देश

सर्गमले जितिन् राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगिताको उपाधि

हाम्रो घरले आयोजना गरेकोे खुल्ला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगिताको बिजेता सबु सर्गम भएकी छन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हाम्रो घर’ले आयोजना गरेको प्रतियोगितमा ६३ जनाप्रतियोगीलाई पछि पार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची घर भई काठमाण्डौंमा लोक दोहोरी क्षेत्रमा क्रियाशिल छन् । यस्तै प्रतियोगितामा निशान्त विक द्वितिय घोषित भए । बिक दाङ घर भई काठमाण्डौंमा रहेर लोक दोहोरी क्षेत्रमा संघर्षरत छन् । अन्तिम चरणको प्रतियोगितामा सर्गम र उनको प्रतिस्पर्धात्मक भिडन्त भएको थियो ।प्रतियोगितामा धादिङका… पुरा पढौ

नेकपा एकीकृत समाजवादी पोखरा–६ को अध्यक्षमा गिरीराज अधिकारी

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पोखरा ६ को भेलाले गिरीराज अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य चुडामणी जंगलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका पोखरा महानगर कमिटी संयोजक धनराज आचार्य, कास्की जिल्ला आर्थिक विभाग प्रमुख यदुनाथ अधिकारीलगायतले बोलाएका थिए । पुरा पढौ

‘सहयोगको घुम्टो ओढेर आएको एमसिसी गलपासो हो’ भन्दै पोखरामा प्रदर्शन

मिलिनियम च्यालेञ्ज कर्मोरेसन (एमसिसी)को विरोधमा पोखरामा सोमबार धर्ना दिइएको छ । संयुक्त देशभक्त मोर्चासहित विभिन्न संघसंस्थाको आह्वानमा एमसिसीको विरोधमा सोमबार पोखराको सहीदचोकमा १ घण्टा धर्ना दिइएको हो । पूर्वाह्न १० देखि ११ बजेसम्म दिइएको धर्नामा सहभागिहरुले ‘म मेरो भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्न, त्यसैले एमसिसी चाहिंदैन’, ‘पचपन्न अर्बको लोभमा राष्ट्रियता बेच्न पाईंदैन’, ‘हामी हाम्रो शान्ति भूमिमा विदेशी सेनाले ब्ुट बजारेको सहन्नौं’, ‘हामीलाई एमसिसी चाहिंदैन, स्वाभिमान बेच्न पाईंदैन’, ‘म मरेपनि मेरो देश बाँचिरहोस्’लगायतका नाराहरु लेखिएका प्लोकार्ड र ब्यानर बोकेर धर्नामा… पुरा पढौ

वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेद्वारा काँग्रेसको पोखरा महानगर सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पोखरा महानगरको नगर सभापतिमा रामराज लामिछाने उम्मेदवारी घोषणा गरेका छन् ।यसअघि १३ औं महाधिवेशनमा जिल्ला सचिव रहेका लामिछाने हाल पोखरा महानरपालिका वडा ९ का वडा अध्यक्ष हुन् । उनले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग छलफल गरी आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् ।२०३६ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका लामिछानेसँग तरुण दल हुँदै कास्की काँग्रेसको सचिव पदमा रहेर काम गरेको अनुभव छ । सानै उमेरदेखि जनताका सुखदुखमा काम गरेकाले वडा अध्यक्ष हँुदा जनताको पक्षमा काम… पुरा पढौ

अखिल क्रान्तिकारी पिएन क्याम्पस अध्यक्षमा काशी पौडेल

अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसको एघारौं सम्मेलनले काशी पौडेलको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सचिवालय समिति सदस्य रामजीप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले पौडेलको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा सुवास पौडेल, सरोज काफ्ले, पूजा अधिकारी र सञ्जु लुरे चयन भएका छन् भने सचिवमा चिरञ्जिवी अधिकारी, सहसचिवमा राम शर्मा पौडेल र कोषाध्यक्षमा नेहा गुरुङ चयन भएका छन् । त्यस्तै सम्मेलनले संगठन विभाग प्रमुखमा मनिष माम्बा… पुरा पढौ

विश्व बैंक र एसियाली बिकास बैंक प्रतिनिधीले प्रदेश स्वास्थ्यमन्त्री अधिकारीलाई भेटे

