देश

एकै दिन काग र कुकूर तिहार

यस वर्षको यम पञ्चकमा आज (बुधबार) दुई वटा तिथि एकसाथ परेको छ। कार्तिक कृष्ण त्रयोदशी र कार्तिक चतुर्दशी (नरक चतुर्दशी) एकै दिन परेको छ। कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा काग तिहार र सोही पक्षको कार्तिक चतुर्दशी अर्थात नरक चतुर्दशी (कुकूर तिहार) पनि एकै दिन परेको छ। त्यसैले, यस वर्षको यमपञ्चक अन्तर्गत काग तिहार र कुकूर तिहार मनाउने भएको छ। यस वर्ष कार्तिक कृष्ण त्रयोदशी र कार्तिक कृष्ण चतुर्दशी अर्थात नरक चतुर्दशी एकै दिन परेकोले काग तिहार कुकूर तिहार एकै दिन… पुरा पढौ

आज काग तिहार तिहार मनाइँदै

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा… पुरा पढौ

४६९ सङ्क्रमित थपिए, तीन जिल्लामा शून्य सङ्क्रमण

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा ४६९ सङ्क्रमित थपिएका हुन् । सोमबार ५३३ जनामा सङ्क्रमण देखिएको थियो । देशभर सक्रिय सङ्क्रमित नौ हजार १७४ रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् । तीन… पुरा पढौ

प्रदेशको नामकरण पहिलो प्राथमिकताः मुख्यमन्त्री राई

काठमाण्डौं । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प्राथमिकता रहने छ भने। मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिए । उनले सरकार सञ्चालनका लागि गठबन्धन दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरिने जानकारी दिदैं गठबन्धन दलबीच छलफल पछि पुनः बजेट ल्याउन सकिने… पुरा पढौ

प्रधानमन्त्री देउवा र श्रीलङ्काका राष्ट्रपति राजपाक्षेबीच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन गएका उनीहरुबीच आज ‘साइडलाइन’ भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए । दुवै देशबीच सुमधुर सम्बन्ध छ । उनीहरुबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय संस्कृति मजबुत बनाउनेलगायत विषयमा कुरा भएको… पुरा पढौ

सुन तोलाको रु. ९२ हजार

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २०० ले बढेर रु ९२ हजार कायम भएको छ। पहेँलो धातु सोमबार प्रतितोला रु. ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला रु. ९१ हजार ३०० तोकिएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर एक हजार… पुरा पढौ

सामलिङ्ग पावर कम्पनीको आइपिओ बाँडफाँट

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २१ लाख ९८ हजार ७६४ जनाले दुई करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये नौ हजार ९८६ जनाको आवेदन रद्द भएको र बाँकी २१ लाख ८८ हजार ७७८ योग्य… पुरा पढौ

यस वर्षको यमपञ्चक (तिहार) आजदेखि सुरु हुँदै

आज कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन। हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ। आज बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भएपनि काग र कुकुर तिहार भने भोलि परेको छ। आजको बेलुका यमदीपदान सुरु हुन्छ। यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। भोलि बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ।… पुरा पढौ

टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टी–२० क्रिकेट वरीयतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ। आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान उक्लदै १३ औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १४ औँ स्थानमा थियो। वरीयतामा इङ्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ। त्यसैगरी, भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्। पुरा पढौ

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा उत्तम

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले भाइटिकाको साइत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक साइत अनुसार भाइटिकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाइएको छ । यही कार्तिक २० गते शनिबार भाईटिकको शुभसाइत विहान ११ बजेर २ मिनेटमा उत्तम रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ । पुरा पढौ