देश

प्रतितोला रु १००ले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. १००ले बढेर रु. ९२ हजार ६०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला रु. ९२ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार २५५ कायम भएको महासङ्घले… पुरा पढौ

चन्द्रागिरि नगरपालिकाद्वारा आफ्नै नयाँ कलात्मक भवनबाट सेवा शुभारम्भ

काठमाडौँ जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको ‘चन्द्रागिरि नगरपालिका’ले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको छ । उपत्यकाको मौलिक, सांस्कृतिक एवम् कलात्मक आँखि झ्याल शैलीमा नवनिर्मित छ तलाको सोही भवनबाट अब नगरको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह हुने छ । भवनबाट पशु सेवा कार्यालय बाहेक अन्य सेवा नगरवासीले एकीकृत रुपमा पाउने छन् । यस अघि नै पशु सेवा कार्यालयको भवन रु. १ करोड ५७ लाख लागतमा सम्पन्न भइसकेको जनाइएको छ । चन्द्रागिरि– १२ गुर्जुधारामा रहेको सात रोपनी जमिन मध्ये तीन रोपनीमा… पुरा पढौ

साना बामपन्थी दलको एउटै स्वर: ‘रिजेक्ट एमसीसी’

साना बामपन्थी दलले भोली (मंगलबार) देखि अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आन्दोलन चर्काउने भएका छन्। विरोधका कार्यक्रम अन्तर्गत भोली २५ माघमा देशैभरी संयुक्त कोणसभा गर्न लागेको साना बामपन्थी दलले बताएको छ। त्यस्तै, माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरबाट जुलुससहित संसद् भवनअगाडी विरोध प्रदर्शन र देशैभरी सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय लिएका छन्। ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनता माथिको निर्मम प्रहार र दुस्साहस… पुरा पढौ

मयूर बहुउद्देश्यीय सहकारीको कारोबार शुभारम्भ, ४० युनिट रगत संकलन

पोखरा, २३ माघ । पोखराको जिरो किमीमा मयूर बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय शुभारम्भ भएको छ । श्रीपञ्चमीका दिन सहकारीको शुभारम्भका अवसरमा संस्था र अभियान युवा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न समेत गरिएको छ । सहकारीको शुभारम्भ तथा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले सहकारीले शुभारम्भ रक्तदानमार्फत गरेकोमा प्रशंसा व्यक्त गरेका थिए । सहकारीले साना व्यवसायीलाई पनि समेट्दै उद्योगीलाई माथी उकास्न मद्दत गर्नुपर्ने बताए । साथै रक्तदान जस्तो पुण्य कार्य गरेकोमा… पुरा पढौ

पोखरा म्याराथनलाई एनटिएचएमसी र कुमुदिनीद्वारा थप पुरस्कारको घोषणा

पोखरा। आसन्न १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) र कुमुदिनी होम्स मावीले थप पुरस्कार राशीको घोषणा गरेका छन् । पोखरा १४ स्थित एनटिएचएमसीले पोखरा म्याराथन अन्तर्गत हुने १० किमी महिलातर्फको पुरस्कार राशी २० हजार र पोखरा ४ स्थित कुमुदिनीले छात्रातर्फको प्रथम पुरस्कारको राशी १२ हजार प्रदान गर्ने घोषणा गरेका हुन् । एक दिन अघि मात्रै पुरुषतर्फको प्रथम र छात्र तर्फको प्रथम पुरस्कार घोषणा गरेका दुई शिक्षण संस्थाले पुनः महिला र छात्रातर्फको… पुरा पढौ

शिक्षामा गुणस्तर सुधार्न विद्यालय मर्ज : मन्त्री बराल

पोखरा २३, माघ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले शिक्षामा गुणस्तरको लागि बिद्यालयहरुको मर्ज आवश्यक भएको बताएका छन् । नवौं राष्ट्रिय पुस्तक दिवस तथा श्री पञ्चमीको अवसरमा आइतबार पोखरा २३ हर्पनमा आयोजित शैक्षिक सामाग्रि वितरण कार्यक्रममा वोल्दै मन्त्री बरालले सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधारको लागि मर्ज आवश्यक भएको बताएका हुन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की शाखाले वसन्त पन्चमीको अवसरमा हर्पनको जनसिद्ध आधारभुत बिद्यालयमा आयोजित उक्त कार्यक्रममा वालबालिहरुलाई अक्षरआरम्भ गराउदै तथा शैक्षिक सामाग्रि समेत हस्तान्तरण गर्दै… पुरा पढौ

बरिष्ठ नेता पौडेलको प्रश्न : ३० प्रतिशत मत भएको कांग्रेसले एक्लै चुनाव लड्छु भन्दा ७० प्रतिशत कम्युनिष्ट मिले भने के गर्ने ?

