देश

प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस,अर्को बैठक २२ गते बस्ने

काठमाडौ प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन् । बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का सांसदहरुले गर्नुभएको विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो । एमालेले संसद्को चालु अधिवेशनदेखि विरोध र नाराबाजीका साथ ‘वेल’ घेराउ गर्दै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।… पुरा पढौ

प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारका लागि ५० हजार दिने

कास्की । गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् । योसँगै गण्डकी प्रदेशका महिलाहरुले स्त्री प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा ५० हजार सहुलियत पाउने पाएका छन् । नेपाल सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँले खर्च भईसकेपछि गण्डकी प्रदेशका महिलाहरुले यो सुविधा लिन पाउने डा. .देजकुमार… पुरा पढौ

नागरिक समाज पोखराले दीलिपराज श्रेष्ठलाई सम्मान गर्ने

पोखरा, फागुन १८ नागरिक समाज पोखराले सञ्चालन गर्दै आएको ‘ ललित गौचन स्मृति समाजसेवा सम्मान’ यस वर्ष बाबा फाउण्डेसनका सञ्चालक दीलिपराज श्रेष्ठलाई अर्पण गरिने भएको छ । समाजको हालै बसेको बैठकले श्रेष्ठलाई सम्मान अर्पण गर्ने निर्णय गरेको हो । श्रेष्ठ बाबा फउण्डेसनका संस्थापक हुन् भने बाबा हार्डवेयरका सञ्चालक हुन् । उनले बाबा फाउण्डेसनमार्फत वातावरण संरक्षण, कमजोर अवस्थाका बालबालिकाको शिक्षा दीक्षा, ट्राफिक ब्यबस्थापनलगायतका क्षेत्रमा योगदान दिदै आएका छन् । समाजसेवी ललित गौचनको स्मृतिमा उनको परिवारद्वारा स्थापित उक्त सम्मान नागरिक समाज पोखराले… पुरा पढौ

पोखरामा फेरि बर्डफ्लु पुष्टि

पोखरा । पोखरामा एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ । पोखराका वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । ६ गते पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्ममा कुखुरा मरेपछि त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याएका थिए । त्यहाँको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाईएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो । खुसीमानसँगै पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि… पुरा पढौ

बसपार्क निर्माणमा अनियमितता:उपमेयरसहित प्राविधिक निलम्बित

पोखरा । बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको भन्दै बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्का निलम्बनमा परेका छन् । बसपार्क निर्माणमा फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वभाविक रुपमा परिवर्तन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् । अनुगमन समिति प्रमुखसमेत रहेका उप–प्रमुख खड्का, बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसी, इञ्जिनियर मनोज शर्मा, सव– इञ्जिनियर घनश्याम रिजाल, बागलुङ बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनिधि शर्माबिरुद्ध मुद्धा दायर… पुरा पढौ

वीरेन्द्रनगरमा निषेधाज्ञा हटाइयो

सुर्खेत । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको निषेधाज्ञाको सट्टा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । साँझ ७ बजेदेखि लागू हुने गरी वीरेन्द्रनगरका हटिलाइन, हटियचोक, मङ्गलगढी चोक र एरिचोकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । ती क्षेत्रमा पाँच जनाभन्दा… पुरा पढौ

एमसिसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न अध्यक्ष ओलीको आग्रह

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ । एमालेले एमसिसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमसिसीको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै विदेशी सहायताको सम्झौता गर्नु अगाडि यथेष्ट ध्यान दिनुपर्नेमा सम्झौता नै गरिसकेपछि यसको कार्यान्वयनमा लाग्नुपर्ने बताएको हो । सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसीलाई विकास परियोजनाका रुपमा लिनुपर्ने बताउँदै यसमा मतभेद,… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

काठमाण्डौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गर्नु भई विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् । उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी थिइन् । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्दा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक… पुरा पढौ

बजेट अभावले कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्रको काम अलपत्र

बागलुङ । दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्र बजेट अभावमा रोकिएको छ ।बागलुङको मालढुङ्गादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्म ४८ किमी खण्डको वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको तर बजेट अभावमा अलपत्र परेको हो । करिडोर सडक आयोजना कार्यालयका अनुसार काम सबै सकिए पनि योजना आयोग र अर्थमन्त्रालयले बजेटको व्यवस्था नगरेका कारण काम रोकिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहुवर्षे आयोजनका रुपमा छिस्तीको अदुवाबारीदेखि बागलुङको बलेवा विमानस्थलसम्म २० किलोमिटर खण्ड कालोपत्रका लागि… पुरा पढौ

लेकसाईड गौरीघाटमा बन्यो ‘धार्मिक योग पार्क’

पोखरा फागुन १७ पोखरा महानगर पालिका र स्थानियहरुको सहयोगमा पोखरा महानगर पालिका वडा नं– ६को गौरीघाट स्थितमा निर्माण भएको धार्मिक योग पार्कको मंगलबार उदघाटन भएको छ । पार्कको उद्घाटन पोखरा महानगर पालिकाकी उप.मेयर मन्जुदेवी गुरुङले गरेकी छन । महाशिबरात्री पर्वको अबसर पारेर पार्क सगै रहेको सर्वेश्वर शिव मन्दिरको समेत जिणोद्धार गरिएको छ ।उद्घाटनपछि सम्वोधन गर्दै उपमेयर गुरुङले महानगर पालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको जानकारी दिइन । धार्मिक पार्क पनि त्यहीमध्येको… पुरा पढौ