देश

कांग्रेस केन्द्रीय समितिको बैठक जारी

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । शुक्रबार प्रारम्भ भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको… पुरा पढौ

‘गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्छ’ : माधव नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहको निर्वाचनमा सत्ता गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्ने बताएका छन् । आज आयोजित महिला सङ्गठनको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताका कारण लामो सङ्घर्षबाट प्राप्त राजनीतिक व्यवस्था र संविधानको रक्षा भएकाले आगामी निर्वाचनमा देशभर गठबन्धनका साँझा उम्मेदवार तय हुने विश्वास व्यक्त गरे । विदेशीहरूको दलाली गर्ने पार्टीसँग आफूहरूको कुनै पनि हालतमा तालेमेल नगर्ने बताउँदै उनले देश र जनताप्रति घात गरेकाले उनीहरूलाई चुनावमा जनताले दण्डित गर्ने… पुरा पढौ

सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ :अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरु एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गरे। दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै उनले भने “सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्यो रु के संविधानसभा हुन्थ्यो रु के संविधान जारी हुन्थ्यो रु” गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रुपमा भन्ने गरेको स्मरण गर्दै… पुरा पढौ

आयोगको पारदर्शिता बलियो बनाउनुपर्छ :प्रदेश प्रमुख गुरुङ

कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिकोत्सव समारोहको आज पोखरामा उद्घाटन गर्दै उनले आयोगले आफूले अवलम्बन गरेको योग्यता, निष्पक्षता र स्वच्छताका मूल्य मान्यताको आधारमा प्रतिस्पर्धात्मक परीक्षा पद्धतिको माध्यमबाट योग्यतम व्यक्तिको छनोट हुन्छ भन्ने विश्वास नागरिकमा दिलाएको बताए । उक्त विश्वासमा अझै उचाइ थप्न गण्डकी प्रदेश लोकसेवा आयोग सफल हुने उनले विश्वास व्यक्त गरे । स्थानीय सार्वजनिक प्रशासनलाई सक्षम र सुदृढ… पुरा पढौ

तातोपानी भन्सार नाकाबाट २३२ मेट्रिक टन रासायनिक मल नेपाल भित्रियो

रसुवा । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो । बोलपत्र पाएपछि छ महिनाअघि… पुरा पढौ

एमाले बैठक सम्पन्न

काठमाण्डौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक आशन्न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिँदै आज सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकोे राजनीतिक प्रतिवेदन छलफलसहित पारित गरेको छ भने विभिन्न ११ बँुदे कार्यसूचीमा निर्णय गरेको छ । सबै कार्यसूची सर्वसम्मतिले पारित गर्दै एकै लय तालका साथ जनताको घरदैलोमा जान र उनीहरुका समस्या बुझ्न बैठकले मातहतका कमिटीलाई निर्देशन दिएको छ । बैठकको समापनका अवसरमा अध्यक्ष ओलीले आशन्न… पुरा पढौ

क्रिकेट रङ्गशाला निर्माण सरकारको दायित्व : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला सरकारको दायित्वभित्र आउन लागेको बताएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आजदेखि यहाँ सुरु गरेको दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताए। उनले भने, “अब रङ्गशाला सरकार र राज्यको दायित्वभित्र जाँदैछ । मैले आफ्नो ठाउँबाट अघि बढाउनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” धुर्मुश–सुन्तली फाउण्डेशन पछि हटेपछि रङ्गशालाको काम… पुरा पढौ

स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छापिने

काठमाण्डौंं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि दुई करोड थान मतपत्र छपाइ गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता नामावलीमा सूचीकृत भएका करिब एक करोड ७७ लाख मतदाताका लागि सो सङ्ख्यामा मतपत्र छपाइ गरिने जानकारी दिए । “आयोगले यही चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मतपत्रको छपाइ सुरु हुन्छ, मतदाता सङ्ख्याको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्छ”, उनले भने , “विभिन्न जोखिम मध्यनजर गरेर मतदाताको सङ्ख्याभन्दा बढी मतपत्र छाप्नुपर्ने अवस्था देखिएको हो… पुरा पढौ

अटेरी अभियन्ता र विद्यार्थीबीच नदीपुरमा अन्र्तक्रिया

पोखरा । अटेरी अभियन्ता र विद्यार्थीबिच पोखरामा अन्र्तक्रिया भएको छ । बिहीबार विभिन्न तहका विद्यार्थी र अटेरी अभियन्ताबिच नदीपुरमा अन्र्तक्रिया गरिएको हो ।गुणस्तरिय शिक्षाका लागि कस्तो खाले योजना बनाउन सकिन्छ ? विद्यार्थीहरुले चाहेको शिक्षा कस्तो ? भन्ने विषयमा छलफलका लागि अभियन्ताहरु विद्यार्थी कहाँ पुगेका हुन् । ‘विभिन्न तहका विद्यार्थीबिच हामीले अन्र्तक्रिया ग¥यौं । हामीले तयार पारेको शिक्षाको अवधारणा र विद्यार्थीले चाहेको शिक्षा कस्तो ? भन्ने विषयमा हामीले छलफल ग¥यौं,’ अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले भने ।छलफलमा २ सय बढी… पुरा पढौ

पोखरा म्याराथन अन्तर्गत चैत १२ गते हुने दौडको सम्पुर्ण तयारी पुरा

पोखरा । ‘१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत यहि चैत्र १२ गते शनिवार हुने बाँकी इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले पोखरा म्याराथन अन्तर्गत चैत्र १२ गते हुने बाँकी ६ वटा विभिन्न इभेन्टहरुको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । यहि चैत्र १२ गते शनिबार १० किमि महिला÷पुरुष खुला दौड, विद्यालयस्तरिय ५ किमि छात्र÷छात्रा दौड, ह्विल चियर महिला÷पुरुष दौड र दृष्टिविहिन महिला÷पुरुष दौडको सम्पुर्ण तयारी पुरा भएको मञ्चका अधयक्ष… पुरा पढौ