म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँ सुन्तलाखेतीका लागि जिल्लाकै नमूना बगैँचाको रुपमा स्थापित भएको छ । अन्य क्षेत्रका सुन्तला उत्पादनमा भारी ह्रास आए पनि उक्त क्षेत्रमा नगण्य मात्रमा उत्पादनमा कमि आएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । उमाचोक सुन्तला ब्लक सञ्चालक समितिलाई चालू आर्थिक वर्षमा रु २२ लाख ७२ हजार ४९३ सहयोग गरिएको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताउनुभयो । सुन्तला खेती विस्तार, रोग निवारण, साना सिँचाइ कार्यक्रम, सुन्तला बिरुवा रोपण, बगैँचा सुदृढीकरणलगायत उक्त रकमको व्यवस्था गरिएको हो ।…
पुरा पढौ