देश

सभापति देउवाद्वारा कोभिड रोकथाममा केन्द्रित हुन आग्रह

काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड–१९ को महामारी भयाावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गरेका छन् । साथै उनले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न समेत सरकारसँग आग्रह गरे । उनले आज वक्तव्यमार्फत कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको उल्लेख गर्दै यही जेठ ६ गते पनि आफ्नै नेतृत्वमा कोभिड–१९ को… पुरा पढौ

कोरोनाविरुद्ध लड्न अर्थ मन्त्रालयले ४१ अस्पताललाई दियो एक अर्ब ४१ करोड

काठमाण्डौं । सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले आज देशका विभिन्न ४१ अस्पताललाई रु एक अर्ब ४१ करोड बराबरको स्रोत सुनिश्चित गरेको हो । जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, सङ्खुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रङ्गेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई समान तीन/तीन करोड बराबरको बजेट उपलब्ध भएको छ । यस्तै बारा अस्पताल, रामेछाप अस्पताल,… पुरा पढौ

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटबाट कोरोना खोप खरिद गर्न मिल्ने बनाउः सांसद कोइराला

गण्डकी प्रदेश सभा सदस्य एवम् अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई कोरोना विरुद्धको खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताएका छन् । कास्की क्षेत्रनं १(१)बाट निर्वाचित प्रदेश सांसद कोइरालाले वर्तमान विषम परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्टिने बजेटलाई कोरोना विरुद्धको खोप खरिदमा प्रयोग गर्न मिल्ने बनाउन प्रदेश सरकारलाई सुझाव दिएका हुन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा आफ्नो धारणा… पुरा पढौ

पोखरामा विहानैदेखि लगातार वर्षा, सतर्कता अपनाऔँ

पोखरामा आज (बिहीबार) बिहानदेखि लगातार वर्षा भएको छ। बुधबारसम्म मौसममा सामान्य बदली भइरहेको थियो। तर, बिहीबार विहानैदेखि लगातार वर्षा भइरहेको छ। बंगालको खाडीबाट उत्पन्न भएको ‘यास’ नामक चक्रवातको प्रभावले वर्षा भएको जनाइएको छ। ‘यास’ नामक चक्रवातको प्रभावले अझै देशभर मेघगर्जन चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात ‘यास’ जमिनतर्फ प्रवेश गरिसकेको र उत्तर–पश्चिम सर्ने क्रममा रहेकोले केही दिन नेपालमा पनि असर पर्ने हुनाले आवश्यक… पुरा पढौ

थप दश लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

काठमाण्डौं । चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच आज भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् । त्यस अवसरमा राष्ट्रपतिद्वयबीच नेपाल र चीनबीचको समग्र सम्बन्धसहित कोभिड–१९ सम्बन्धी सहायताबारे छलफल एवं विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोभिड–१९विरुद्धको नेपालको लडाइँमा जीवन रक्षक औषधि, चिकित्सा उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेर नेपाललाई निरन्तर सहयोग गरेकामा… पुरा पढौ

सावधानीपूर्वक मनाइयो दुई हजार ५६५ औँ बुद्ध जयन्ती

कोरोनाबाट बच्न सावधानी अपनाउँदै शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५६५ औँ जन्म जयन्ती घरघरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पु¥याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उहाँले जन्म लिनु भएको थियो । राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण… पुरा पढौ

पछिल्लो २४ घण्टामा सङ्क्रमित र निको हुनेको सङ्ख्या उस्तै–उस्तै

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुने र निको हुनेको संख्या उस्ता–उस्तै पाइउएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार ६ हजार ७१६ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला आज सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको छन् । सो अवधिमा ६ हजार ७१४ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । यस अवधिमा नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या दुई जना बढी हुन् । देशभरका प्रयोगशालामा… पुरा पढौ

महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य नै सबैभन्दा ठूलो औजार : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानव जीवनको रक्षाका लागि आपसी सहयोग र अनुभव आदान-प्रदान महत्वपूर्ण हुने बताउनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्रष्ट्रिय विभागले आयोजना गरेको भर्चअल बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले अहिलेको पुस्ताले भोग्नुपरेका महामारी मध्येमा यो सबैभन्दा ठूलो मानवीय संकट भएकाले  आपासी सहयोग र अनुभव आदान-प्रदानबाट यसलाई पराजित गर्नुपर्ने बताउनुभएको हो। उहाँले नेपालमा क्रियाशिल मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी गराएर महत्वपूर्ण कार्यक्रम आयोजनाका गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद व्यक्त गर्नुभयो। 'विश्वनै एक गाउँका रुपमा स्थापित एक्काइसौ शताब्दीको अन्तरनिर्भर… पुरा पढौ

आज चण्डी पूर्णिमा अर्थात ‘उभौली’ पर्व पनि

आज, वैशाख शुक्ल पूर्णिमाको दिन। अर्थात, बुद्ध पूर्णिमाको दिन। यस दिन अर्को पर्व ‘उभौली’ पर्व पनि विशेष महत्वका साथ मनाइन्छ। नेपालका किराँत समुदायभित्रका विभिन्न जातजातिले विशेष महत्वका साथ ‘उभौली’ पर्व मनाउने गर्दछ। ‘उभौली’ पर्वलाई प्रकृतिपूजक वा धर्तीपूजक पर्वका रुपमा पनि लिइन्छ। जसको अर्को नाम ‘साकेला’ पर्व पनि भनिन्छ। आजको दिनदेखि ‘साकेला’ पर्व अर्थात ‘उभौली’ पर्वलाई ऋतु परिवर्तनको संकेत दिने पर्वको रुपमा पनि मान्ने चलन छ। वैशाख शुक्ल पूर्णिमादेखि यो पर्व एक महिनासम्म मनाइन्छ। यस ‘उभौली’ पर्वलाई कृषियुग सुरु भएदेखि नै… पुरा पढौ

आज २५६५ औँ बुद्ध जयन्ती मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाको दिन। हरेक वर्षको वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती पर्व मनाइँदै आएको छ। आजको दिनलाई बुद्ध जयन्ती अर्थात बुद्ध पूर्णिमा पनि भनिन्छ। भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको सम्झना स्वरुप बुद्ध जयन्ती मनाइन्छ। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ लगायतका कालजयी सन्देश बाहक गौतमबुद्धको २५६५ औँ जयन्तीको अवसरमा शान्तिको कामना गर्दै आज वैशाख शुक्ल पूर्णिमाको दिन देश तथा विश्वभर बुद्ध जयन्ती मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति,… पुरा पढौ