देश

सुनको मूल्य प्रतितोला रु ९७ हजार

काठमाडौँ। सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु. ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ५०० तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला रु. ९१ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार ३१५ पुगेको… पुरा पढौ

स्थानीय तह निर्वाचनका लागि १० राजनीतिक दल दर्ता

काठमाण्डौं । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि १० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । आयोगका अनुसार जनमत पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी दर्ता भएका हुन् । नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनअनुरूप आयोगमा नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी नेपाल र समावेशी लोकतान्त्रिक पार्टीसहित आयोगमा हालसम्म… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका हुन् । ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै प्रधानमन्त्री देउवाले क्यानडाविरुद्ध आठ विकेटको जीत निकाल्दै ‘टी–२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका हुन् । प्रधानमन्त्री देउवाले ट्विट गर्दै भनेका छन्, “क्यानाडाविरुद्ध जीत निकाल्दै टी– विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल… पुरा पढौ

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेकी छन् । ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई हार्दिक बधाई दिएकी हुन् । राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन्, “ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा… पुरा पढौ

यातायात, सामुदायिक वन, सामुदायिक विद्यालय लगायतमापनि सूचना माग्न पाउने कानून आउँदै

पोखरा, फागुन ९ गण्डकी प्रदेश सभाको आगामी अधिवेशनमा चार विधेयक पेश हुने भएको छ । अब शुरु हुने हिउँदे अधिवेशनमा चार विधेयक पेश गर्ने तयारी भएको हो । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अब केहि दिनमा आह्वान हुँदैछ । तर कहिले शुरु हुने भन्ने टुंगो लागेको छैन । हिउँदे अधिवेशन आह्वान हुनुपर्ने भएपनि सरकारले प्रदेश प्रमुख समक्ष मिति सिफारिस नगरेका कारण अधिवेशनको टुंगो लाग्न नसकेको हो । आगामी अधिवेशनमा प्रदेश सरकारको तर्फबाट कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले प्रदेश… पुरा पढौ

भोलिदेखि फेवातालको पानीको सतह घटाइने

पोखरा, फागुन ९ नेपालकै प्रमुख पर्यटकीय केन्द्र पोखराको फेवातालको पानीको सतह घटाइने भएको छ । फेवातालको निकासका लागि बनाइएको कल्भर्ट फराकिलो बनाउन फेवातालको पानीको सतह करीब ३ महिना घटाउने तयारी गरिएको हो । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीले पोखरा–१७ विरौटाचोकमा रहेको नहरको कल्भर्ट फराकिलो बनाउनका लागि फागुन १० गते मंगलबारदेखि आगामी २०७९ साल बैशाख ३० गतेसम्म फेवातालको पानी घटाउन लागेको जनाएको छ । कार्यालय प्रमुख ई.किरण आचार्यले कल्भर्ट फराकिलो बनाउन सडक डिभिजन कार्यालय पोखराले कल्भर्ट फराकिलो बनाउनका लागि… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.१५ अङ्कले उकालो लागेर ५१८.७९ मा पुगेको छ । नेप्सेमा दोहोरो अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य बढेको छैन । कूल २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर रु. दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार… पुरा पढौ

एक हजार ३३८ जना सङ्क्रमणमुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् । ४९० संस्थागत आइसोलेशनमा छन् । उनीहरूमध्ये १३६ जनाको आइसीयु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस अवधिमा थप २६२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ… पुरा पढौ

एमसिसी अनुमोदन नेपालको सार्वभौम निर्णय हो : अमेरिका

काठमाण्डौं । संयुक्त राज्य अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुदान नेपाल र नेपालीका निम्ति अमेरिकी जनताको उपहार भएको स्पष्ट गर्दै त्यसलाई अनुमोदन गर्नेनगर्ने नेपालको सार्वभौम निर्णय हो भनेको छ । स्थित अमेरिकी राजदूतावासले शनिबार राति एक विज्ञप्ति जारी गर्दै अमेरिका र नेपालबीचको साझेदारीको प्रतीक एमसिसीले नेपालमा रोजगारी र विकासका पूर्वाधार निर्माण गर्ने बताएको छ । नेपालको अर्थतन्त्रको विकास गर्दै गरिबी घटाउन परियोजना नेपाल सरकारकै अनुरोधमा तयार गरिएको पनि अमेरिकाले स्पष्ट गरेको छ । “यो वर्ष नेपाल र… पुरा पढौ

पोखरामा रेवान भेट्रान्स टेनिस प्रतियोगिता शुरु

फागुण ८,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आइतबारदेखि रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ । प्रतियोगिता अन्तर्गत नवप्रवेशी भेट्रान्सतर्फ भिष्मराज पौडेल, रविन गुरुङ्ग, दुर्गा सुनार र राजेश गुरुङ्ग सेमिफाइनलमा प्रवेश गरेका छन् । रविन गुरुङ्गले विष्णु थापालाई प्रतिस्पर्धात्मक खेलमा २–६, ७–६ र सुपरटाईमा ११–९ ले पराजित गरे । त्यस्तै दुर्गा सुनारले सुजन तिवारीलाई ६–१, ६–२ ले तथा राजेश गुरुङ्गले निर्मल सिल्पकारलाई ६–०, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।… पुरा पढौ