देश

संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीको चुनाव सिफारिस जायज हुन्छः डा भट्टराई

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले देश निर्वाचनको वातावरणमा गइसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले संसद्मा बहुमतप्राप्त प्रधानमन्त्रीको घोषणानुसार निर्वाचन हुने भएकाले राज्यका सबै संयन्त्र निर्वाचनको तयारीमा लागेको बताउनुभयो । सत्तापक्ष र प्रतिपक्ष पनि निर्वाचनको तयारीमा लागेका छन्, प्रमुख प्रतिपक्षले निर्वाचनको तयारीकै लागि निर्वाचन क्षेत्र केन्द्रित गरेर १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गरेको छ, अब निर्वाचन हुँदैन कि भन्ने आशङ्कामा नजाऔँ, सबै निर्वाचनको तयारीमा लागौँ”, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता डा भट्टराईले… पुरा पढौ

सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण

एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो । एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लबले एपएफसी… पुरा पढौ

नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन् । नेवार समुदायमा यःमरीको विशेष महत्व छ । विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो । यःमरी मठमन्दिर,… पुरा पढौ

आज तमु ल्होसार पर्व, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आज पुष १५ गते (बुधबार), अर्थात तमु ल्होसार पर्व। तमु ल्होसारलाई तमुहरुको नयाँ वर्षको रुपमा लिने गरिन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट हुन्छ, आज गुरुङ समूदायको नयाँ वर्ष हो। यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन्। बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन्। यि जनावरहरुमा मुसा, गोरु, गाई, खरायो, चील, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकर, मृग र सुंगुरहरु… पुरा पढौ

ओलीको नक्कली राष्ट्रवादको मुखुण्डो उत्रियो : पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको सेटिङमा संसद विघटन गरेको आरोप लगाएका छन् । नेकपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ओलीले विदेशीको ईशारामा संसद विघटन गरेको आरोप लगाएका हुन् । भन्न त ओलीजीले मैले सेटिङ गरेर संसद विघटन गरेको भन्नुहुन्छ,उनले भने,‘तर उहाँले आफ्नो होईन, अर्काको सेटिङमा संसद विघटन गर्नुभो ।’ अर्काको सेटिङमा संसद विघटन गरेकाले अब तपाईं (ओली) आफ्नो सेटिङमा हिंड्न सक्नुहुन्छ,उनले थपे,‘अब तपाईं अर्काको सेटिङमा… पुरा पढौ

विदेशबाट फर्किएका युवा स्वरोजगारतर्फ उन्मुख हुँदै

–सिद्धराज भट्ट कोरोना भाइरस महामारीका कारण संयुक्त अरब इमिरेटस (युएई) को रोजगारी छाडेर घर फर्केका धनगढी उपमहानगरपालिका–१ का गजेन्द्र शाहलाई पुनः वैदेशिक रोजगारीमा जाने चाहना छैन । पुनः वैदेशिक रोजगारीमा जान नपरोस् भनेर उहाँले आएकै दिनदेखि विभिन्न अवसरको खोजी गरिरहेका थिए । जिल्ला लघुउद्यमी समूह कैलालीको सहयोगमा अहिले गरिएको उहाँ कुखुरापालन व्यवसायमा संलग्न हुनुहुन्छ । विगत सम्झदै उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा भोगेको पीडाका कारण पुनः उतै जान नपरोस् भन्ने चाहना छ ।” “विदेशबाट फर्किएपछि के काम गर्ने भनेर ‘रानी हराएको मौरी’ जस्तै अन्योलको… पुरा पढौ

प्रधानमन्त्री कपको वाग्मती छनोट बिहीबारदेखि

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता बिहीबारदेखि राजधानीमा शुरु हुने भएको छ । प्रतियोगितामा वाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट सङ्घले जनाएको छ । सो प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइने सङ्घले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडाँ, भक्तपुर, नुवाकोट र मकवानपुर तथा समूह ‘बी’ मा ललितपुर, चितवन र… पुरा पढौ

विराटनगर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

मोरङको विराटनगरस्थित कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ । महिला ५०जना र पुरुष २५०जना गरी कूल ३०० जना बन्दी अट्ने क्षमता रहेको सो कारागारमा अहिले पुरुष ८३२ जना , महिला ८४ जना र नाबालक दुई गरी ९१८ जना रहेका छन् कारागाराका नायब सुब्बा रामप्रसाद पोखरेलले कारागारमा कैदीको चाप रहे पनि कारागारामा कोभिड–१९ को कारण कसैको ज्यान नगएको जानकारी दिनुभयो । उहाँका अनुसार आमासँगै आश्रित नाबालक बढीमा तीन वर्षसम्म मात्र बस्न पाउँछन् । कारागारमा कैदीबन्दीले सिदाको रुपमा दैनिक… पुरा पढौ

रु ८०० ले ओरालो लाग्यो पहेंलो धातुको मूल्य

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा सोमबार कारोवार भएको थियो । यस्तै तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार… पुरा पढौ

सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुल्ला

पोखरा । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम आजबाट खुल्ला भएको यातायत व्यवस्था विभागले जनाएको छ । विश्वव्यापी माहामरीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण बन्द भएको अनलाइन फारम आजबाट खुल्ला गरिएको विभागका प्रवक्ता डा. लोकानाथ भुषालले जानकारी दिए । गत चैत १० गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार कोरोना भाइरस कोभिड–१९ का कारण चैत ११ गतेबाट बन्द भएको लाइसेन्स)को अनलाइन फारम १० महिनापछि आजबाट खुल्ला गरिएको हो । साथै विभागले स्वास्थ्य मापदण्ड पालनामा भने ध्यान दिन सबैलाई आग्रह गरेको छ ।… पुरा पढौ