देश

गभर्नरबारे छानबिन गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी माथि छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरिन् । उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गरिन् । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी खोटाङलाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ । रासस पुरा पढौ

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले ओरालो लागेर रु. ९४ हजार ३०० तोकिएकोे छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. ९४ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९४ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु. एक हजार १७० तोकिएको… पुरा पढौ

राप्ती हाइड्रोको आईपीओ विक्री खुला

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (बुधबार) देखि साधारण शेयर (आइपीओ) निष्कासन तथा विक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो। कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख… पुरा पढौ

हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँट

हिमालयन हाइड्रोपावरकोले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट भएको छ। कम्पनीका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार आइपीओ बाँडफाँट गरेको हो। कम्पनीले असार १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमा ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोषको लागि र ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १८ लाख… पुरा पढौ

डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ। डलरको तुलनामा सोमवार भारतीय रुपया (भारू) इतिहासकै कमजोर बनेपछि भारूसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ पनि कमजोर बनेको हो। नेपाल राष्ट्र बैंकले मंगलवारका लागि प्रतिडलर विनिमय दर १२७ रुपैयाँ ४१ पैसा तोकेको थियो। मुद्रा बजारमा १ डलरका लागि नेपालीले यति धेरै मूल्य चुकाउनु परेको यो पहिलोपटक हुनेछ। यसअघि, गत साता बुधवार डलरको मूल्य १२७ रुपैयाँ ३० पैसाको कीर्तिमानी स्तरमा पुगेको थियो। त्यसयता, केही सुस्ताएको डलरको भाउले मंगलवार नयाँ कीर्तिमान कायम… पुरा पढौ

आज २०९ औं भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक विदा

आज असार २९ गते अर्थात २०९ औं भानु जयन्ती। विविध साहित्यिक कार्यक्रम गरेर देश तथा विदेशमा आजका दिन आदिकवि भानुभक्त जन्म जयन्ती मनाइन्छ। वि.सं. १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको वि.सं. १९२५ असोज ६ गते निधन भएको थियो। भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको चुँदी रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो। नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन्। मोतिराम भट्टले उनलाई पहिलो… पुरा पढौ

एमाले अध्यक्ष ओली र सिपिसीका प्रमुख लिउबीच भेटवार्ता

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष ओली निवासमा भएको सो भेटवार्तामा दुई पक्षीय सम्बन्धकाबारेमा छलफल भएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । उनले भने, “पछिल्लो समयमा नेपालको क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा आएको बदलाबकाबारेमा पनि कुराकानी भयो, चीन नेपालसँगको पुरानो सम्बन्धलाई कायम राख्दै मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउन चाहन्छ भन्ने कुरा चिनियाँ पक्षबाट आएको छ… पुरा पढौ

‘बिर्कोमा लाको पानीमा कसरी पस्यो माकुरो…’

कैलाली । कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ । आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो । टीकापुरमा रहेको बिभोर मेडिकलमा ग्राहकले पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक सञ्जय भण्डारीले जानकारी दिए । “एकजनाले पानीको बोतल माग्नुभयो, हामिले दियौँ, बोतलको पिँधमा माकुरो देखियो”, भण्डारीले भने, “पानीको सिल प्याक बोतलमा माकुरो भेटिएपछि उत्पादक कम्पनीलाई खबर गर्दा त्यसलाई बेवास्ता गर्नुभयो र त्यसलाई स्वीकार… पुरा पढौ

विभाजनको सङ्घारमा जसपा, एकै दिन छुट्टाछुट्टै बैठक

काठमाण्डौं । विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको एकै दिन छुट्टाछुट्टै बैठक भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवपक्षको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा बसेको छ भने पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजै काठमाडौँमा भएको छ । पार्टी रूपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार विषयमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जसपा सङ्घीय परिषद् अध्यक्ष भट्टराईले राष्ट्रिय पार्टी बनाउने उद्देश्यले सामूहिक नेतृत्वको कुरा गर्दै आफूलाई नेतृत्व खोजेको आरोप लागेको गुनासो गरेका छन् । पार्टीलाई हिमाल, पहाड… पुरा पढौ

पशु हाटबजार निर्माणमा भ्रष्टाचार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका–१० जिरीखिम्ती माझगाँउमा पशुहाट निर्माणमा संलग्नले रु ४७ लाख ३७ हजार ६२९ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । आयोगले कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाई, वरिष्ठ पशु चिकित्सक पूर्जा शर्मा, किराँत याकथुम चुम्लुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशमाुर लिम्बू, व्यवस्थापक… पुरा पढौ