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्ग र विश्व बैंक तथा एसियाली विकाश बैंकका प्रतिनिधीबीच भेटवार्ता भएको छ । विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधिबीच सोमबार विहान भेटवार्ता भएको हो ।भेटका क्रममा प्रतिनिधि मण्डलले गण्डकी प्रदेशका जिल्लाहरुमा भइरहेका खोप कार्यक्रमको अनुगमन गरेको र खोप वितरणका बारेमा जानकारी लिएको जानकारी गराएको थियो । सो अवसरमा प्रदेशका मनाङ्ग र मुस्ताङ्ग जिल्लालाई १८ बर्ष माथिका पुर्ण कोरोना खोप जिल्ला बनाउन सफल भएकोमा बधाई दिएको छ । कोरोना महामारी नियन्त्रणका लागि… पुरा पढौ

नालीमा लडेर पोखराको न्यूरोडका श्रेष्ठको मृत्यू

पोखरामा नालीमा लडेर एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ र १८ को सिमाना मार्गका नालीमा लडेर पोखरा–९ न्यूरोडका ६७ वर्षिय ईश्वर श्रेष्ठको आइतबार मृत्यू भएको हो । लडेर बेहोस भएका श्रेष्ठलाई तत्काल उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयको बुलेटिनमा उल्लेख छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

अनलाईन फोटोग्राफी प्रतियोगितामा पोखराकी सिरुको फोटो उत्कृष्ट

गण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आयोजना गरेको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा आफ्नो तेस्रो स्थापना दिवसको अबसरमा घोषणा गरेको छ ।गत भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसका दिन घोषणा गरिएको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा भाद्र २० गते आफ्नो स्थापना दिवसका दिन घोषणा गरेको हो ।यस फोटो प्रतियोगितामा देश भरबाट १४५ फोटो प्रतिस्प्रर्धामा रहेका थिए । खुल्ला रुपमा सामाजिक संजाल अन्र्तगत फोटोग्राफर संघ गण्डकीको पेजमा पोष्ट गरिएका प्रकृती तथा वातावरण सम्बन्धी… पुरा पढौ

मणिपाल बिक्रीको विरोधमा प्रदर्शन

अखिल ९क्रान्तिकारी० र अखिल नेपाल विद्यार्थी युनियनद्वारा भारतिय लगानिमा र राज्यको स्वामित्वमा रहेको मणिपाल मेडिकल कलेजको अबैधानिक बिक्री बिरुद्द आज भदौ,२१ सोमबार मणिपाल प्रागणमा पुगी बिरोध जनाएको छ ।२०४९ साल फाल्गुन १८ गते तत्कालिन श्री ५ को सरकारका तर्फबाट श्री ५ को सरकार शिक्षा, स्वास्थ्य तथा कल्याण मन्त्रालय र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप संग भएको सम्झौता विपरीत खरीद बिक्री भएको र यो अबैधानिक रहेको भन्दै बिप्लव निकट अखिल ९ क्रान्तिकारी ० ले बिरोध प्रदर्शन गरेको हो ।नेपाल सरकारको सम्लग्नता… पुरा पढौ

रगत अभाव पूर्ति गर्न वाईसिएल कास्कीले बुधबार रक्तदान कार्यक्रम गर्दै

पोखरामा रगत भएपछि योङ कम्युनिष्ट लिग (वाईसिएल) कास्कीले पर्सी पोखरामा रक्तदान कार्यक्रम गर्ने भएको छ । पोखरामा भएको रगतको अभाव पूर्ति गर्न वाईसिएल कास्कीले पर्सी बुधबार पोखराको पृथ्वीचोकमा रक्तदान कार्यक्रम राखेको हो । जनयुद्धका सहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी)को २२ औं स्मृति दिवसको अवसरमा बुधबार विहान ७ः३० बजेदेखि पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको वाईसिएल कास्कीका अध्यक्ष भोजराज पौडेलले जानकारी दिए । रक्तदान कार्यक्रममा वाईसिएलको बाक्लो सहभागिता रहने उनले बताए । खुल्ला रक्तदान भएकाले जोकोहि पनि आएर… पुरा पढौ