देश

कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना भएको बताएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै उनले जोड दिए । “देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको र कलाकै माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो ।” देशमा हाल भइरहेका विभिन्न विकृति र विसङ्गतीलाई चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा मन्त्री आलेले जोड दिए । उनले… पुरा पढौ

प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । सरकारले कार्य व्यवस्था परामर्श समितिको बैठकमा एक दिन समय मागेपछि बैठक स्थगित गरिएको हो । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना सूचना जारी गर्दै विशेष कारणले बैठक बस्न नसक्ने भएकाले अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि राखिएको जानकारी गराएका छन् । पुरा पढौ

‘एमसिसी अमेरिकी साम्राज्यवाद होइन,विकास परियोजना हो’:वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पारे । वरिष्ठ नेता पौडेलले एमसिसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गर्नुभयो । एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै… पुरा पढौ

अति आवश्यक कामबाहेकका नेपालीलाई युक्रेनबाट परराष्ट्रले बोलायो

युक्रेनमा संभावित आक्रमणले तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीहरुलाई सतर्कताका लागि आग्रह गरेको हो। मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न भन्दै अत्यावश्यक परेर त्यहाँ बस्नु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन अनुरोध गरेको छ। नेपाली दूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको… पुरा पढौ

आजै कार्यव्यवस्था परामर्श समितिको पनि बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक आज (बिहीबार) बस्दैछ। आजका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यो भन्दा अघि सभामुख सापकोटाले परामर्श समितिको बैठक बोलाएका हुन्। बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्मा छलफलका लागि पेस गर्ने कार्यसूची छ। पुरा पढौ

आज संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची छ

प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने कार्यसूची छ। संसद् सचिवालयले जारी गरेको बैठकको संभावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ। प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ। गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो। पुरा पढौ

त्रिवेणीको विकासका लागि प्रदेश सरकारको ‘विशेष प्याकेज’

त्रिवेणी (नवलपुर), ११ फागुन । माघको दोस्रो साता गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रीसहितको टिम लिएर सिंहदरबार पुगे । माघ १६ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अलपत्र आयोजनका लागि बजेट थपिदिन आग्रह गरेका उनी त्यसको भोलिपल्ट अर्थात् १७ गते ३ मन्त्रीसँग भेटघाट गरे । भेटघाटको उद्देश्य थियो, प्रदेशले प्राथमिकतमा राखेका तर अगाडि बढ्न नसकेका योजनाको गाँठो फुकाउने ।मन्त्रीमात्र होइन उनी सचिवको कार्यकक्षमा समेत पुगे । भाषणमा धेरैपटक भनिएको, नागरिकलाई धेरैपटक आश्वासन बाँडिएको दुम्कीवास त्रिवेणी सडक खण्डको ट्रयाक अब जसरी पनि… पुरा पढौ

सूचनाको हक अस्पतालदेखि आमा समूहसम्म लागु हुने

पोखरा, फागुन ११ गण्डकी प्रदेशमा नीजि क्षेत्रहरुमा पनि सूचनाको हक लागु हुने भएको छ । गण्डकी प्रदेशले ल्याउन लागेको ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नीजि संघसंस्थाहरुमा पनि सूचनाको हक लागु हुने प्रावधान राखिएको हो । यसअघी सार्वजनिक निकायमा मात्रै सूचनाको हक लागु हुने गरेको थियो । गण्डकी प्रदेशको कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले आगामी गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशनमा पेश गर्ने तयारी गरेर विधेयकको मस्यौदा बनाएको छ । मस्यौदामा मन्त्रालयले बुधबार… पुरा पढौ

तमानखोला थुनेर बहुउद्देश्यीय परियोजना

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले तमानखोला थुनेर बहुउद्देश्यीय परियोजना सञ्चालन गर्ने भएको छ । तमानखोला –३ तमान गाउँलाई पर्यटकीय गन्तव्य बनाउन र विद्युत् उत्पादन गर्नका लागि जलाशययुक्त परियोजना अगाडि बढाइएको हो । सो गाउँको फेदमा ड्याम निर्माण गरी तमानखोलालाई थुनेर ‘मिनी जलाशययुक्त बहुउद्देश्य हाइड्रोपावर’ निमार्णका लागि गाउँपालिकाले अध्ययन थालेको छ । गाउँपालिकाको गौरवको परियोजनाका रुपमा रहेको यो योजना निर्माण सुरु गरेको तीन वर्षमा सक्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । परियोजना सरकार, निजी क्षेत्र र… पुरा पढौ

सञ्चालकद्वारा सहकारीका ६ करोड हिनामिना

काठमाडौँको पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ । उनीहरुले भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । रकम दुरुपयोग तथा हिनामिना गर्नेमा सहकारीका अध्यक्ष काठमाडौँ महानगरपालिका–३० बस्ने वर्ष ४२ का सुरज बस्नेत र उपाध्यक्ष काठमाडौँ–१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ… पुरा पढौ