काठमाण्डौं । नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन, एमसिसीसम्बन्धी सम्झौतालाई संसद्बाट पारित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्झौता सङ्घीय संसद्, प्रतिनिधिसभाबाट अनुमोदन गराउन आवश्यक सहज वातावरण निर्माण गरी सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको हो । यसका लागि सहज वातावरण बनाइदिने सरकारमा सहभागी तथा गठबन्धनमा आबद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दललगायतका अन्य राजनीतिक दल, सभामुख र प्रतिनिधिसभाका सदस्यहरु सबैलाई आजको मन्त्रिपरिषद्को बैठकले धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए…
पुरा पढौ