देश

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो : सभापति देउवा

काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।उनले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको बताएका छन् । “राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश… पुरा पढौ

कांग्रेस महाधिवेशन आगामी भदौ ७ गते

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राखेको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। त्यसैगरी कांग्रेसले गाउँ -नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ-नगरपालिका अधिवेशन असार ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा… पुरा पढौ

मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

बैतडी।बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका… पुरा पढौ

टुँडिखेललाई घेर्दै आज नागरिक आन्दोलनको घोषणा गरिदैँ

नागरिक समाजले आज (शुक्रबार) टुँडिखेल घेर्दैछ। साथै, नागरिक समाजले बृहत् नागरिक आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र पनि जारी गर्नेछ । बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ नाम दिइएको घोषणापत्र टुँडिखेलमा हुने आन्दोलनबाट सार्वजनिक गर्न लागिएको हो । साथै समाजले टुँडिखेलमा गर्ने मार्चपासमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ। नागरिक आन्दोलन रत्नपार्कबाट सुरु भई भद्रकाली सहिदगेट भएर मार्चपास पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्नेछ। त्यसपछिको कार्यक्रम मन्तव्य र कविता वाचन हुने समाजले जनाएको छ। हिजो (बिहीबार) भने प्रचण्ड–माधव नेपाल समूह पक्षको मानव साङ्लोले टुँडिखेल… पुरा पढौ

प्रजातन्त्र दिवसः ४०१ कैदीलाई माफी मिनाहा, १७९ जनालाई कैद छुट

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार खिर्हाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको छ। लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो। यस्तै, राष्ट्रपतिले आजसम्म कम्तीमा ५० प्रतिशत कैद… पुरा पढौ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाण्डौं । सरकारले शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा कारागारमा रहेका बन्दीको कैद समय छुट दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यही माघ १५, माघ २९ र फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जिल्ला प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानी व्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेकालाई सरकारले त्यस्ता कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरेको जानकारी दिए । उनले मन्त्रिपरिषद्ले कैदीलाई छुट… पुरा पढौ

प्रजातन्त्र दिवसका अवसरमा बन्दीको कैद सजाय मिनाहा

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन )ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो । यस्तै राष्ट्रपतिले आजसम्म कम्तीमा… पुरा पढौ

संसद पुर्नस्थापना नभए मुलुक बर्बाद हुन्छ : कांग्रेस बरिष्ठ नेता पौडेल

देउवापछि बोलेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वलाई जे मन लाग्यो त्यहि बोल्दै नहिंड्न चेतावनी दिए । नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौं फर्किने फ्लाईटका कारण पौडेलभन्दा पहिले बोलेका कांग्रेस सभापति देउवाले कांग्रेसले संसद पुर्नस्थापना वा निर्वाचन मध्ये कुनैपनि विषयमा नलागी अदालतको फैसला मान्ने बताएपछि आक्रोसित बनेका पौडेलले भने,‘केपी ओलीको कदम अलोकतान्त्रिक, तानाशाही र अधिनायकवादी हो भनेर कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेको छ, नेताहरुचाहिं जनतालाई कन्फूयजनमा पारेर हिंड्ने… पुरा पढौ

प्रधानमन्त्री ओलीले देशलाई ध्रुविकरणमा लगे : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई यसो गर र उसो गर भनेर भन्न नहुने बताएका छन् । नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले संसद विघटन सम्बन्धी मुद्धामा अदालतलाई यहि गर भनेर राजनीतिक दलले भन्न नहुने बताएका हुन् । अदालतले जे फैसला गरेपनि कांग्रेसलाई मान्य भएको बताउँदै उनले भने,‘अदालतलाई हामीले यसो गर, उसो गर भन्ने होइन । सडकमा आन्दोलन गर्ने होइन ।’ उनले अगाडि थपे,‘संसद विघटन सम्बन्धी मुद्धा अदालतमा बिधाराधीन छ,… पुरा पढौ

पाकिस्तानी राजदूत साहरेलद्वारा आँखा अस्पतालको निरीक्षण

चितवन। नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने बताएका छन्। उनले आज अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा राजदूत शाहले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिए । उनले भने, “नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनुहोस्, अध्ययनपछि के सहयोग गर्न सकिन्छ, हामी गर्छाै ।” आँखा उपचार जस्तो महत्वपूर्ण सेवा अस्पतालले उपलब्ध गराउँदै आएकोमा उनले प्रशंसासमेत गरे । कार्यक्रममा नेपाल नेत्रज्योति… पुरा पढौ