देश

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चौथो दिनको सुनुवाइ जारी

काठमाडौँ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज चौथो दिनको सुनुवाइ जारी छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । देउवा पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता सविता भण्डारीले बहस शुरु गर्दैै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तर्क राखे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बुधबारदेखि नियमित सुनुवाइ भइरहेको छ । यसअघि पनि कानून व्यवसायीले बहसका क्रममा राष्ट्रपति… पुरा पढौ

एसियन च्याम्पियनसीप भलिबलका लागि खेलाडी छनौट समिति गठन

एसियन महिला सिनियर च्याम्पियनसीप भलिबलको खेलाडी छनोटका लागि नेपाल भलिबल संघले खेलाडी छनौट समिति गठन गरेको छ। संघले मनवीर छन्त्यालको संयोजकत्वमा खेलाडी छनौट समिति गठन गरेको हो। छनौट समितिमा नेपाल भलिबल संघका सचिव छन्त्यालसहित केन्द्रीय सदस्य रीता कोइराला, ज्योती केसी, जुनु पुन, प्रमुख प्रशिक्षक प्रज्वलबहादुर सिंह, मुख्य प्रशिक्षक जगदिश भट्ट र सहायक प्रशिक्षक भरत यादव छन्। यस समितिले अगष्टको २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा आयोजना हुने एसियन च्याम्पियनसीपका लागि प्रारम्भिक १८ सदस्यीय महिला भलिबल खेलाडीहरु छनोट गर्नेछ। नेपालले पहिलो… पुरा पढौ

क्रिकेटको बन्द प्रशिक्षण स्थगन

काठमाण्डौं । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कोभिड १९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो । मङ्गलबारदेखि बन्द प्रशिक्षण थालेको थियो । सो बन्द प्रशिक्षणमा १९ खेलाडी सम्मिलित थिए । बन्द प्रशिक्षण स्थगन गरिए पनि सामान्य प्रशिक्षण भने जारी रहने क्यानले जनाएको छ ।खेलाडीहरूलाई प्रशिक्षण दिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोर हालै श्रीलङ्काबाट नेपाल… पुरा पढौ

२०१६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा, ४९१४ संक्रमणमुक्त

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । देखिएका सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको छ । सोही अवधीमा चार हजार ९१४ जना घर फर्किएका छन् । योसँगै कूल पाँच लाख ८१ हजार ३२७ जना निको भएका छन्… पुरा पढौ

निर्वाचन नै लोकतन्त्रको प्राण ः उपप्रधानमन्त्री पौडेल

काठमाण्डौं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताएका छन् । उनले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताएका हुन् । उनले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका क्रममा केही दलहरु निर्वाचनसँग डराएको बताए । उनले निर्वाचन बाध्यकारी रुपमा आएकाले सबैलाई निर्वाचनका लागि तयार रहन आग्रहसमेत गरे । उनले सरकारले पूर्वाधार निर्माणका क्षेत्रमा, मानवीय संसाधनको विकासका दृष्टिले, जनताको जीवनस्तरमा आएको विकास र प्रगतिका क्षेत्रमा हरेक दृष्टिकोणले नेपालले विकासका नयाँ नयाँ मानक प्रस्तुत गर्दै… पुरा पढौ

चन्द्रा आचार्यको तीज गीत तम्रा मयाले सार्वजनिक

काठमाडौं । नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिँदै गर्दा श्रष्टाहरुले तीजसँग सम्बन्धित गीतहरु सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा विशुद्ध नेपाली संस्कृति झल्किएको गायिका चन्द्रा आचार्यको तीज गीत तम्रा मयाले सार्वजनिक भएको छ । यो गीत चन्द्राको पहिलो सांगितिक कोशेली हो । खप्तड देखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक विषय समेटिएको पश्चिमी लोक शैलीको यो गीतमा लक्ष्मी प्रसाद गौतमको शब्द छ । गीतमा संगीत गौरव दर्पणको छ भने संगीत संयोजन सुरथ प्रधानले गरेका छन् । सुर संगीत रेकर्डिङ स्टुडियोमा… पुरा पढौ

फिफा महिला वरीयतामा नेपालको एक स्थान सुधार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो। नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ। अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औं स्थानमा थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा छ। यस्तै, दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ। विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ। यस्तै, जर्मनी… पुरा पढौ

जुडोकी सोनियाले ओलम्पिक खेल्ने

जुडोकी सोनिया भट्टले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन्। वाइल्ड कार्ड प्राप्त गर्दै सोनियाले ओलम्पिकमा खेल्ने पक्का भएको हो। सोनिया टोकियो ओलम्पिकका लागि छनोट हुने पाँचौं नेपाली खेलाडी हुन्। यसअघि, सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोचीचन्द्र पार्कीले खेल्ने पक्का भइसकेको छ। सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी काँस्यधारी खेलाडी हुन्। सोनियाले महिला ४८ केजीमुनि काँस्य जितेकी थिइन्। उनी विश्व जुडो च्याम्पियनसीपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी समेत हुन्। सन् २०१९ मा… पुरा पढौ

रोकिएको जनगणना पुनः शुरु हुँदै

काठमाण्डौं । कोराना सङ्क्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनःशुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको छ । गत वैशाख १९ गतेको मन्त्रीपरिषद् बैठकले बढ्दो कारोना सङ्क्रणका कारण असहज परिस्थिती निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो । पछिल्ला दिनमा कोरोना सङ्क्रमणदर केही नियन्त्रणमा आएसँगै जनगणनाका बाँकी कामलाई निरन्तरता दिने उद्देश्यले तथ्याङ्क विभागले जनगणना निर्देशक समितिको बैठक बोलाएको होे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा… पुरा पढौ

सुरक्षा निकायलाई गृहमन्त्री पौडेलको निर्देशन

काठमाण्डौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिए । गृहमन्त्रीको रूपमा आज पदभारग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिए । आफू फरक खालको व्यक्ति भएको जानकारी गराउँदै उनले हरेक व्यक्ति आआफ्नो जिम्मेवारी सम्पादन गर्न सबै स्वतन्त्र हुने बताए। उनले जिम्मेवारी अनुसार आफूलाई नतिजा भने चाहिनेसमेत उल्लेख गरे। गृहमन्त्री पौडेलले भने,… पुरा पढौ