देश

पोखरामा महोत्सवमा मास्क र सेनिटाईजर अनिवार्य, ज्वरोपनि नापिने

एघारौ पोखरा महोत्सवको सुरक्षा बैठक सम्पन्न भएको छ । सुरक्षा बैठकमा विशेष गरी महोत्सवमा स्वास्थ्यको मापदण्डलाई पालना गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कारोनाका विरामीहरु वढ्दै गइरहेकाले मेला महोत्सवहरुमा वढी मात्रामा भिडभाड हुने भएकाले स्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्नुपर्ने वताए ।दर्शकहरुलाई अनिवार्य मास्क लगाउने, महोत्सव स्थलमा सेनीटाइजरको पर्याप्त ब्यवस्था गर्ने, ज्वरो नापेर मात्र महोत्सव स्थलमा प्रवेश गराउने र वढी मात्रामा भीडभाड नगर्न दर्शकहरुलाई अनुरोध गर्न समेत प्रमुख जिल्ला अधिकारीले… पुरा पढौ

ठिहिर्याउने जाडोमा मायालुको साथ ‘भिडियो सहित’

पोखरा । भर्खरै देशका अधिकांश भुभागमा हिउँ परेर डाँडाकाँडा सेताम्य भए, जाडो निकै वढ्यो, अझै हिउँ सकेकै छैन । मौसम चिसो चिसो छ । बुढापाका भन्ने गर्छन् ु जाडोमा रुई, फुई र दुई हुनुपर्छ मज्जा आउछ । सायद यो कुराको ख्याल सर्जक आभास सेन्चुरीलाई राम्रोसँग रहेछ । उनले तेस्रो फर्मुलाुदुई ु रोजे । ठिहिर्याउने जाडोमा मायालुको साथ । चिसो चिसो मौसममा न्यानो मायाको साथले निकै रोमाञ्चक र प्रेमील सम्बन्ध बन्दोरहेछ । जून निकै यादगार र डाहा गर्न लायक पनि हुँदोरहेछ… पुरा पढौ

सन्तोष अधिकारी अभिनित “आज म आइपुगेँ” गीतको म्युजिक भिडियो सार्वजनिक

पोखरा ।सन्तोष अधिकारी अभिनित ‘आज म आइपुगे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा सन्तोष सँगै पुजा पन्त क्षेत्री, घनश्याम लामिछाने र कृति अधिकारीको अभिनय रहेको छ । सुरज शाही ठकुरीको आवाज रहेको गीतलाई अजय कुमार अधिकारीले लेखेका हुन् । संगीत समेत अजय कै हो ।गीतको म्युजिक भिडियोमा नेपाली लाहुरेको प्रेमिल कथालाई प्रस्तुत गर्न खोजिएको छ । एएसएपी इन्टरटेन्मेन्टको प्रस्तुतीमा सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निशान कास्यपले निर्देशन गरेका हुन् । एएसएपी इन्टरटेन्मेन्ट पछिल्लो समय म्युजिक भिडियो… पुरा पढौ

२६ एसएसपीको सरुवा ( हेर्नुहोस, को कहाँ पुगे ? )

सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले विहीबार २६ जना एसएसपीको सरुवा गरेका हुन्। हेर्नुहोस, को कहाँ पुगे ? पुरा पढौ

बढी शुल्क लिए कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज संचालकलाई कारबाही गर्ने बताएका छन्। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजूरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल बिहीबार भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षणमा गएका थिए। चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले कलेज संचालकले बढी शुल्क लिन नपाउने मन्त्री पौडेलले स्पष्ट पारे। अनुगनका क्रममा मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई निर्देशन दिए, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा… पुरा पढौ

७७ वटै जिल्लामा आज एमाले अधिवेशन

नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज (शुक्रबार) मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ। महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ। सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट शुक्रबार पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल रुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। गत मंसीर १० देखि १४ गतेसम्म… पुरा पढौ

राष्ट्रिय सभा निर्वाचनमा उमेदवारले ३ लाख ५० हजार मात्रै खर्च गर्न पाउने

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उमेदवारहरुले ३ लाख ५० हजार मात्रै खर्च गर्न पाउनेछन्। आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको हो । निर्वाचन आयोगले तेकेअनुसार मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्नेछन्। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उमेदवारहरुले सवारी साधन–घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाउनेछन्। त्यस्तै, कार्यालय संचालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगले जनाएको छ। यसैगरी, गोष्ठी र अन्तरक्रियाका लागि १ लाख, कार्यालय संचालनमा… पुरा पढौ

गण्डकी प्रदेश लगायत पश्चिम नेपालमा वर्षा र हिमपात

गण्डकी प्रदेश लगायत देशका पश्चिमी भेगमा आज (बिहीबार) बिहानदेखि वर्षा र हिमपात हुने क्रम सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशको गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा तथा उच्चपहाडी र हिमाली भेगमा हिमपात सुरु भएको जनाइएको छ। बागमती प्रदेशमा पनि सामान्य बदली रहेको र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहेको पनि विभागले जनाएको छ। विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी तथा… पुरा पढौ

बढी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्नुः शिक्षा मन्त्रालय

सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकाकूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम सम्बन्धनको खारेजी गरिने उल्लेख छ। मन्त्रालय र आयोगले… पुरा पढौ

पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिए । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको… पुरा पढौ