देश

नयाँ शैक्षिकसत्र सञ्चालनमा हतार नगर्न आग्रह

काठमाण्डौं । शिक्षा क्षेत्रका विज्ञ र सरोकार भएकाहरुले कोभिड–१९ को महामारीबीच नयाँ शैक्षिक सत्रको सञ्चालन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक नीति तर्जुमाका लागि सरकारले गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय युवा परिषद्, शिक्षा अधिकार अनुगमन समूह र बाल अधिकार राष्ट्रिय सञ्जाल (एनएसीजी) नेपालसँगको समन्वयमा आज भर्चुअलरुपमा आयोजित छलफल राष्ट्रिय परामर्श कार्यक्रममा जनताको सीप र क्षमताका आधारित वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरताका लागि शिक्षकले भूमिका निर्वाह गर्नुपर्ने र तिनै तहका सरकारले नीतिगत संयोजन गर्नुपर्ने बताइएको हो । शिक्षा, विज्ञान तथा… पुरा पढौ

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

काठमाण्डौं । नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दाँैत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि / राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउ दिने… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारदेखि सुनुवाइ हुने

काठमाण्डौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३० रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवाइ हुनेछ । अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको पेशी बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ निवेदनको पेशी शुक्रबारका लागि तोकिएको सर्वाेच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै २६ तथा… पुरा पढौ

जुनसुकै देशबाट भए पनि प्रभावकारी खोप ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन् । कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाइँ जितिन्छ । अन्यथा लडाइ गरिरहनुपर्ने भयो ।’’ उनले कोभिड १९ विरुद्धको लडाइँ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था… पुरा पढौ

थप कडाइका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० सम्म निषेधाज्ञा

काठमाण्डौं । कोभिड­१९ सङ्क्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश यही जेठ १४ गते विहान १ बजेबाट लागू हुने छ । काठमाडौँ उपत्यकाका काठमाडौँँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको आजको बैठकले आगामी एक साता निषेधाज्ञा लम्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । यसअघिको यही १३ गते राती १२ बजेसम्मका लागि आदेश जारी भएको थियो… पुरा पढौ

कास्कीका पाँच दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्व एकजुट हुन आव्हान

कास्कीका क्रियाशिल पाँच राजनीतिक दलले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरी प्रतिगमनकारी कार्य भएको भन्दै त्यस कदम विरुद्व एकजुट हुन आव्हान गरेका छन् । नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न आव्हान गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, नेकपा(एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टी (जसपा) कास्कीका अध्यक्ष गिरिप्रसाद गुरुङ र… पुरा पढौ

गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण हुँदै

गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण शुरु भएको पक्की पुलको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पुल निर्माणको कामलाई गति दिइएको हो । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि बन्न लागेको पुलको कामलाई निषेधाज्ञाकै अवधिमा अगाडि बढाइएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी योजनाबाट सञ्चालन हुने विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड… पुरा पढौ

नेपालको एकदिवसीय वरीयता यथावत स्थानमै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले अपडेट गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो। नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा यथावत रहेको छ। अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमै रहेको थियो। टी–ट्वान्टी वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ। घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि नेपालले एकदिवसीय क्रिकेट खेलेको छैन। ओमान र अमेरिकासँग भएको सिरिजमा नेपालले ४ खेलमा २ जित निकालेको थियो। नेपाल ओमानसँगको दुई खेलमा पराजित हुँदा… पुरा पढौ

मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय फुटबल टिम आज इराक जाँदै

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज (मंगलबार) त्यसतर्फ प्रस्थान गर्दै छ। अखिल नेपाल फुटबल संघ –एन्फा)ले २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आज राति इराक प्रस्थान गर्ने जनाएको हो। नेपाली टिम कतार एयरवेजबाट इराक जाने एन्फाले जनाएको छ। नेपाली टिम राति १० बजे इराक प्रस्थान गर्नेछन्। इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ। नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। मैत्रीपूर्ण र विश्वकप छनोटका लागि… पुरा पढौ

स्वास्थ्य संकटकाल लगाउन प्रस्ताव पेस

कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्ने बताउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेको जानकारी दिएका छन्। उनले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन्। उनले कोरोना संक्रमणको दर सरकारले गरेको अनुमानअनुसार सुधार नभएको, दैनिकरूपमा ८ हजारभन्दा बढी संक्रमित थपिने गरेकै कारण स्वास्थ्य संकटकाल घोषणा गरी सबै शक्ति जनस्वास्थ्यमा केन्द्रीत गर्नुपर्नेमा जोड दिए। गतवर्ष भन्दा फरक ढंगले बन्दाबन्दी गरिएको र व्यक्तिहरूको आवत–जावतमा प्रभावकारी नियन्त्रण नभएकोे र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृतरूपमा नियन्त्रणमा… पुरा पढौ