देश

बैतडीमा जीप दुर्घटना हुँदा ४ को मृत्यु

बैतडी । बैतडीमा सोमबार साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । मृतक… पुरा पढौ

पहारीद्वारा बुवा आमाको नाममा अक्षयकोष स्थापना

पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी श्री कृष्ण पहारी र उनकी धर्म पत्नी सरु पहारीले आफ्ना बुवा रामजीप्रसाद पहारी र आमा देवी पहारीको नाममा अक्षय कोष स्थापना गरेका छन । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीहरुको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ पोखरा ६ बैदाम निवासी पहारी दम्पतीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको कोष स्थापना गरेका हुन् । पहारीले आइतबार एक कार्यक्रमको आयोजना गरी बुवा रामजीप्रसाद… पुरा पढौ

महिला हिंसा न्यूनिकरण सम्बन्धि कानून बनाउँछौ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले महिला हिंसा न्यूनिकरण सम्बन्धि कानून निर्माण बनाउन तर्फ आफु अग्रसर रहेको बताएका छन् । सोमबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले महिला हिंसा घटनाका विषयमा समाजमा उठेका विभिन्न विषयलाई आत्मसात् गर्दै कानून निर्माण गर्ने प्रक्रियामा गण्डकी सरकार लागि परेको उल्लेख गरेका हुन् ।उहाँले शिक्षा नै महिला हिंसा न्यूनिकरणको आधार भएको बताए । ‘शिक्षा नै… पुरा पढौ

पर्वतको फलेवास नगरपालिकामा नेकपा ‘एस’को नगर कमिटि अध्यक्षमा लम्साल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी फलेवास नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले कृष्ण लम्साल अध्यक्ष र बिष्णु रिजाल सचिब रहेको ४३ सदस्यीय नगर कमिटि घोषणा गरेको छ । भेलाको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादी स्थायी कमिटिका सदस्य तथा गण्डकी प्रदशे अध्यक्ष रामजी शर्माले दक्षिणपन्थी र निरंकुशताका बिरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले कम्युनिष्ट पार्टीलाई श्रमजीविको पार्टी बनाउन र समाजवादको लक्ष्य हाँसिल गर्नका लागि एकिकृत समाजवादीमा आवद्ध हुन समेत आग्रह गरे कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका… पुरा पढौ

एघारौं पोखरा महोत्सव पुष २८ देखि माघ ९ सम्म, ४१ उपसमिति गठन

एघारौ पोखरा महोत्सव आगामी पुषको २८ देखी माघको ९ गते सम्म हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागी विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । कोभिड १९ का अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन ।सोमबार बसेको क्लवको बैठकले युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति संयोजक रहने गरि ४१ वटा उपसमितिहरु गठन गरेको छ । जस अन्तर्गत कार्य सम्पादन उपसमिति… पुरा पढौ

आफैले बोकेको बन्दुक अचानक पड्किदा एकको मृत्यू

आफैले बोकेको बन्दुक पड्केर एक जनाको मृत्यू भएको छ । आफैले बोकेको बन्दुक पड्केर लाग्दा तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नम्बर १ थप्रेकस्थित ओखल्दीका १७ वर्षिय रोहित मल्लको आईतबार मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार रोहित र उनका छिमेकी ४७ वर्षिय सुनबहादुर गुरुङ घरदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको तुरतुरे पाखामा शिकार खेल्न गएका थिए । शिकार खेल्न जाँदै गर्दा आईतबार साँझ करीब ७ः३० बजेको समयमा अचानक आफैले बोकेको सिलिङसहितको एकनाले भरुवा बन्दुक पड्केर… पुरा पढौ

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

काठमाडौँ । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण देखिएको छैन । स्वास्थ्य सचिव डा पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरे । यसअघि भारतमा… पुरा पढौ

‘ओमिक्रोन’ बाट बच्न आवश्यक तयारी थाल्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासहित सिंहदरवारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो। भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवत–जावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवत–जावतको व्यवस्था… पुरा पढौ

सुन तोलाको ९२ हजार

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु. ७०० ले बढेको हो । पाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु.९० हजार ८०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १०… पुरा पढौ

राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित, कमल थापाले दिए बधाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। लिङ्देनले कमल थापालाई २ सय २७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। लिङ्देनले १ हजार ८ सय ४४ मत ल्याउँदा पराजित थापाले १ हजार ६ सय १७ मत ल्याएका छन्। ४ सय ३१ मत बदर भएको थियो। राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८ सय ७३ मत खसेको थियो । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर… पुरा पढौ