नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिका वडा नम्बर २९ को वडाध्यक्षमा रामजी पौडेललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र पोखरा २९ को पूर्ण बैठकले उम्मेदवार छान्न सचिवालयलाई जिम्मा दिएको थियो । सोहि अनुसार सचिवालयले पौडेललाई अध्यक्षको उम्मेदवार बनाउन महानगर कमिटीलाई सिफारिस गरेको सचिव विधान देउजाले जानकारी दिए । त्यस्तै, वडा सदस्यमा खुल्लामा धनबहादुर विक र मोहनसिंह गुरुङ, महिला सदस्यमा कल्पना गुरुङ, दलित महिला सदस्यमा सरव्ती परियार र अञ्जु परियारलाई उम्मेदवार बनाउन सिफारिस गरेको देउजाले जानकारी दिए ।
पुरा पढौ