देश

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरिन् । साथै उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गरे । आफ्नो प्रतिनिधिमण्डलका उच्च अधिकारीहरूसहित राष्ट्रपति भवन, शीतल निवास पुग्नुभएका चिनियाँ विशिष्ट पाहुनालाई राष्ट्रपति… पुरा पढौ

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड(बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ । नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीमार्फत चीन सरकारलाई आग्रह गरेको हो । नेपालको त्रिदिवसीय भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको शिष्टाचार… पुरा पढौ

सर्लाहीमा बस दुर्घटनामा चारको मृत्यु

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको उनले जानकारी दिए । घाइतेको लालबन्दी, नवलपुर… पुरा पढौ

आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : अध्यक्ष नेपाल

गुल्मी । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताएका छन् । गुल्मीमा आज एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरु कलम चिह्न लिएर अघि बढेको उल्लेख गरे । गुल्मीको सन्दर्भमा उनले एमालेबाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिए । रासस पुरा पढौ

प्रधानमन्त्री देउवासँग चिनियाँ परराष्ट्रमन्त्री वाङको भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ एक घण्टा भएको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिए । भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उनले बताए । चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत… पुरा पढौ

नेपाल विकास समाज लेखनाथमा मधुमेह बारे सचेतना जगाउँदै

पोखरा, चैत १२ नेपाल विकास समाजले साविक लेखनाथमा मधुमेह रोगबारे सचेतना जगाउँदै आएको छ । गैरराजनीतिक र गैरनाफामूलक संस्था नेपाल विकास समाजले साविक लेखनाथ नगरपालिका र हालको पोखरा महानगरपालिका वडा नम्बर २६ देखि ३३ सम्मका वडाहरुमा मधुमेह रोगबारे सचेतना जगाउने काम गरिरहेको हो । समाजले मधुमेह के हो र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा स्थानियको घर÷गाउँमै पुगेर सचेतना जगाउने गरेको समाजका कार्यक्रम संयोजक पवित्रमणी सोतीले जानकारी दिए । उनका अनुसार मधुमेह तीन फरक उमेर समूहलाई हुने गर्छ । वंशाणुगत मधुमेह… पुरा पढौ

पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने भएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई हस्तान्तरण… पुरा पढौ

नेपालले पाहुना टोली पपुवा न्युगिनीसँग दोस्रो टेस्ट खेल्दै

नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज (शनिबार) पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा बिहान ९ः३० बजे पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ। नेपाल आज पपुवा न्युगिनी –पीएनजी) लाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ। पहिलो खेल गुमाएको कारण नेपाललाई दोस्रो खेलमा दबाब थपिएको छ। सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाब छ। पपुवा न्युगिनी (पीएनजी) पनि नेपाललाई हराएर सिरिज कब्जा गर्न चाहन्छ। एकदिवसीय र त्रिदेशीय टी–२० सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो। मैदान टियु… पुरा पढौ

राष्ट्रिय भलिबलः गण्डकी प्रदेश सेमिफाइनमै रोकियो

गण्डकी प्रदेश धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमै रोकिएको छ।सेमिफाइनलमा पुलिस बाधक बनेसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।क्वाटरफाइनलमा बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सोझो सेटमा हराएर हौसिएको गण्डकी सेमिफाइनलमा विभागीय पुलिससँग २–३ को प्रतिस्पर्धात्मक सेटमा स्तब्ध बन्यो।शुक्रबार बिहान भएको दोस्रो सेमिफानल खेलमा गण्डकी पुलिससँग १६–२५,१९–२५, २५–२२, २५–२३ र १२–१५ ले स्तब्ध बन्यो। उक्त खेलको ‘म्यान अफ द म्याच’ पनि पुलिसकै रविन चन्द बने।प्रतियोगिताको उपाधिका लागि भने २ विभागीय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्नेछ। फाइनल… पुरा पढौ

गण्डकी प्रदेशले उपाधि जित्यो

गण्डकी प्रदेशले मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि उचालेको हो। गण्डकीले उपाधिसँगै २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको हो। उपविजेता कर्णाली प्रदेशले १ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा जित्यो। फाइनल खेलका लागि टस जितेर ब्याटिङ रोजेको कर्णाली प्रदेशले गण्डकी सामु निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनको लक्ष्य प्रस्तुत गरेको… पुरा पढौ