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले रिष्ठ नेता पौडेलले कांग्रेससँग ३० प्रतिशत मात्रै भएकाले वर्तमान परिस्थिति बुझ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरा महानगरपालिका वडा नम्बर ३ मा स्थापना गरेको प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस बरिष्ठ नेता पौडेलले गठबन्धन तोडिए एकीकृत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमालेसँग मिल्नसक्नेतर्फ आशंका व्यक्त गरे । उनले भने,‘आजको यथार्थ भनेको कुल मतदाता मध्ये ३० प्रतिशत हो हाम्रो पार्टी कांग्रेससँग भएको मत । ७० प्रतिशत मत… पुरा पढौ

चुनावमा रुख चिह्न नचिन्ने, नदेख्ने र अन्तर्घात गर्नेलाई ठामको ठाम कारवाही हुन्छ : उपसभापति गुरुङ

कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी भित्र अन्तर्घात गर्नेलाई अबदेखि ठाउँको ठाउँ कारवाही हुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरा महानगरपालिका वडा नम्बर ३ मा स्थापना गरेको प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति गुरुङले कांग्रेसको अर्जुनदृष्टि अब चुनाव भएको बताए । उनले भने,‘जसले चुनावको दिन कांग्रेसको चुनाव चिह्न रुख देख्दैन, चिन्दैन वा कांग्रेसको उम्मेद्वारबिरुद्ध उभिन्छ, त्यसलाई अन द स्पट कारवाही हुन्छ ।’ २०७९ साल चुनावी वर्ष हुने भन्दै उनले संविधानको अक्षरश पालना गरेर वर्तमान सरकारले… पुरा पढौ

ठूलठूला भ्रष्टाचार काण्डहरुको कांग्रेस नेतृत्वको सरकारले छानविन गर्नुपर्छ : सह–महामन्त्री परियार

कांग्रेस सह–महामन्त्री जीवन परियारले ठूलठूला भ्रष्टाचारका काण्डहरुलाई अख्तियारको घर्राभित्र राख्न नहुने बताए । कांग्रेस नेतृत्वको सरकारले विगतमा भएका भ्रष्टाचारका काण्डहरुलाई निश्पक्ष छानविन गर्नुपर्ने बताउँदै उनले भने,‘हिजो छानविन भएन त के भो? आज गरौं, आज नभए भोलि अवश्यपनि गर्नुपर्छ र हुन्छ ।’ भ्रष्टाचारीलाई न्यायको कठघरामा राख्न सकियो भनेमात्रै कांग्रेस वास्तविक लोकतन्त्र पक्षधर हुने उनको भनाई थियो । सह–महामन्त्री परियारले कांग्रेस बनाउन अठोट आवश्यक पर्ने बताए । उनले भने,‘कांग्रेस बनाउने हो भने विपीकोजस्तो मागदर्शन, सुवर्ण कोइरालाकोजस्तो प्रजातन्त्रप्रतिको समर्पण, गणेशमानकोजस्तो त्याग, किसुनजीकोजस्तो निष्ठा,… पुरा पढौ

‘स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक : उपमहासचिव ज्ञावली

बुटवल । नेकपा (एमाले)का उपमहासिचव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक भएको बताए । रुपन्देहीको सैनामैनामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले भने, “आगामी जेठमा स्थानीय चुनाव हुने प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ, तर मिति तय भएको छैन, त्यसैले घोषणा नहुँञ्जेल पत्याउने अवस्था छैन ।” उमहासचिव ज्ञवाललीले प्रतिपक्षले छिटो चुनाव गर भनिरहँदा सरकारमा भएका दल चुनावबाट भागेको आरोप लगाउँदै चुनाव कम्युनिष्टका लागि अन्तिम लक्ष्य नभइ त्यसका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरण हुनसक्ने उल्लेख गरे । उनले भने, “हामी चुनावबाट सबै… पुरा पढौ