देश

बाल समाजसेवी प्रिन्सा काइण्डनेस क्लब मदरल्याण्डद्धारा सम्मानित

पोखरा, २२ फागुनकाइण्डनेस क्लब मदरल्याण्ड बोडिङ स्कुल पोखराको दोस्रो वर्षमा प्रदेश गरेको अवसरमा सम्मान कार्यक्रम गरेको छ । क्लबले पोखराकी समाजसेवी बालिका प्रिन्सा रेग्मीलाई सम्मान गरेको छ । सानै उमेरमा समाज सेवामा सक्रिय रेग्मीलाई क्लबले नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।कोरोना भाइरस महामारीको बेला निःशुल्क माक्स वितरण, खाद्यन्न वितरण, स्वास्थय सामग्री वितरण, कापी किताब वितरण लगाएतका विभिन्न समाज सेवाको काम गर्दै आएकी छन् ।सोही अवसरमा काइण्डनेस क्लबले प्रदान गर्ने काइण्डनेस टिचरको अवार्डबाट नुरमाया केसी सम्मानीत भइन्… पुरा पढौ

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कास्कीको अध्यक्षमा लामा

पोखरा २१ फागुन ।अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कास्कीको अध्यक्षमा सरोज लामा सर्वसम्मत रुपमा चयन भएका छन । शनिवार आयोजित संघको प्रथम भेलाले कास्कीको अध्यक्षमा सरोज लामा सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।जस अन्तर्गत संघको उपाध्यक्षमा भरत बहादुर सुवेदी, सचिवमा सविता कुमारी शर्मा र कोषाध्यक्षमा सीता अधिकारी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा जीवन तिवारी, शिव पाण्डे, वैकुण्ठ भण्डारी, बिकास भुजेल, मन बहादुर धामी र मञ्जु गौतमलाई चयन गरिएको छभने दुई जना सदस्य… पुरा पढौ

४ प्रदेशमा प्रेस चौतारीको नयाँ नेतृत्व

प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार यहाँ भएको प्रथम संयुक्त अघिवेशनले चारै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो। बागमती प्रदेशको अध्यक्षमा शरद सापकोटा, उपत्यकाको अध्यक्षतामा विष्णु आचार्य, प्रतिष्ठानको अध्यक्षमा सरोज ढुंगेल र एसोसिएट अध्यक्षमा श्रीहरि थापा निर्वाचित भएका छन्। सबै प्रदेशमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो। बागमती प्रदेशको महासचिवमा प्रकाश दाहाल, उपत्यकाका महासचिवमा धनश्याम धमला र प्रतिष्ठानको महासचिवमा भिसा काफ्ले निर्वाचित भएका छन्। अधिवेशनको नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र… पुरा पढौ

घृणाको राजनीति गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ : कांग्रेस महामन्त्री थापा

काठाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । महामन्त्री थापाले जनकपुरधाममा आज जनकपुर साहित्य महोत्सवको समापन समारोहमा राजनीतिक संवाद कार्यक्रममा आफ्ना मन्तव्य व्यक्त गर्दै कुनै देश, क्षेत्र वा समुदायप्रति घृणा गर्ने प्रवृत्तिको अन्त्य गरी साँचो अर्थमा राष्ट्र निर्माणको अभियान बढाउन आफूहरू लागेको बताए । महामन्त्री थापाले कांग्रेसको सदस्यताको घेरा फराकिलो पारिने बताउँदै भने, “कांग्रेसलाई आमजनताको पार्टी बनाउने एजेण्डा लिएर नै मैले मत पाएर… पुरा पढौ

प्रेस चौतारीको महाधिवेशनको छेको पारेर अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना

