देश

पहिलो एसिया प्यासिफिक युवा सम्मेलनको तयारी अन्तिम चरणमा

एसिया प्यासिफिक युवा सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा आगामी डिसेम्बर ५ मा हुने पहिलो विश्व युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।“युवा, नवीनता र राष्ट्र निर्माण” मूल नारासहित हुन लागेको सम्मेलनमा एसिया क्षेत्रमा रहेका देशका एनआरएनएभित्र र बाहिर रहेका युवाहरुलाई सम्मिलित गराई राष्ट्र निर्माणको लागि युवाको भूमिका र आजको आवश्यकता लगायतका विषयहरुमा छलफल र बहस गरिने एसिया प्यासिफिक युवा कमिटीका संयोजक दीपक कंडेलले जानकारी… पुरा पढौ

फरक क्षमता भएकी ११ वर्षिया बालिकालाई वलात्कार गर्ने प्रकाश नेपाली पक्राउ

११ वर्षिया फरक क्षमता भएकी बालिकालाई वलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । घरमा कोहिपनि नभएको अवस्थामा डर, त्रास र धम्की देखाई जबरजस्ती वलात्कार गरेको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ घर भई पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर बस्ने २९ वर्षिय दीपक भनिने प्रकाश नेपाली पक्राउ परेका हुन् । उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । शनिबार पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका… पुरा पढौ

अपाङ्गता भएकाहरुको स्वास्थ्य, पुनर्स्थापना र कोभिड प्रतिकार्यमा प्रदेश सरकार गम्भिर नबनेको आरोप

अपाङ्गतासँग सम्बन्धित सरोकारवालाहरुले प्रदेश सरकार अपाङ्गता भएकाहरुको स्वास्थ्य, पुर्नस्थापना र कोभिड प्रतिकार्यमा गम्भीर नबनेको आरोप आरोप लगाएका छन् । राष्ट्रिय अपाङ्गता महासंघ नेपालको गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरामा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, पुनर्स्थापना र कोभिड प्रतिकार्यमा प्रदेस स्तरका सरोकारवालाहरु बिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यका सवालमा गम्भिर वन्न नसकेको बताएका हुन।कार्यक्रमका वक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यका कार्यक्रमहरुमा सरकार सरोकारवाला निकायहरु संग छलफल नगरी एकलौटी ढङ्गबाट आगाडि बढन् खोजेको र त्यसले सरकारका लक्षित कार्यक्रमहरु सफल… पुरा पढौ

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७३ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ तहको चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। परीक्षामा ७३ दशमलव ३ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलले शुक्रबार र शनिबार पाँच चरणमा परीक्षा लिएको थियो। परीक्षामा ८ सय ३९ जना सहभागि भएका थिए। जसमा ६१५ जना उत्तीर्ण भएका छन्। कुल सहभागिमध्ये २२४ जना अनुतिर्ण, ४ जना अनुपस्थित र १ जनाको परीक्षा स्थगित गरिएको छ। काउन्सिलले यसपटक कम्प्युटरमा आधारित परीक्षा लिएको थियो। पुरा पढौ

उवा महासंघ निर्वाचनको सबै नतिजा घोषणा, वरिष्ठ उपाध्यक्षमा ढकाल बिजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी भएका छन्। उवासंघको ५४ औ बार्षिक साधारण सभामा सनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन्। वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्। महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ। ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याएका थिए।त्यस्तै ३०… पुरा पढौ

आज चिनियाँ रक्षामन्त्री वेइ फेङहो नेपाल आउँदै

चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे क्रममा आज (आइतबार) नेपाल आउँदैछन्। उनी एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आज काठमाडौँ आउन लागेका हुन्। एकदिवसीय कार्यगत भ्रमणका लागि नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री फेङ होले काठमाडौँमा ८ घण्टा रहनेछन्। काठमाण्डौं बसाईमा फोङ होले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका छन्।उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत भेट गर्ने कार्यक्रम छ। चिनियाँ रक्षामन्त्रीको आज… पुरा पढौ

अनेरास्ववियूका नेता सापकोटाले जन्म दिनमा दान गरे शरिर

नेकपा निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (अनेरास्ववियू)का केन्द्रीय सचिवालय सदस्य क्षितिज सापकोटाले आफ्नो सम्पूर्ण शरिर (ध्जयीभ् द्ययमथ) दान गरेका छन् । नेकपा कास्कीका जिल्ला सदस्यसमेत रहेका विद्यार्थी नेता सापकोटाले जन्म दिनको अवसर पारेर मृत्यूपछिको शरिरलाई चिकित्सा विज्ञानको लागि प्रयोग गर्न पाउने गरि शरिर दान गरेका हुन् । शुक्रबार जन्म दिन परेका सापकोटाले सोहि दिन काठमाडौं पुगेर शरिर दानका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज मेकिडल क्याम्पसको एनोटोमी विगामा निवेदन दिएका थिए । शुक्रबार नै निवेदन दिएपनि प्राविधिक कारणले… पुरा पढौ

प्रचण्डलाई ओलीको काउन्टर : कित आरोप पुष्टि गर्नूस, होईन भने परिणामको भागिदार बन्न तयार हुनुस, प्रतिवेदनको पूर्ण पाठसहित

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी प्रतिवेदन पेश गरेका छन् । नेकपा सचिवालयको शनिबारको बैठकमा ओलीले नेकपका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनलाई काउन्टर दिदै आफ्नो छुट्टै प्रतिवेदन पेश गरेका हुन् । यसअघी मंसिर ३ गते बसेको सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमा सर्वसत्तावाद र व्यक्तिवादी चरित्र हावी भएको, भ्रष्टाचारमा लिप्त भएको, समाजवादतर्फ मुलुकलाई लैजान प्रयास नगर्नुका साथै देशमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध चलखेल गर्दै प्रतिगामीहरुलाई सहयोग गर्नेगरी राज्य सञ्चालन… पुरा पढौ

शनिबार ५१५ कोरोना संक्रमणमुक्त, १३८० मा कोरोना संक्रमण

मंसिर १३ पोखरा । नेपालमा शनिबार कोरोनामुक्त हुनेभन्दा नयाँ संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय १५ जना संक्रमणमुक्त र सोही अवधीमा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३६८ जनामा गरिएको परीक्षणमा ८३४ पुरुष र ५४६ महिलामा पाइएको हो । यो संगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ रहेको छ भने हालसम्म संक्रमण हुनेको संख्या २ लाख ३० हजार ७२३… पुरा पढौ

पोखराबाट विराटनगर फर्केलगत्तै प्रदेश नम्बर १ का प्रदेश प्रमुख प्यासीलाई कोरोना संक्रमण

प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भएको छ । तिहार मनाउन पोखरा आएका उनी काठमाडौंहुँदै विराट फर्केलगत्तै उनलाई कोरोना संक्रमण भएको हो । तिहार मनाउन पोखरा आएका उनी मंसिर ८ गते काठमाडौं गएका थिए भने ११ गते काठमाडौंबाट विराटनगर पुगेका थिए । पोखराबाट काठमाडौंहुँदै विराटनगर पुगेका उनलाई कुनै लक्षण नदेखिएपनि यात्रा लामो भएकाले स्वाब दिएका थियौं, प्रदेश प्रमुख अधिकारीका स्वकीय सचिव खिमलाल अधिकारीले भने,‘शुक्रबार विराटनगरमा स्वाब दिदा कोरोना पोजिटिभ रिपोर्ट आयो ।’ पोखरा बाटुलेचौरमै रहँदा प्यासीका… पुरा पढौ