देश

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनिएको अतिरिक्त मात्रा खोप स्थगित

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको थप मात्रा खोप अभियान स्थगित गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रा स्थगित गरिएको जानकारी दिएको हो। सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनेर सोमबार सूचना जारी गरेको थियो। पुरा पढौ

राष्ट्रिय सभा सदस्य निर्वाचनः १९ सिटमा ४३ उम्मेदवार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाले उमेदवारी दर्ता गराएका छन्। प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच नै कडा प्रतिस्पर्धा हुनेछ। सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन्। आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५… पुरा पढौ

ऊर्जामन्त्री भुसालसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच बिमस्टेकको विविध विषयमा छलफल भएको छ । सो अवसरमा महासचिव लेक्फेलले बिमस्टेकका सम्मेलनले पारित गरेका ऊर्जा क्षेत्रका मुद्दालाई अगाडि बढाउने विषयमा सबै सदस्य राष्ट्रहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । उनले सन् २०१८ मा सम्झौता भएको ऊर्जासम्बन्धी गुरु योजनाका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउँदा सदस्य राष्ट्रलाई फाइदा हुने… पुरा पढौ

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा ५ ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटना गराउने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।(रासस) पुरा पढौ

एकैदिन प्रतितोला रु. ९०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९००ले घटेर रु. ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९३ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु. ९२ हजार ६०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर रु. एक हजार २५०… पुरा पढौ

नेतृ कमला पन्तले राष्ट्रियसभा निर्वाचनमा काँग्रेस गण्डकी प्रदेशबाट उम्मेदवारी दिने

नेपाली काँग्रेसकी नेतृ कमला पन्तले राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् । पन्तले गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिने भएकी हुन्। आगामी माघ १२ गते हुने निर्वाचनका लागि उनले आज (मंगलबार) बिहान केही बेरपछि उम्मेदवारी मनोनयन गराउने कार्यक्रम छ। गोरखा गण्डकी गाउँपालिका वडा नं. २ च्याङ्लीकी पन्त पटक/पटक सांसद भएर काम गरि सकेकी छन्। उनी २ पटक कांग्रेसको केन्द्रीय सदस्य समेत बनेकी थिइन्। पन्त पार्टीको १४ औं महाधिवेशनमा भने सह–महामन्त्रीमा पराजित बनिन्। पुरा पढौ

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीबाट एमाले उम्मेदवार छनोट

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले गण्डकीबाट ३ जना उम्मेदवारले उम्मेदवारी दिने भएका छन्। कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र बागलुङका गोविन्दबहादुर नेपालीलाई एमालेले निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो। माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार २० पुसमा मनोनयनको कार्यक्रम छ। सोमबार बसेको एमाले सचिवालयको बैठकले कास्कीका पौडेललाई खुलातर्फ, नवलपुरकी थनेतलाई महिलातर्फ र बागलुङका नेपालीलाई दलिततर्फ उम्मेदवार बनाउने निर्णय गरेको हो । सचिवालयले सातै प्रदेशका क्लस्टर अनुसार १९ उम्मेदवारको नाम टुंगो लगाएको हो । गण्डकीमा एक… पुरा पढौ

राष्ट्रिय सभा सदस्य निर्वाचनः आज बिहान १० बजेदेखि मनोनयन दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) बिहान १० बजेदेखि उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन्। निर्वाचन आयोगले जारी गरेको चुनावी कार्यतालिकाअनुसार राष्ट्रिय सभामा रिक्त १९ पदका लागि आज उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ। आयोगले उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने सम्बन्धमा सबै तयारी गरिसकिएको जनाएको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गरि सक्नुपर्ने निर्वाचन तालिका छ। निर्वाचन भने माघ १२ मा हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा दलहरूले भाग लिदैँछन्।… पुरा पढौ

‘प्रचण्ड’कै नेतृत्वमा माओवादी केन्द्र

पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नेकपा (माओवादी केन्द्र) राजनीति चल्ने भएको छ। हालैमात्र सम्पन्न पार्टीको ८ औं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको बैठकले ‘प्रचण्ड’ लाई पार्टीको सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। दाहालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा कृष्णबहादुर महरा थिए। केन्द्रीय कमिटीले प्रचण्डलाई अध्यक्ष चुनेसँगै पार्टीको महाधिवेशन पनि सकिएको छ। महाधिवेशनपछि ललितपुरको सानेपास्थित हेरिटेज होटलमा बसेको पहिलो बैठकले पार्टीको अध्यक्ष लगायत अन्य पदाधिकारीको पनि टुंगो लगाउने अनुमान लगाइएको थियो। तर, अध्यक्षको पदमा मात्र सर्वसम्मत निर्णय गरेर अन्य पदाधिकारीको टुंगो पुस २५… पुरा पढौ

स्वास्थ्य मन्त्रालयले भन्यो, थप सतर्कता अपनाऔं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिअन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सतर्कता अपनाएर तयारीमा लाग्न अनुरोध गरेको छ। मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय र सबै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेख्दै ओमिक्रोन संक्रमणलाई बढ्न नदिन जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न गराउन, जोखिम क्षेत्रहरू (हटस्पट) पत्ता लगाई परीक्षणको दायरा बढाउन अनुरोध गरेको हो। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमाबाट प्रवेश गर्ने यात्रुहरूको परिक्षण, खोप लगाउन छुटेकाहरूलाई लक्षित वर्गलाई खोप लगाउन र आइसोलेसन तथा क्वारेनटाइनमा रहेकालाई निगरानी गर्न… पुरा पढौ