पोखरा, चैत १९ साहित्यकार प्रा.डा.अभी सुबेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । पोखराको प्रतिभा माविले वार्षिक रुपमा प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यस वर्ष सुबेदीलाई ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’बाट सम्मान गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, निर्देशक राजेन्द्र चापागाईं, विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीलगायतले सुबेदीलाई नगद एक लाखसहित ताम्रपत्र, खादा, माला र अवीर लगाएर सम्मान गरेका थिए । सुबेदीले ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक…
पुरा पढौ