देश

पोखरामा हत्या गरी फरार अभियुक्त १६ वर्षपछि पक्राउ

पोखरामा हत्या गरेर फरार एक व्यक्तिलाई कास्की प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । १६ वर्षअघि हत्या गरेर फरार भएका अशोक गुरुङलाई कास्की प्रहरीले ईन्टरपोलको सहयोगमा पक्राउ गरेको हो । गुरुङले सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षिय रोजन राईको हत्या गरेको प्रहरीको आरोप छ । हत्या गरेर फरार गुरुङलाई बहराईनबाट पक्राउ गरेर पोखरा ल्याइएको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए । उनलाई मंगलबार पोखरा ल्याएर कास्की जिल्ला अदालतबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप… पुरा पढौ

पोखराका देउकाजी नेपाल ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय उपाध्यक्षमा चुनाव लड्दै

फागुण २५,पोखरा यतिबेला देशैभरका इन्जिनियरहरुलाई चुनाव लागेको छ । निर्वाचन मिति नजिकिंदै गर्दा उनीहरु आ–आफ्नों पक्षमा मत माग्न व्यस्त देखिन थालेका छन् । नेपाल ईन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचन आउँदो शुक्रबार हुँदैछ । उक्त निर्वाचनमा पोखराका ईन्जिनियर डा.देउकाजी गुरुङ्गले केन्द्रिय उपाध्यक्षमा आफ्नों उम्मेदवारी दर्ता गराएका छन् । उनले ई.डा.सुरज लामिछानेको बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनबाट चुनाव लड्न लागेका हुन् । पोखराका गुरुङ्ग थापाथलीस्थित ईन्जिनियरिङ क्याम्पसका उप–प्राध्यापक, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रिय उपाध्यक्ष, नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना… पुरा पढौ

जिल्लामा जलचर र जैविक विविधता नासिँदै

म्याग्दी । वर्षेनि आउने बाढीपहिरो र अनियन्त्रित रुपमा जथाभावि भइरहेको नदी दोहनका कारण जिल्लाका नदी तथा खोलाबाट जलचरप्राणी लोपहुँदै जान थालेका छन् भने जैविक विविधतामासमेत ह्रास आउँदै गइरहेको छ । प्राकृतिक र मानवीय कारणले जलसम्पदा नासिँदै र प्रदूषित हुँदै जानथालेपछि जलचर प्राणीको अस्तित्व नै खतरामा परेको पाइएको छ । म्याग्दी नदीबाट असला माछा, चेपागाँडा, भुरा, गङगटो आदि हराउँदै गएका छन् । जथाभावी भइरहेको नदी दोहन, फोहरमैला विर्सजन तथा बाढीपहिरोका कारण कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गा नदीबाट जलचर प्राणी नासिनुका साथै… पुरा पढौ

शहीद स्मारक फुटबलः खुमलटार विजयी

काठमाडौ । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो । खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो । जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चर्च… पुरा पढौ

सरकारद्धारा तिन रोगको निःशुल्क पिसिआर परीक्षण सुरु

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिए । उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरे । यसअघि कोरोना भाइरसको सङ्क्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ । प्रयोगशालाका प्रवक्ता राजेश गुप्ता विदेशबाट आएका लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पिसिआर परीक्षण गर्ने गरेको बताए । तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।… पुरा पढौ

एमसिसी नेपालको हितमा: नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०ले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उनले एमसिसी नेपालको हितमा रहेकाले कांग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसिसीको वकालत गरेको बताए । उनले विपक्षी दलले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताए । नेता सिंहले केही दलले एमसिसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गर्दै हिँडेकोमा आपत्ति जनाए । एमसिसीका बारेमा जनतालाई घरघरमा… पुरा पढौ

लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खट्नुः मन्त्री आले

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उनले लुम्बिनी क्षेत्रको विकासका लागि तत्काल खटिन कोषका पदाधिकारीहरुलाई आग्रह पनि गरे । मन्त्री आलेले आउँदै गरेको बुद्ध जयन्तीलाई भव्य तथा सभ्य रुपमा सफल पार्नका लागि एकजुट भएर लाग्न सबै पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन पनि दिए । मन्त्री आलेले नवनियुक्त… पुरा पढौ

नदीमा बेपत्ता भएका युवा मृत अवस्थामा फेला

गोरखा । गोरखा नगरपालिका–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका–१ का २२ वर्षीय विकास भट्टको शव बुधबार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको हो । डोजरको सह–अपरेटरको रुपमा काम गर्दै आएका उनी मंगलबार साँझदेखि बेपत्ता थिए । नदी किनारमा मृतकको लुगा, चप्पल, मोवाइल र पैसासमेत भेटिएको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए । पौडी खेल्नका लागि कपडा र पैसा किनारमा राखेर नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय… पुरा पढौ

‘मिडियामा महिलाप्रति विभेद र हिंसा’

पोखरा, नेपाल पत्रकार महासंघ कास्की शाखाले ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मिडियामा महिला कार्यक्रमको सम्पन्न गरेको छ ।महासंघको सभाहलमा आयोजित कार्यक्रममा महिलाहरुले राज्यको चौथो अंगको रुपमा रहेको मिडिया क्षेत्रमा समेत महिला प्रति विभेद तथा हिसां हुदैँ आइरहेको बताए । मिडियामा महिलाहरुको अवस्था दयनिय रहेको वक्ताहरुले बताएका छन् ।कार्यक्रमको उद्घाटन पश्चात सम्बोधन गर्दै गण्डकी प्रदेश स्वास्थ्य मन्त्री मधुमाया अधिकारीले महिलाहरु आर्थिक, राजनैतिक र सामाजिक हिसाबमा पछि पारिएको बताइन् । उनले पञ्चायत कालमा महिलाको आवाज उठाउने क्रममा जेल जाने जस्तो प्रचलन… पुरा पढौ

रोटरी लेकसाइडले विहीबार निःशुल्क मिर्गौला परीक्षण गर्ने

पोखरा, २४ फागुन । रोटरी क्लब अफ पोखरा लेकसाइडको आयोजनामा पोखरामा निःशुल्क मिर्गौला परीक्षण हुने भएको छ । विश्व मिर्गौला दिवसको अवसरमा क्लबले पोखराको मुस्ताङचोकस्थित किड्नी केयर सेन्टर निर्माणस्थलमा फागुन २६ गते बिहीबार बिहान ८ बजेदेखि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम गर्न लागेको हो । क्लबका सर्भिस चेयर एवं किड्नी केयर सेन्टरका संयोजक कृष्ण थापाले क्लबको नियमित स्वास्थ्य शिविर अन्तर्गत यस वर्ष सो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।पछिल्लो समय मिर्गौला रोगीको लागि उपचार विधि निकै महँगो हुने भएकोले यसमा सचेतना… पुरा पढौ