देश

पिसाब फेर्न जाँदा लडेर मृत्यू

स्याङ्जामा लडेर एक जनाको मृत्यू भएको छ । पिसाब फेर्न जाँदा आफ्नै घरको एक तला माथिबाट लड्दा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नम्बर ८ क्वामीका ४० वर्षिय रामचन्द अवस्थीको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घर माथिबाट लडेर घाइते भएका उनलाई उपचारका लागि चापाकोट अस्पताल लगिएपनि उनको उपचारको क्रममा मृत्यू भएको प्रहरी बरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । स्याङ्जामा लडेर एक जनाको मृत्यू… पुरा पढौ

भेरोसेलको दोस्रो मात्रा पर्सिदेखि

सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको… पुरा पढौ

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। समाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै खड्काले सन्यास लिएको घोषणा गरेका हुन्। पारसले खेल जीवनमा साथ सहयोग र हौसला प्रदान गर्ने सबैमा आभार समेत व्यक्त गरेका छन्। उनले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै लामो समय सफल कप्तानी समेत सम्हालेका थिए। नेपालका लागि राष्ट्रिय र अन्तराष्ट्रिय गरि १७ वर्ष क्रिकेट खेलेका पारस एक सफल अलराउन्डरका रुपमा पनि चिनिन्छन्। यु–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले… पुरा पढौ

आजको मितिबाट ४१ राजनीतिक दलको दर्ता खारेज

निर्वाचन आयोगले लगातार ३ वर्षसम्म लेखा परीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता आज (बुधबार) बाट खारेज गरेको छ। आयोगको हिँजो (मंगलबार) बसेको बैठकले यही साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो। आयोगमा १ सय ३६ दल दर्ता रहेकोमा ४१ दल खारेज भएपछि अब ९५ वटा दलको मात्र दर्ता कायम रहनेछ। आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह… पुरा पढौ

मनसुन शुरु भएयता देशभर बाढीपहिरोका ६१९ घटना

काठमाण्डौं । मनसुन शुरु भएयता हालसम्म देशभर ६१९ बाढीपहिरोका घटना भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाँणले मनसुन शुरु भएयता भएका घटनाबारे जानकारी दिँदै गत जेठ ३१ देखि साउन १९ गतेसम्म देशका विभिन्न जिल्लामा ६१९ प्राकृतिक विपत्तिका घटना भएका बताउनुभयो । ती घटनाबाट सिन्धुपाल्चोक, डोटीलगायत ५६ जिल्लामा ६६ जनाको मृत्यु, ४० जना बेपत्ता र २१ जना घाइते भएका छन् । देशभर हालसम्म ६९० निजी घर पूर्णरूपमा क्षति र १६२ घरमा आंशिक क्षति भएको छ । विभिन्न ३७ वटा सरकारी… पुरा पढौ

तुइन विस्थापन गरि पुल निर्माण गर्न सांसदहरुको माग

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशैभरिका तुइन विस्थापन गरी पुल निर्माण गर्न माग गरेका छन् । बैठकको विशेष समयमा उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक तुइन विस्थापन भएको भने पनि अहिले पनि दुर्गम जिल्लामा तुइन यथावत् रहेको जनाउँदै जतिसक्दो चाँडो तुइन विस्थापन गरी पुल निर्माण गर्न जोड दिएका हुन् । नेपाली कांग्रेसका दिलेन्द्र बडूले भन्नुभयो, “पूर्वप्रधानमन्त्री ओलीले तुइन विस्थापन भयो भन्नुभएको होइन ? तुइन त जहाँको तहीँ छ, अब यो सरकारले तुइन विस्थापन गरी पुल निर्माण गर्नुपर्छ ।… पुरा पढौ

गण्डकीमा सरकारको एक तिहाई, नीजि क्षेत्रको दुई तिहाई लगानी

प्रदेश विकास समस्या समाधान समिति बैठक सोमबार पोखरामा भएको छ । कार्यक्रममा मुख्यमन्त्री एवं समितिका अध्यक्ष कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक चाप र संवैधानिक वाध्यताका बीच चालु आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी कार्यान्वनमा जुटेको बताए ।विकासका सवालमा प्रदेश सरकारले आफ्नो तर्फबाट सबैसँग हातेमालो गरी सँगसँगै हिँड्ने वातावरण तयार गर्ने विश्वास दिलाउँदै उनले गत आर्थिक वर्षमा पुँजीगत खर्चमा करिब ८५ प्रतिशत प्रगति हासिल भएको बताए ।प्रथम आवधिक योजनाले पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव संशाधन र… पुरा पढौ

नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख नाघ्यो

काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनामा परीक्षण गर्दा ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमित हुनेको संख्या ७ लाख २ हजार ९७ पुगेको हो । सोही अवधीमा ३ हजार ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ जना यो सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट… पुरा पढौ

मन्त्रिपरिषदद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाण्डौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो । विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित हुँदै आएको थियो । देशभरका सामुदायिक विद्यालयका लागि नयाँ शिक्षक भर्ना, बढुवालगायतका काम प्रभावित भएको थियो । आयोगमा पदाधिकारी नियुक्तिसँगै अब ती कामले गति लिनेछ । यस्तै, कोरोनाविरुद्धको… पुरा पढौ

मेयर जिसी अस्पतालबाट डिस्चार्ज

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघात भई काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत मेयर जिसी मंगलबार डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका मेयर जिसीलाई अस्पतालका चिकित्सक, नर्सलगायतले माला र खादा लगाएर पूर्ण स्वास्थ्य लाभको कामना गर्दै बिदाई गरेका थिए । अस्पतालबाट डिस्चार्ज भएपनि मेयर जिसी चिकित्सकको निगरानीमै रहनेछन् । सोहि कारण मेयर जिसीलाई उनको छोरीको घर बुढानिलकण्ठमा राखिएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । उनका अनुसार त्यहाँ स्वास्थ्यकर्मीको एक टोली चौविसै घण्टा… पुरा पढौ