देश

बाढीपहिरोमा ११६ जनाको मृत्यु, अझै ४४ बेपत्ता

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता १ सय १६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। रातिदेखिको भारी वर्षापछि पहिरोमा परेर पर्वतमा मात्रै शुक्रबार ११ जनाको ज्यान गएको छ। बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १३६ जना घाइते भएका छन्। तीमध्ये ६८ पुरुष, ३७ महिला, २० बालक र ११ बालिका रहेका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक… पुरा पढौ

आन्तरिक पर्यटन पुर्नरुत्थान कार्यक्रम सकेर नाट्टा टोली पोखरा फर्कियो

बुधबारदेखि बुद्ध एयरले सुरु गरेको पोखरा–सिमरा सिधा हवाई उडानसँगै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स(नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा आयोजित आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रम आजदेखि सकिएको छ ।प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेल सहित पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि सहितको टोलीले प्रदेश नं २ का विभिन्न स्थलको अवलोकन भ्रमण सहित सरोकारवालासँग छलफल र अन्तरक्रिया सम्पन्न गरेको छ ।टोलीले सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई नगरपालिका, बीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका स्थानमा… पुरा पढौ

गण्डकीमा जनयुद्धका घाईतेको उपचार नि:शुल्क गरिने

गण्डकी प्रदेश सरकारले जनयुद्धका घाईते, अपाङ्ग तथा शहिद परिबारलाई स्वास्थ्य उपचार निःशुल्क गर्ने र्निणय गरेको छ । गण्डकी प्रदेशको मन्त्रीपरिषदको बैठकले उक्त र्निणय गरेको हो । प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले पदभार ग्रहण गर्ने बेला पहिलो र्निणय गरेकी थिईन् ।सरकारले यसअघि निति तथा कार्यक्रममा समावेश गरी आवस्यक कार्यविधि बनाएर उक्त र्निणय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले जानकारी दिईन् । उनका अनुसार अब गण्डकी प्रदेश भित्र रहको जनयुद्धका घाईते,अपाङ्ग तथा शहिद परिवारले निःशुल्क स्वास्थ्य उपचार… पुरा पढौ

पोखराको लेखनाथस्थित खुदी खोला तर्न खोज्दा बगाएर एकको मृत्यू

पोखराको खुदी खोला तर्ने क्रममा एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित खुदी खोला तर्न खोज्दा खोलाले बगाएर स्थानिय ६० वर्षिय रमेश मगरको मृत्यू भएको हो । बेगनास ताल उद्गम विन्दु रहेको खुदी खोला तरेर गगनगौंडातर्फ जान खोज्दा आज पूर्वाह्न ११ बजे खोलाले बगाएर बेपत्ता भएका उनको शव बगाएको ठाउँ भन्दा ३० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । स्थानियले शव खोलाबाट निकालेर प्रहरीलाई जानकारी गराएपछि गएको प्रहरीको… पुरा पढौ

पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौँ। पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो । कोरोनाको जोखिम कम हुँदै गएपछि… पुरा पढौ

पहिरोले घर पुर्दा पर्वतको दुर्लुङ घोगेनीमा ५, पकुवामा २ र मोदीमा १ गरी ८ को मृत्यू

पर्वतका विभिन्न ठाउँमा गएराती आएको पहिरोले घर बगाउँदा ८ जनाको मृत्यू भएको छ । पहिरोले घर भत्काउँदा पर्वतको घोगेनीमा ५, कुश्माको पकुवामा २ र मोदीमा १ जना गरी ८ जनाको मृत्यू भएको हो । अविरल वर्षापछि आएको पहिरोले घर भत्काउँदा कुश्मा नगरपालिका ३ दुर्लुङ घोगेनीमा ५ जनाको मृत्यू भएको छ । स्थानिय पौडेलको घर बगाएको प्रहरीको भनाई छ । उनीहरुमध्ये विमला पौडेल र विनिता पौडेलको शव पहिचान भइसकेको छ । यसैगरी कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवामा पहिरोमा पुरिएर २… पुरा पढौ

आजबाट महाधिवेशनमा होमियो नेपाली काँग्रेस

सत्तारुढ नेपाली काँग्रेस आज (शुक्रबार)देखि १४ औँ महाधिवेशनमा होमिएको छ। ५६ जिल्लाहरुका क्रियाशील सदस्यताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेर काँग्रेस महाधिवेशनमा होमिएको हो। काँग्रेसले शुक्रबार क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका जिल्लामध्ये अधिकांश जिल्लाहरुमा वडा अधिवेशन गर्दैछ। काँग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि ५६ वटै जिल्लाहरुमा केन्द्रबाट निर्वाचन अधिकृतहरु खटाइ सकेको छ। निर्वाचन अधिकृत खटिएका सवै जिल्लाहरुमध्ये तयारी नपुगेको भन्दै केही जिल्लाहरुले शुक्रबार वडा अधिवेशन गर्न नसकिने निर्णयनै गरेकाले वडा अधिवेशन सुरु भने नहुने निश्चित छैन। नामावली प्रकाशित भइसकेका नुवाकोट, प्युठान, बाग्लुङ,… पुरा पढौ

उपभोक्तालाई छिटोछरितो सेवा प्रदान गर्न टेलिकमलाई मन्त्री थापाको निर्देशन

गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले उपभोक्तालाई छिटो छरितो सेवा प्रदान गर्न टेलिकमलाई निर्देशन दिनुभएको छ । नेपाल टेलिकम गण्डकी प्रादेशिक कार्यालय पोखराको अवलोकन गर्दै मन्त्री थापाले समयको परिवर्तन सँगै सेवामा समेत परिवर्तन हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको हो । उहाँले पहिले टेलिफोनको महशुल तिर्न आउँदा दिनभरीको समय लिएर आउनुपर्ने बाध्यता भएपनि अहिले त्यस्तो स्थिति नभएको उल्लेख गर्नुभयो । ‘पहिले म राष्ट्रबैंकको कर्मचारी हुँदा टेलिफोनको महशुल तिर्न दिनभरी लाइन लगाउनुपथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । प्रविधिको विकास… पुरा पढौ

राष्ट्रिय तीज गीत प्रतियोगितामा ७० प्रतियोगि सहभागि हुने

पोखरा । हाम्रो घरको आयोजनामा हुन लागेको खुल्ला राष्ट्रिय तीज दोहोरी गित प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्लव हाउस प्रयोगकर्ताहरुको समूह ‘हाम्रो घर’ले आयोजना गर्न लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ शुक्रबार र शनिबार क्लव हाउस एपको हाम्रो घर समूह मार्फत आयोजनामा हुन लागेको प्रतियोगितामा ७० जनाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेश अधिकारीले जानकारी दिए । ग्लोबल कन्सल्ट सिड्नी अष्ट्रेलियाको मुख्य प्रायोजनमा हुन… पुरा पढौ

रतनपाण्डेमा ६ लाखको अक्षयकोष वितरण

पोखरा–१३ स्थित रतनपाण्डे माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्र्थीका लागि शिक्षण सिकाइमा सहज पु¥याउने उद्देश्यका साथ बिहीबार नगद रु. ६ लाखको अक्षयकोष घोषणा तथा नगद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ आर्बा स्थायी बसोबास भइ हाल काठमाडौँ रहेका मधु प्रसाद बराल र विन्ध्येश्वरी बराल संरक्षक रहने गरी स्व. गुरु प्रसाद÷गोमादेवी बराल स्मृति अक्षयकोषको रकम एक कार्यक्रमबीच हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए । उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिका वडा नं.… पुरा पढौ