पोखरा । प्रेस चौतारी नेपालको आसन्न नवौं राष्ट्रिय महाधिवेशनको छेको पारेर पोखरामा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । महाधिवेशन अन्तगर्त प्रचार प्रसार उपसमितिको आयोजनामा शनिबार भएको छलफल कार्यक्रममा पत्रकारका विभिन्न संगठनमा क्रियाशिल कास्कीका अग्रज पत्रकार सहभागी थिए । उनीहरुले महाधिवेशनलाई सफल बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आस्था तथा जिम्मेवारीको हिसाबले फरक ठाउँमा भएपनि एजेन्डाको हिसाबले सबै पत्रकार एकैठाउँमा रहेको भनाई सहभागीको रहेको थियो ।प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले पत्रकारले आचारसंहिताको पालना गर्नुपर्ने बताइन्… पुरा पढौ

मानव अधिकार रक्षकहरुको पोखरा घोषणापत्र : आचारसंहिता निर्माणदेखि सूचनामा निर्वाध पहुँचसम्म

पोखरा, फागुन २१ मानव अधिकार रक्षकहरुले वडासम्मै मानव अधिकार संरक्षक संयन्त्र र डेस्क स्थापना गर्न माग गरेका छन्। मानव अधिकार रक्षकहरुको पोखरामा दुुई दिनसम्म चलेको गण्डकी प्रदेश स्तरीय सम्मेलनले संघ, प्रदेश, स्थानिय तहदेखि वडासम्मै मानव अधिकार संरक्षक संयन्त्र र डेस्क स्थापना गर्नेलगायतका १७ बुँदे घोषणापत्र जारी गरेको हो। शनिबार सम्पन्न सम्मेलनले मानव अधिकार रक्षकहरुको तथ्याङ्क अध्यावधिक गर्नुका साथै उनीहरुका लागि परिचय पत्रको ब्यवस्था गर्न माग गरेको छ। साथै मानव अधिकार रक्षकहरुका लागि आचार संहिता बनाउँदै त्यसको प्रभावकारी कार्यान्वयन गर्न तथा… पुरा पढौ

बागलुङ–पोखरा मगर समाजले आफ्नै भवन बनाउने

पोखरा, २१ फागुनबागलुङ–पोखरा मगर समाजको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले समाजको आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ ।भवन निर्माणका लागि समाजले हालै पोखरा महानगरपालिका वडा नं. १४, काजीपोखरीमा ८ आना जग्गा खरिद गरेको छ । समाजका सदस्यहरूबाट आर्थिक संकलन गरी सो जग्गा खरिद गरिएको समाजका अध्यक्ष गजेन्द्र थापामगरले जानकारी दिनुभयो ।साधारणसभामा समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगर, निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक रामबहादुर पुनमगर, पूर्व अध्यक्ष एवं सल्लाहकार तथा भवन निर्माण समितिका संयोजक क्या.… पुरा पढौ

मधेश प्रदेशको भ्रमणका लागि गण्डकीका मुख्यमन्त्री पोखरेल पुगे जनकपुर

जनकपुर, २१ फागुन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेश प्रदेशको भ्रमणमा निस्केको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा ३ दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा गत असोज ६ गते मधेश प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो ।प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रबद्र्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए । सांस्कृतिक… पुरा पढौ

जनता आधारभूत विद्यालयमा पक्की भवन

पोखरा २१ फागुनपोखरा १६ घुरकुनामा अवस्थित जनता आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षक जीर्ण भवनमा बसेर अध्ययन अध्यापन गराउनु पर्ने बध्यतावाट मुक्त भएका छन् ।राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय कार्यान्वयन इकाइको आर्थिक तथा प्राविधिक सहयोगमा चार कोठे पक्की भवन निर्माण भएपछि विद्यालयका शिक्षक तथा विद्यार्थीले ढुक्कसँग अध्ययन अध्यापन गर्न पाएका छन् । प्राधिकरणको ८२ लाख १८ हजार रुपैयाँको आर्थिक सहयोगमा नवनिर्मित भवन तथा शौचालयको गण्डकी प्रदेशका सासंद कृष्णबहादुर थापाले उद्घघाटन गरे । कार्यक्रममा बोल्दै उनले शैक्षिक गुणस्तर वृद्धि गर्न आधारभूत तह देखि… पुरा पढौ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ

काठमाण्डौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका हुन् । शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन् । नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र… पुरा पढौ