देश

४०० जना कोरोना भाइरस मुक्त हुँदा २६६ जनामा संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । पछिल्लो २४ घण्टामा चार सय जना कोरोना भाइरस संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधीमा २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा तीन हजार ५०८ जनामा गरिएको पिसिआर नमुना परीक्षणमा उनिहरुमा कोरोना भाइरस संक्रमण पाइएको हो । आज थपिएका मध्य १७५ पुरुष र ९१ जना महिला छन् । निर्देशनालयले दिएको जानकारी अनुसार काठमाण्डौंमा… पुरा पढौ

प्रतिनिधिसभा विघटन मुद्दाः अर्काे सुनुवाइ सोमबार

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो । दोस्रो सत्रको आजको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताउनुभयो । संवैधानिक इजलासमा आज भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट यसअघि अधिवक्ता भण्डारी स्वयंले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताउनुभयो । त्यस्तै… पुरा पढौ

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ । देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरुप झापाको चन्द्रगढी, मोरङ्को विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगञ्ज तथा कैलालीको धनगढी विमानस्थलको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न गरेको क्यानको २२औँ वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । देश सङ्घीयतामा भएको परिप्रेक्षमा प्रादेशिक रुपमा महत्वपूर्ण ठूला आन्तरिक विमानस्थलाई प्रदेश… पुरा पढौ

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

काठमाडौँ। सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । उक्त एन्ड्रोइडमा एपमा आज मध्याह्न १२ बजेसम्म एक लाख ६२ हजार ५०० प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ४० हजार बढी प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका (खाता खोल्न सफल भएको) छन् । धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भए तापनि विभिन्न कारणले गर्दा एक लाख २२ हजार बढीको विवरण प्रमाणीकरण… पुरा पढौ

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ। मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्णरुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार तत्काल वर्षा हुने सम्भावना भने रहेको छैन । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको… पुरा पढौ

कोरोना : विदेशमा ३१९ नेपालीको निधन

काठमाडौँ। कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९को निधन भएको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा सङ्क्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो ।… पुरा पढौ

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ ः वरिष्ठ नेता पौडेल

चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन यहाँ आज आयोजित श्रद्धाञ्जलिसभामा उहाँले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने स्पष्ट गर्नुभयो । उहाँले तिमिल्सिनाको निधनले पार्टीलाई एउटा कर्मीमौरीको रिक्तता खड्कन पुगेको बताउँदै उहाँ जस्ता कार्यकर्ताका कारण कांग्रेसले आजसम्म विभिन्न आन्दोलनको नेतृत्व गर्न सकेको हो भन्नुभयो । उहाँले भन्नुभयो, “राजनीति त्यागको पाटो… पुरा पढौ

रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु

काठमाडौँ। स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ८०० मा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै रु ७०० ले घटेको छ । रु ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज… पुरा पढौ

१० नेपालीले के टू हिमालको सफल आरोहण गरेर विश्व रेकर्ड बनाए

पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेर १० जना नेपाली आरोहीहरुको समूहले विश्व कीर्तिमान बनाएका छन्। अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन। सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा ५ बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिए। ८ हजार ६ सय ११ मिटर अर्थात् विश्वकै दोश्रो अग्लो के टू हिमालमा अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक… पुरा पढौ

प्रधानमन्त्री ओलीको प्रश्न : “मैले हँसाएँ भनेर किन पीर ?”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गरे । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले… पुरा पढौ