देश

कास्की प्रशासनमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा अनिश्चित कालका लागि बन्द

पोखरा, माघ १० जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपछि केहि सेवा मात्र बन्द गरेर सेवा दिइरहेको कार्यालयले आइतबार थप कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालयका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जारी गरेको सूचनामा भनिएको छ,‘कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भई आइसोलेसनमा रहेको र थप कर्मचारीमासमेत लक्षण देखिएकाले शान्ति सुरक्षा, मुद्धा ब्यबस्थापन, विपद ब्यबस्थापन तथा… पुरा पढौ

अन्नपूर्ण गा.पा.मा ३ महिने नेपाली साङ्केतिक भाषा तालिम सुरु

अन्नपुर्ण गाउँपालिकाको आयोजनामा र अन्नपुर्ण बहिरा संघको समन्वयमा बहिरा अपाङ्गता भएका ब्यक्तिहरुको लागि ३ महिने नेपाली साङ्केतिक भाषा तालिम सुरू भएको छ।अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको प्रमुख आतिथ्यता र अपाङ्गताको क्षेत्रमा कार्यरत बिभिन्न संस्थाहरुको उपस्थितीमा उक्त तालिमको उद्घाटन गरिएको हो। तालिममा ३० जना बहिरा अपाङ्गता भएका ब्यक्तिहरुको शसहभागिता रहेको छ । कार्यक्रममा बोल्दै अन्नपुर्ण बहिरा संघका अध्यक्ष बिश्वामित्र भित्रकोटीले साङ्केतिक भाषा तालिमको आवस्यकता र तालिमको महत्व माथि प्रकाश पारेका थिए । कार्यक्रममा मन्तव्य राख्ने क्रममा गण्डकी बहिरा संघका… पुरा पढौ

नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्नका लागि मरिससको टोली आज काठमाण्डौ आईपुग्यो

काठमाण्डौ – आयोजक नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्नका लागि आज सोमवार मरिससको टोली काठमाण्डौ आइपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अहिले फिफा वरीयताको एक सय ७२ औँ स्थानमा रहेको मरिसस टोलीले नेपालसँग सुखद नतिजाको लक्ष्य लिएर आएको बताएको छ । यद्यपि कोरोना र चोटका कारण… पुरा पढौ

भक्तपुरमा सिटामोल अभाव

भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको हो। भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताए । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले त्यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको… पुरा पढौ

वैशाखमा निर्वाचन नगर्ने कुरा अमान्य हुनेछः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएपछि महामन्त्री थापाले संविधान अनुसरण गरेर जानुपर्नेमा जोड दिए । ‘स्थानीय तहको सन्दर्भमा पाँच वर्षको अवधि हुने र स्थानीय तहको रिक्तता नहुने नहुने भन्ने कुराको संविधानमा स्पष्ट छ,’ उनले भने, ‘त्यो नै आजका दिनमा हामीले अनुसरण गर्ने बाटो हुनुपर्छ ।’ ​ कानुनको कुनै छिद्र देखाएर वैशाखको निर्वाचन सार्ने कोसिस गरिए दीर्घकालमा ठूलो क्षति पुग्ने उनको भनाइ… पुरा पढौ

सडकको लापरबाहीले गैँडा म¥योः निकुञ्ज

चितवन । वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो । निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैँडा मरेको थियो । गैँडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर गैँडा मरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वरण्डाभार क्षेत्रमा सडक… पुरा पढौ

सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने

काठमाडौँ । निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी (सिनीयर डिभिजनल इञ्जिनीयर) सौरभ बज्राचार्यले बताए । ठेक्का प्रक्रियामा रहेकामा ‘फाइनान्सिल ओपनिङ’ बाँकी आगामी माघ २० गते हुने बताइएको छ । त्यो खुलेपछि… पुरा पढौ

पशु स्वास्थ्य संरक्षण कार्यक्रम लागु

तनहुँ । तनहँ मा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लामा पशु स्वास्थ्य संरक्षण कार्यक्रम लागू भएको जनाएको छ । पशु स्वस्थ नहुँदा उत्पादनमा ह्रास आउन थालेपछि यस कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको हो । पशुमा रोग लाग्दा १५ देखि २० प्रतिशतसम्म प्रजनन क्षमतामा कमी हुने एक अध्ययनले देखाएको हुँदा पशुलाई स्वस्थ्य राख्न विभिन्न किसिमका रोगविरुद्धको खोप दिन लागिएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । मानव स्वास्थ्यसँग पनि उत्तिकै सरोकार रहने र करिब ६० प्रतिशत रोग पशुबाट… पुरा पढौ

नेलम्बो नेपाल पोखराद्धारा कोरोना सँक्रमित तथा सरुवा रोग अस्पताललाई सहयोग

कास्की । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले तेस्रो लहरका रुपमा फैलिएको नयाँ भेरियन्ट आक्रमक रुपामा समुदाय स्तरमा फैलि सकेको हुँदा फरक तरिकाले कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत संस्थाले लेखनाथमा रहेको संक्रमण तथा सरुवारोग अस्पताललाई सहयोग गरेको छ । अस्पतालललाई डिस्पोजिवल माक्स ५०० पिस, के.एन ९५ माक्स ५०० पिस, सेनिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० पिस, डिस्पोजिवल पन्जा १० प्याकेट, पिपिइ १० पिस, स्प्रे बोतल १० पिस, व्याट्री १० जोर, कोभिड १९ सचेतना व्यानर २ पिस गरि… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनः आइतबार मध्यरातदेखि मौन अवधि सुरु

माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि हिँजो (आइतबार) राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। मौन अवधिभर निर्वाचन प्रसार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामाग्री हटाउनु पर्नेछ। आयोगका अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने आयोगले जनाएको छ। उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने… पुरा पढौ