देश

राष्ट्रपतिद्वारा १२ जनाको सजाय माफी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गरेकी छन् । नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आङनिमा शेर्पासमेतका १२ जनाको सजाय माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस पुरा पढौ

विश्व कप क्रिकेट छनौट : आयोजक ओमानलाई हराउँदै नेपालको बिजयी शुरुवात

आइसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले सुखद सुरुवात गरेको छ । ओमानको अलअमिरात मैदानमा आज भएको खेलमा नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गर्दै बिजयी भएको हो । बलरहरु चम्किदा नेपाल पहिलो खेलमा जित हात पार्न सफल भयो । नेपालका लागि कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २÷२, अविनाश बोहरा र जितेन्द्र मुखियाले १र१ विकेट लिए । आयोजक ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो व्याटिङ गर्दै निर्धारित २० ओभरमा… पुरा पढौ

बीस गोही राप्तीमा छाडियो

चितवन। चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक संस्थाले मात्र सम्भव नभएकाले सबैको संयुक्त प्रयास आवश्यक रहेको बताए। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलगायतले सबैको साथ र… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु ४००ले वृद्धि

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेर रु. ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९६ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार कायम भएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु. ९५ हजार ६०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले वृद्धि भएर रु. एक हजार… पुरा पढौ

सीता परियार दलित समुदायबाटै पहिलो महिला सीडीओ

दलित समुदायबाट सीता परियार पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन्। नेपाल सरकारको राजपत्रांकित द्धितिय श्रेणी उपसचिव सरहकी परियारलाई गृहमन्त्रायले हुम्ला जिल्लाको सीडीओ खटाएको हो। भक्तपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी परियारलाई बिहीवार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गर्दै हुम्ला जिल्लाको जिम्मेवारी दिएका हुन। पुरा पढौ

मन्त्री खतिवडा र बेलायती राजदूत पोलिट भेट, २१ लाख मात्रा खोप हस्तान्तरण

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २०० वर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड–१९ महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे । “विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्धको यो लडाइँमा बेलायत सरकारले भेन्टिलेटर, भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री सहयोगस्वरूप प्रदान गरेकामा बेलयाती सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु”, मन्त्री खतिवडाले भने । नेपालको पूर्वाधार विकास,… पुरा पढौ

सत्ता गठबन्धनका पाँच दलको बैठक निष्कर्ष विहिन, भोलि फेरि बैठक बस्ने

काठमाण्डौं । सत्ता गठबन्धनका पाँच दलको बैठक निष्कर्ष विहिन टुङ्गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ३ घण्टा चलेको बैठकमा नेताहरुले एमसीसीका विषयमा आफ्नो अडान कायमै राखेका कारण निष्कर्षमा पुग्न नसकेको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘आज झन्डै तीन घण्टा चलेको बैठकमा नेताहरूको एमसीसीका बारेमा आ–आफ्ना धारणा राख्नुभएको छ । बैठकमा कुनै निष्कर्ष ननिस्किए पनि गठबन्धन बचाउनुपर्छ भन्नेमा सबैले जोड दिनुभएको छ’, मल्लले भने । गठबन्धनका शीर्ष नेताहरूको अर्काे बैठक भोलि शुक्रवार बिहान ९ बजेका… पुरा पढौ

चैते धानको बिक्री गर्ने जिम्मा सरकारले लिनैपर्छः मन्त्री बराल

नवलपुर ५, फागुन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले किसानले उत्पादन गरेको चैते धान बिक्रिको जिम्मा सरकारले लिनु पर्ने बताएका छन् । प्रदेशको अर्थ मन्त्रालयले विहीबार नवलपुरको कावासोतीमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले यस्तो बताएका हुन् । छलफलको क्रममा नवलपुरमा किसानले उत्पादन गरेको चैते धान बिक्रि गर्ने मुख्य समस्या भएको कुरा सार्वजनिक भएसंगै मन्त्री बरालले किसानले दुःख, सुख गरेर उत्पादन गरेको धानको बिक्रि वितरण गर्ने जिम्मा सरकारले… पुरा पढौ

कांग्रेस केन्द्रिय सदस्य गुरु बराल भन्छन् : एमसिसी राष्ट्र हितमा छ

पोखरा फागुन ५ । नेपाली काग्रेसका केन्द्रिय सदस्य गुरु बरालले एमसिसि र विआर आई जस्ता बैदेशिक सहयोग राष्ट्र हितमा रहेको बताएका छन । एमसिसि सहयोग नेपालले लिन असयोग गरेमा नेपालमा उत्पादन गरेको विद्युत अबको पाँच बर्षमा खोलामा फाल्नु पर्ने अवस्था आउन्न सक्ने कुराको संकेत गर्दै बरालले नेपाल जस्तो विकास उन्मुख राष्ट्रले एमसिसि सहयोग लिनु पर्ने कुरामा जोड दिए । नेपाली काग्रेस पोखरा महानगर पालिका ६ ले बुधबार अयोजना गरेको चार नम्बर टोल कार्यसमिति गठन सहिति जेष्ठ नागरिक सम्मान कार्यक्रमको उद्घाटनमा… पुरा पढौ

फागुन ७ गते पोखरामा राप्रपाको आमसभा, अध्यक्ष लिंग्देनसहितको शीर्ष नेताहरुले सम्बोधन गर्ने

पोखरा, फागुन ५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरामा बृहद आमसभा गर्ने भएको छ । राप्रपा कास्कीको आयोजनामा पोखरामा यहि फागुन ७ गते शनिबार बृहद आमसभा हुने भएको हो । पोखराको चिप्लेढुंगामा बृहद आमसभा गर्ने तयारी गरेको राप्रपा कास्कीले विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । बृहद आमसभा अघि पोखराको पृथ्वीचोकबाट ¥याली निकालिने राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । पृथ्वीचोकबाट निस्केको ¥याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगा मानवअधिकार चोकमा आएर आमसभामा परिणत हुने उनले जानकारी दिए । पोखरामा हुने आमसभालाई… पुरा पढौ