देश

आन्तरिक हवाई उडान बन्द हुन्छ कि हुँदैन ? आजै निर्णय आउने

कोरोना महामारी बढेपनि आन्तरिक हवाई उडान बन्द हुन्छ कि हुँदैन ? आम नागरिकमा जिज्ञाशा र चासो छ। सरकारले आन्तरिक हवाई उडानलाई बन्द नगर्ने पक्षमा रहेको बुझिन्छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान बन्द नगर्ने निर्णय गरेको थियो। कोरोना महामारी बढेसँगै जिल्ला प्रशासन कार्यालय, कास्कीले भोली वैशाख १५ गते विहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको अवस्था छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका… पुरा पढौ

‘सरल, शालीन र सादगी जीवन मनमोहनका गुण’

काठमाडौँ। प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसका अवसरमा आज ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उपप्रधानमन्त्री एवं नेकपा एमाले का महासचिव ईश्वर पोखरेललगायतले सो स्थानमा पुगी पार्टीका तत्कालीन अध्यक्षप्रति श्रद्धाञ्जलि व्यक्त गरे । कोभिड–१९ को महामारीका कारण उनको स्मृतिमा थप कार्यक्रम आयोजना गरिएको छैन।सो प्रतिष्ठानका अध्यक्ष पोखरेलले नेता अधिकारीले स्थापना गरेका आदर्श, सिद्वान्त र मूल्यमान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताए । “सरल, शालीन र सादगी… पुरा पढौ

नेपाल सुपर लिग: पहिलो खेलमै पोखरा थन्डर्सको हार

नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले पहिलो खेलमै हार खेपेको छ। आइतबार साँझ दशरथ रंशगालामा भएको खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीसँग ०–२ गोलले पराजित बनेको हो। बुटवलका विदेशी खेलाडी अर्मान्डले खेलको ४२ औं मिनेटमा सुरुवाती गोल गरे। पहिलो हाफमा १–० गोलले अघि रहेको बुटवललाई पोखरा थन्डर्सले दोस्रो हाफमा आत्मघाती गोलको उपहार दिलायो। खेलको ७७ औं मिनेटमा पोखराका अजित भण्डारीले आफ्नै पोस्टमा बल छिराउँदा बुटवललाई फाइदा दोहोरो गोलले अगाडि बढायो। यसअघि दिनको पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीलाई… पुरा पढौ

त्रिविले तय गरेको आजको परीक्षा कायमै

सरकारले सबै शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षा तत्काल स्थगित गर्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालयले भने आज (सोमबार)को परीक्षा कायमै हुने जानकारी दिएको छ। बिहान ७ बजेदेखि नै परीक्षा भएकाले रोक्न सक्ने अवस्था नरहेको त्रिविले जानकारी दिएको छ। आजका लागि बीएड, बीएस्सी र बीएको परीक्षा रहेको छ। त्रिविका पदाधिकारीहरुबीच बैठक बसेर नै आजकोे परीक्षा सुचारु राख्ने निर्णय भएको हो।निषेधाज्ञा लागेमा के गर्ने र अबका परीक्षा के गर्ने भन्नेबारे आज दिउँसो बैठक बसेर निर्णय लिइने पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको… पुरा पढौ

कोभिडविरुद्ध एकताबद्ध हुन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिएका छन् । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा आज बसेको तेस्रो बैठकमा उनले कोभिड– १९ विरुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर परिचालित हुन आग्रह गरे । “कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ, एक ढिक्का भएर कोभिडविरुद्ध लड्नका लागि सक्रिय रहन आग्रह गर्नुभयो”, बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले… पुरा पढौ

गोरखा महाभुकम्पको सम्झना

आज बैशाख १२ गते। सात वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभुकम्प गएको थियो। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी गोरखा महाभूकम्पको स्मृति दिवस मनाइँदैछ। यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धी, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ। कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ। ०७२ वैशाख १२ गते बिहान ११ः५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भुकम्प गएको थियो। सामान्य दैनिकीमा… पुरा पढौ

दर्शनार्थी चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते

खोटाङ । त्रिधार्मिकधाम खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । सप्तरीको कञ्चनरूप नगरपालिकाबाट हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बा३ख ९२८५ नंको बस आज दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको मृत्यु भएको हो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी दर्शन गरेर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना हुँदा सहचालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको… पुरा पढौ

‘धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो’ : प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए । “इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको… पुरा पढौ

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई, नेदरल्याण्डस १४२ रनले पराजित

काठमाण्डौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो । नेपालले आज विपक्षी टोलीलाई टी–२०… पुरा पढौ

ऐतिहासिक टावर धरहराको आज उद्घाटन गरिदैँ

ऐतिहासिक टावर धरहराको आज (शनिबार) विहान ११ बजे उद्घाटन गरिदैँछ। पुनर्निर्माण कार्य पूरा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आज धरहराको उद्घाटन गर्दैछन्। त्यसका लागि रंग लगाउने र सरसफाइको काम भसकेको छ। हिँजो (शुक्रबार) बेलुकासम्म रंग रोगनसँगै सफाइको काम सम्पन्न गरिसकेको छ। उद्घाटन मिति नजिकिएसँगै केही दिन यता धरहराको काम सम्पन्न गर्न त्यहाँ २४ सै घण्टा काम भइरहेको थियो। कोरोना कारण लकडाउनको समय र दशैँ तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएको थियो। २२ तला धरहरा पहिलाको… पुरा पढौ