको भाषा तथा संस्कृतिसम्बन्धी हकअधिकारको पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२औँ प्रज्ञा सभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकका सबै जातजाति तथा समुदायको भाषा र संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रङ्गीचङ्गी फूलहरुको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकार दृढ सङ्कल्पित रहेको बताए । सङ्गीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै मानिसमा सिर्जनशीलताको सञ्चार गर्ने गरेको उनको भनाइ… पुरा पढौ

विदेश जानुपूर्व सीपमूलक तालिमप्रति युवा आकर्षित

काठमाडौँ । रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुले पछिल्लो समय सीपमूलक तालिम लिन थालेका छन् । सीप सिकेर विदेश जाँदा सिकेकै काम पाइने, पारिश्रमिक राम्रो पाइने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरु सीपमूलक तालिममा सहभागी हुन थालेका हुन् ।स्विट्जरल्यान्ड र नेपाल सरकारको साझेदारीमा बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले राहदानी बनाउने बेला नै युवाहरुलाई सीपमूलक तालिमका लागि प्रेरित गर्ने गरेको छ । परियोजना सुरु भएपछि चालु आर्थिक वर्षमा खाडी मुलुक, मलेसिया लगायतका देशहरुमा जाने १३१ जनाले सीपमूलक तालिम लिएका… पुरा पढौ

भानुभक्तको जन्म जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता हुने

काठमाडौँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय नवौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागेको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको हो । कविता पठाउने अन्तिम दिन सोमबारसम्म सो कविता प्राप्त भएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि ८७ जनाको कविता प्राप्त भएको छ । उक्त कविताहरु असार २८… पुरा पढौ

राप्ती हाइड्रोको आइपीओ आउँदै

काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ ) खुला गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयरमा बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कूल २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले जारी गरेको आह्वानपत्रानुसार कूल निष्कासित शेयरमध्ये तीन प्रतिशत अर्थात ७० हजार ९८८… पुरा पढौ

काठमाडौँमा थप दुई जनामा हैजा

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो । योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए । हैजा तथा… पुरा पढौ

आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

गलकोट । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिकांश पीडितले मुद्दाको बयान फर्ने गरेको पाइएको हो । उनीहरुले पीडितहरू झन्झटिलो न्याय प्रणाली, खर्चिलो कानूनी सेवा, अशिक्षा र आर्थिक प्रलोभनमा परेर अदालतमा बयान फेर्न बाध्य भइरहेको बागलुङका मानव अधिकारकर्मीहरुले बताउँदै आएका छन् । न्यायिक प्रक्रियाको अन्तिम चरणसम्म पीडितको बयान एउटै नभएका कारण पीडितहरु थप पीडामा पर्ने गरेको अधिकारकर्मी राम शर्माले… पुरा पढौ

चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही ः शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।प्रतिनिधिसभाको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै मन्त्री पौडेलले त्यसरी कानुनविपरीत शुल्क लिने संस्था र व्यक्तिहरुबारे जानकारी भए अवगत गराउन सांसद्हरुलाई आग्रह पनि गरे । मन्त्री पौडेलले चिकित्सा शिक्षासम्बन्धी सबै विषय चिकित्सा शिक्षा आयोगले हेर्ने भएको र विश्वविद्यालयका हकमा सम्बन्धित विश्वविद्यालयको कार्यकारीले निर्णय गर्ने स्पष्ट गरे… पुरा पढौ

संसदीय समिति बनाउन अध्यक्ष ओलीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण प्रक्रियामा अर्थ मन्त्रालयमा भएको सिसीटिभी फुटेज उपलब्ध नभएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले सो प्रकरणबारे सरकारले छानबिन गराउन सक्नुपर्ने र यसमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्धलगायतका सवालमा सरकारका कार्य उचित नभएको दावी गरे । अध्यक्ष ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० बारे कहिले के के भएको हो… पुरा पढौ