देश

विद्यालय, जिमखाना र सिनेमा हलहरु खुल्दै

कोभिडका कारण बन्द भएका विद्यालयहरू खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी) निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो। सरकारको पूर्व निर्णयअनुसार रोक लगाइएका सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरिएको हो। यस्तै, बैठकले नयाँ कोरोना भाइरसको संक्रमणको… पुरा पढौ

नक्कली पीसीआर रिपोर्ट पेश भएको पाइएपछि विदेश जान खोज्ने पक्राउ

कोभिड–१९ को नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, सल्यानका दिनेशसिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पीसीआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ परेका हुन् । पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा विमानस्थल प्रहरीले उनीहरुलाई रोकी अनुसन्धानका लागि गौशाला पठाएको थियो।… पुरा पढौ

शुभकामना महिला विकास केन्द्र पोखराको अध्यक्षमा सुमिता

शुभकामना महिला विकास समितिमा सुमिता शुभकामना महिला विकास केन्द्र पोखराको अध्यक्षमा सुमिता श्रेष्ठ निर्विरोध चयन भएकी छिन् । सो समितिको निर्देशकमा पूर्व अध्यक्ष राधिका थापा, उपाध्यक्ष ज्ञानु श्रेष्ठ, सचिव इन्द्र श्रेष्ठ, सह–सचिव प्रमिला जोशि, कोषाध्यक्षमा लक्ष्मी गुरुङ्ग तथा सदस्यहरुमा बुद्दीसुब्बा गुरुङ्ग, सावित्रि श्रेष्ठ, पुष्पा श्रेष्ठ, सञ्जु पराजुली रहेका छन् । २०६१ मा स्थानीय महिलाहरुद्धारा महिला क्षमता विकास, शिक्षा, स्वास्थ्य सहित सामाजिक कार्यहरुका लागि स्थापना गरिएको संस्थापक अध्यक्ष तथा निर्वाचन संयोजक तिर्थ श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सल्लाहकार एवं रेडियो सराङ्गकोटका कार्यकारी… पुरा पढौ

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो । सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल सङ्ख्या (२० देशका ) ३१५ पुगेको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् ।… पुरा पढौ

विशङ्खुनारायणको महास्नान सोमबार गरिँदै

मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायणको भोलि महास्नान हुँदैछ । गोदावरी नगरपालिका–२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ । हरेक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनअनुसार भोलि सो कार्य गर्ने तयारी गरिरहेको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नारायणको प्राकृतिक शिलाको मूर्तिलाई चाँदीको गरगहना लगाइदिएर पञ्चामृत, गाईको दूध र जलले महास्नान गर्नुका साथै नारायणलाई छोपेर राखेको तामाको जलधारीसमेत वर्षमा एकपटक झिकेर सफा… पुरा पढौ

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राति देशभर… पुरा पढौ

शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै

भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रबाट लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने… पुरा पढौ

मुख्यमन्त्री पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम हुनुहुन्छ : मन्त्री फुँयाल

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताउनुभएको छ । आज रासससँग कुरागर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गर्नुभयो । उहाँले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि प्रदेशसभा सदस्यले गरेका हस्ताक्षरको दुरुपयोग भएको पाइएको तथा प्रस्तावमा हस्ताक्षर गरिएका सदस्यले आफ्नै दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमा आफ्नो नाम र हस्ताक्षर कीर्ते भएको बताएको उल्लेख गर्नुभयो । उहाँले कसैलाई मुख्यमन्त्री बनाउन… पुरा पढौ

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा

त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको थियो । त्रिविका लागि पृथु बाँस्कोटाले २८ तथा सुसान्त तिमिल्सिनाले २१ रन बनाउनुभयो । बलिङतर्फ चितवनका दीपेश श्रेष्ठ, दिवस आचार्य र प्रशान्त महतले दुई–दुई विकेट लिनुभयो ।… पुरा पढौ

नयाँ वर्षको पहिलो दिन विश्वभर ३ लाख ७१ हजार नयाँ शिशुको जन्म

नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी ३ लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएकोछ। कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भनेका छन्, ‘हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ।’ फोरुघद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो। त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो। तथापि, कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो।’ संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको… पुरा पढौ