पोखरा, माघ २४ कास्कीमा छुटेका सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोगले नाम दर्ता गर्न पुनः अवसर दिने भएको छ । राष्ट्रिय भूमि आयोग कास्कीका नवनियुक्त अध्यक्ष गंगाप्रसाद पोखरेलले सोमबार पदबहाली गर्दै आयोगले पहिले दिएको समयमा नाम दर्ता गराउन छुटेका सुकुम्बासीलाई कास्कीमा पुनः नाम दर्ताका लागि अवसर दिने बताएका हुन् । ‘विगतमा लगत छुट भएकालाई हामी पुनः लगत दर्ता गर्न अवसर दिन्छौं, त्यसका लागि चाँडै आह्वान गर्छौं’–उनले भने । अध्यक्ष पोखरेलले कास्कीमा सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबास छैन भन्ने बनाउने घोषणा गरे ।…
पुरा पढौ