देश

सहिद तथा बेपत्ता परिवारलाई सम्मान र बिमा

पोखरा । विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा कास्की रुपा गाउँपालिकामा मात्र १८ जना सहिद तथा बेपत्ता भए । १७ जना घाइते छन् भने ४० जना द्वन्द्व पीडित छन् । ८ जनाले जेलनेल खेपेका छन् । गाउँपालिकाले तिनै सहिद तथा बेपत्ता, घाइते, द्वन्द्व पीडित र जेल जीवन भागेको व्यक्तिका परिवारलाई सम्मान तथा विमा गरेको छ । गएको फागुन महिनामै यस्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो तर कोभिड–१९ का कारण रोकिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । ‘गएको वर्ष नै… पुरा पढौ

कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६० र एक लाख नौ हजार ३१२ जनाले २.८१ देखि ३.२० जिपिए(स्तरीकृत अङ्क) ल्याएका छन् । त्यसैगरी ५२ हजार ४२७ जनाले २.०१ देखि २.४०, सात हजार १६४ जनाले १.६१ देखि २.०, ३३३ जनाले १.२१ देखि १.६०, चार जनाले ०.८१ देखि १.२० र १८ हजार ८८९ जनाले… पुरा पढौ

मुलुकलाई स्थायित्व दिन निर्वाचन गर्न लागिएको हो : उपप्रम पोखरेल

नुवाकोट।उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताएका छन् । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारेका छन् । “तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन । निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन”,… पुरा पढौ

घरघरमा नमूना सङ्कलन

काठमाडौँ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बिरामीको घर–घरमा पुगेर रगत, दिशापिसाबको नमूना सङ्कलन शुरु गरेको छ । स्थानीय टोखामा रहेको उक्त अस्पतालले बिरामीको सुविधाका लागि प्रत्येक दिन बिहान ७ देखि ११ बजेसम्म बिरामीको घर–घरमै पुगेर नमूना सङ्कलन शुरु गरेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अशक्त बिरामीको सजिलोका लागि अस्पतालले बिरामीको घरघरमै पुगेर रगत, दिशापिसाबको नमूना सङ्कलनको व्यवस्था मिलाएको जानकारी दिए। । रोगले थला परेका बिरामीलाई घरमै पुगेर रगत, दिशापिसाबको रिपोर्ट लिँदा सहज हुने भएकाले ग्राण्डी अस्पतालले उक्त व्यवस्था शुरु गरेको हो,”उनले… पुरा पढौ

ने.रा.भू.पू.सैनिक तथा प्रहरी संगठन कास्कीको अध्यक्षमा शेरबहादुर

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन कास्कीको पाचौं अधिवेशनले वेलायती सैनिकका पूर्व नायक शेरबहादुर गुरुङको अध्यक्षतामा ३० सदस्यीय नया कार्य समिति चयन गरेको छ । अधिवेशनले ब्रिष्ठ उपाध्यक्षमा क्याप्टेन डेलबहादुर गुरुङ, उपाध्यक्षमा नायक शुकबहादुर खत्री, सचिवमा हवल्दार खमबहादुर केसी, सहसचिव वीरमाया गुरुङ, कोषाध्यक्षमा हवल्दार धीरबहादुर गुरुङ र सह–कोषाध्यक्षमा हवल्दार भक्तबहादुर गुरुङलाई चयन गरेको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज लालकाजी गुरुङले भूपू सैनिक तथा प्रहरीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।… पुरा पढौ

एभरेस्ट एफएमकर्मी दीलप्रसाद गुरुङ सम्मानित

एभरेस्ट एफएमकर्मी दीलप्रसाद गुरुङ सम्मानित भएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जका प्राविधिक प्रमुख गुरुङ तमु सञ्चारकर्मी संघ नेपालद्वारा सञ्चालित ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार २०७७’बाट सम्मानित भएका हुन् । तमु सञ्चारकर्मी संघले पोखरामै आएर आईतबार एक कार्यक्रमकाबीच गुरुङलाई नगद ११ हजार १ सय ११ रुपैयाँ राशीसहित फेटा, खादा र सम्मानपत्र प्र्रदान गरेको हो । उक्त पुरस्कारबाट पहिलोपटक रेडियो प्राविधिक सम्मानित भएको बताइएको छ । पुरा पढौ

प्रतिनिधिसभा विघटनका मुद्दा ः रिट निवेदकको बहस सकियो

काठमाण्डौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु भएको १३औँ दिन आज रिट निवेदकका तर्फबाट बहस सकिएको छ । रिट निवेदक १३ जना थिए । उनीहरुका तर्फबाट हालसम्म रिट निवेदक र कानून व्यवसायी गरी ६८ जनाले बहस गरे । सोमबारदेखि विपक्षीको बहस शुरु हुनेछ । रिट निवेदकका तर्फबाट आज गोपाल पाण्डे, अमिता गौतम, कृतिनाथ पौडेल र खडानन्द कँडेलले बहस गरे । त्यस्तै रिट निवेदक लोकेन्द्रबहादुर ओली र केशरजङ्ग शाहीका तर्फबाट खेमानन्द अधिकारी र पूर्णप्रकाश बस्नेतले तथा रिट निवेदक कमलबहादुर खत्रीका तर्फबाट… पुरा पढौ

कोरोनाबाट थप तीन नेपालीको निधन

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।… पुरा पढौ

नव आगन्तुक सामाजिक विकास सचिवलाई जिल्ला भलिबल संघ कास्कीको स्वागत

जिल्ला भलिबल संघ कास्कीले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा हालसालै मात्र सरुवा भएर आएका सामाजिक विकास मन्त्रालयका सचिव बिनोद कुँवरलाई स्वागत गरेको छ । संघले आईतबार एक औपचारिक कार्यक्रम गरी सचिव कुँवरलाई स्वागत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य राजिव पहारी, जिल्ला भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुली, राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सम्पन्न श्रेष्ठलगायतले माला र खादा लगाएर सचिव कुँवरलाई स्वागतसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । भव्य स्वागत पाएर दंग परेका सामाजिक विकास… पुरा पढौ

६४ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

चौथो दिन (शनिबार) देशभरका १४ हजार ८ सय ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। शनिबार प्रदेश–१ मा १ हजार ५ सय ४७, प्रदेश–२ मा २ हजार १ सय १०, वागमती प्रदेशमा ५ हजार ४ सय २, गण्डकी प्रदेशमा १ हजार ८ सय ८७, लुम्बिनी प्रदेशमा २ हजार ६३, कर्णाली प्रदेशमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनामा खोप लगाए। योसँगै खोप अभियानको चौथो दिनसम्म ६४ हजार ४ सय २२ जनाले खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले… पुरा पढौ