देश

प्रजातन्त्र दिवसः ४०१ कैदीलाई माफी मिनाहा, १७९ जनालाई कैद छुट

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार खिर्हाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको छ। लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो। यस्तै, राष्ट्रपतिले आजसम्म कम्तीमा ५० प्रतिशत कैद… पुरा पढौ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाण्डौं । सरकारले शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा कारागारमा रहेका बन्दीको कैद समय छुट दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यही माघ १५, माघ २९ र फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जिल्ला प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानी व्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेकालाई सरकारले त्यस्ता कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरेको जानकारी दिए । उनले मन्त्रिपरिषद्ले कैदीलाई छुट… पुरा पढौ

प्रजातन्त्र दिवसका अवसरमा बन्दीको कैद सजाय मिनाहा

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन )ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो । यस्तै राष्ट्रपतिले आजसम्म कम्तीमा… पुरा पढौ

संसद पुर्नस्थापना नभए मुलुक बर्बाद हुन्छ : कांग्रेस बरिष्ठ नेता पौडेल

देउवापछि बोलेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वलाई जे मन लाग्यो त्यहि बोल्दै नहिंड्न चेतावनी दिए । नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौं फर्किने फ्लाईटका कारण पौडेलभन्दा पहिले बोलेका कांग्रेस सभापति देउवाले कांग्रेसले संसद पुर्नस्थापना वा निर्वाचन मध्ये कुनैपनि विषयमा नलागी अदालतको फैसला मान्ने बताएपछि आक्रोसित बनेका पौडेलले भने,‘केपी ओलीको कदम अलोकतान्त्रिक, तानाशाही र अधिनायकवादी हो भनेर कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेको छ, नेताहरुचाहिं जनतालाई कन्फूयजनमा पारेर हिंड्ने… पुरा पढौ

प्रधानमन्त्री ओलीले देशलाई ध्रुविकरणमा लगे : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई यसो गर र उसो गर भनेर भन्न नहुने बताएका छन् । नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले संसद विघटन सम्बन्धी मुद्धामा अदालतलाई यहि गर भनेर राजनीतिक दलले भन्न नहुने बताएका हुन् । अदालतले जे फैसला गरेपनि कांग्रेसलाई मान्य भएको बताउँदै उनले भने,‘अदालतलाई हामीले यसो गर, उसो गर भन्ने होइन । सडकमा आन्दोलन गर्ने होइन ।’ उनले अगाडि थपे,‘संसद विघटन सम्बन्धी मुद्धा अदालतमा बिधाराधीन छ,… पुरा पढौ

पाकिस्तानी राजदूत साहरेलद्वारा आँखा अस्पतालको निरीक्षण

चितवन। नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने बताएका छन्। उनले आज अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा राजदूत शाहले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिए । उनले भने, “नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनुहोस्, अध्ययनपछि के सहयोग गर्न सकिन्छ, हामी गर्छाै ।” आँखा उपचार जस्तो महत्वपूर्ण सेवा अस्पतालले उपलब्ध गराउँदै आएकोमा उनले प्रशंसासमेत गरे । कार्यक्रममा नेपाल नेत्रज्योति… पुरा पढौ

प्रधानमन्त्री ओलीबाट अदालतमा लिखित जवाफ पेश

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफँै लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो । ‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैैँ उपस्थित भएर उनले लिखित जवाफ पेश गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीले लिखित जवाफ मात्र दिए पनि हुनेमा अदालतको सम्मान गर्दै आफैँ आएर पेश… पुरा पढौ

भागरथी हत्या प्रकरणमा पक्राउ परेका युवक सार्वजनिक

बैतडी । भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । बैतडीकी १७ वर्षीया युवती भागरथी भट्टको हत्याको अभियोगमा पक्राउ परेका १७ वर्षीय दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको हो । घटनामा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए । पक्राउ परेका भट्ट भागरथी अध्ययन गर्ने विद्यालय सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत युवक हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा पढ्थिन… पुरा पढौ

गण्डकी प्रदेशमा १५ संक्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कास्की, तनहुँ, स्याङ्जा र म्याग्दीका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार कास्कीको पोखरा महानगरपालिकाका १२ तथा तनहुँ, स्याङ्जा र म्याग्दीका १÷१ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १६ जना संक्रमित निको भएका छन् । बुधबार १५ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ८ सय ६३ पुगेको छ… पुरा पढौ

बिहीबारदेखि देशभर मौसम सफा हुने

काठमाडौँ। बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार यस प्रणाली सक्रिय नभएकाले ठूलो हुन सकेन । वर्षा हुनका लागि पश्चिमी वायुसँगै प्राप्त मात्रमा जलवाष्युक्त बहनु पर्छ । हाल देशको उच्च… पुरा पढौ