देश

आइतबारदेखि भुक्तानी प्रणाली बन्द

महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द हुने जनाएको छ। कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो। नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्नेछ। त्यसअघि नै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गर्नुपर्ने नियमावलीमा उल्लेख छ। नियमावलीअनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी… पुरा पढौ

वायु सेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ। निगम अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको हो। अधिकारी २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। आदेशमा अहिलेका दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकका रूपमा कामकाज गर्न रोक लगाउँदै निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन भनिएको छ। सर्वोच्चले असार २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको… पुरा पढौ

सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको माग : प्रहरी समायोजन गर, प्रदेशलाई हस्तान्तरण गर

प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले साउन मसान्तभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेका छन्। सात वटा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले साउनभित्र प्रहरी समायोजन गर्न संघीय सरकारलाई समय दिएका हुन्। जनकपुरधाममा बिहीवार भएको मन्त्रीहरूको भेलाले सात बुँदे घोषणापत्र जारी गर्दै साउन मसान्तभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेका हुन्। प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीहरूलाई प्रदेश मातहत ल्याउन पनि संघीय सरकारलाई आग्रह गरेका छन्। प्रदेश सभा गठन भएको ५ वर्ष… पुरा पढौ

प्रहरी प्रवक्तामा डीआईजी राई

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईलाई दिइएको छ। डीआइजी राई भर्खरैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति भएका हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार उनले बिहीबारदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्। पदोन्नति हुनुअघि उनी बबरमहलमा रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखका रूपमा थिए। यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ। पुरा पढौ

माओवादीको स्थायी समिति ४१ सदस्यीय

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने सदस्यको नाम प्रस्ताव गरेका हुन् । माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्यूरोमा प्रस्तावित रामप्रसाद सापकोटाका अनुसार अध्यक्ष दाहालले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने प्रस्ताव गरेका हुन्। उनका अनुसार नाम वाचनका क्रममा केही प्राविधिक त्रुटि देखिए पनि बैठक नियमित रुपमा चलिरहेको जानकारी दिए । माओवादीले पुराना र वरिष्ठ नेतालाई स्थायी समिति, दोस्रो तहका नेतालाई… पुरा पढौ

प्रतिनिधिसभाबाट तीन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९’, खानेपानीमन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई पारित… पुरा पढौ

नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६।६० अङ्कले ओरालो लागेर दुई हजार २७।३२ मा ओर्लेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३।४२ अङ्कले ओरालो लागेर ३८५।४९ मा ओर्लेको छ । कूल २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता शेयर रु एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये… पुरा पढौ

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन ।सहकारी विभागले तयार पारेकोे सहकारीको दशवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रका विषयमा सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उनले सहकारी सञ्चालनका लागि प्रशस्त कानुन भए पनि कार्यान्वयनमा भने समस्या रहेको औँल्याएका हुन । मन्त्री श्रेष्ठले सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकायले नयाँ संरचना बनाउनेभन्दा पनि विद्यमान संरचनालाई पुनरावलोकन गरी सशक्त बनाउन र कमजोरी हटाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।विभागले तयार पारिरहेको सोचपत्र… पुरा पढौ

उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सिबिफिनको सुझाव

काठमाडौँ । स्थानीय निकायको रकमलाई शतप्रतिशत निक्षेप गणना गर्न दिने व्यवस्थाले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न मद्दत पुग्ने भन्दै बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सिबिफिनले आर्थिक विकास, अर्थतन्त्रको उन्नयनलगायतका विषयमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा सिबिफिनले आज यहाँ आयोजना गरेको कार्यक्रममा अनावश्यक र विलासीताका वस्तुको आयातमा गरिएको कडाइलाई थप निरन्तरता दिँदै निर्यात प्रवद्र्धन गर्न उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने सुझाव दिएको छ । राष्ट्र बैंकले आर्थिक… पुरा पढौ

एनएनटिभी सर्टस् कार्यक्रम शुभारम्भ

काठमाडौँ । परीक्षण प्रसारणमा रहेको नेपाल नेटवर्क टेलिभिजन एनएनटिभीले नयाँ कार्यक्रम एनएनटिभी सर्टस् ९मेरो कथा, मेरो सिनेमा० कार्यक्रम शुभारम्भको घोषणा गरेको छ । नेपाली लघु चलचित्रमार्फत आम दर्शकलाई मनोरञ्जनका साथ नयाँ चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिस्पर्धा आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एनएनटिभी सर्टस्को भिडियो शुभारम्भ गर्दै वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले नेपाली फिल्म उद्योग र यसमा आबद्ध सम्पूर्णलाई प्रोत्साहन गर्न टेलिभिजन उपयोगी हुने भन्दै नेपाली फिल्मलाई बलियो छत्रछायाँ दिन सफल होस् भनी कामना गरे… पुरा पढौ